नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश २ का संसदीय दलको नेतामा महतो चयन

जनकपुरधामः नवगठित माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश २  संसदीय दलको नेतामा शत्रु धन महतो चयन भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठकले महतोलाई संसदीय दलको नेतामा चयन गरेको पार्टीका प्रदेश सभा सदस्य प्रमोद यादवले जानकारी दिए। नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत…

सम्बन्धित सामग्री

प्रदेश २ मा दुई मन्त्रीको सपथ

जनकपुर । नेकपा एकीकृत समाजवादी प्रदेश २ को सरकारमा पनि सहभागी भएको छ । नेकपा एसबाट शत्रुधन महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र प्रमोद यादवलाई कानुन, न्याय तथा प्रदेश मामिला मन्त्री बनाइएको छ । उनीहरुलाई आज प्रदेश प्रमुखले सपथ गराउनु भएको छ । भागबन्डा नमिल्दा नेकपा एकीकृत समाजवादी ढिलो गरी सरकारमा गएको हो […]

नेकपा एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ।माधवकुमार नेपाल नेतृत्वको समाजवादीको सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो। बैठकले समाजवादीको संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गर्ने निर्णय गरेको प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी दिए।प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ। यसअघि प्रदेशसभामा ५ दल थिए। अध्यादेश अनुसार एमाले विभाजन भएर नेकपा (एकीकृत) समाजवादी र जसपा नेपाल विभाजित भए

एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने

काठमाडौं, भदौ २८ । नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । सोमबार धनुषाको लालगढमा बसेको सो पार्टीको प्रदेश कमिटी बैठकले संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गर्दै प्रदेश सरकारमा सहभागी हुने निर्णय लिएको छ । प्रदेश २ सरकारमा सहभागी हुन संसदीय दलका नेता महतोलाई मुख्यमन्त्री लालबाबु राउतसँग पहल गर्न जिम्मेवारी दिइएको […]

दुई दलले मान्यता पाएसँगै प्रदेश २ सभाको अंकगणित फेरियो

निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)लाई दलको मान्यता दिएसँगै प्रदेश २ सभाको अंकगणित फेरिएको छ । जनता समाजवादी पार्टी विभाजन भई गठन भएको लोसपामा १६ जना सांसदले सनाखत...

प्रदेश २ मा नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा ल्याउन मन्त्रालय टुक्र्याइँदै

जनकपुरधाम–माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउन प्रदेश २ सरकारले मन्त्रालय टुक्राउने तयारी गरेको छ । दुई मन्त्रालयसहित नेकपा एस सरकारमा सहभागी हुने भएपछि मन्त्रालय टुक्रयाउन थालिएको हो । केन्द्रमा बनेको दलीय समीकरणकै हिसाबले प्रदेश २ मा पनि सरकार बनाउन सबै दल तयार भएका छन् । प्रदेश २ सरकारको नेतृत्व अहिले जनता […]

नेकपा (एकीकृत समाजवादी)ले तोक्यो सचिवालय तथा प्रदेश इञ्चार्ज

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले प्रदेश इञ्चार्ज तोकेको छ । अर्को व्यवस्था नभएसम्मका लागि पार्टीले प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ शाह, वाग्मती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत् विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई जिम्मेवारी दिएको छ । पार्टीका केन्द्रीय सदस्य दीलु पन्तका अनुसार सुदूरपश्चिममा इञ्चार्ज पछि […]

रौतहटमा एमाले जिल्ला कमिटीका ७१ मध्ये ६१ जना नेकपा एकीकृत समाजवादी पार्टीमा

रौतहटमा एमाले जिल्ला कमिटीका ७१ मध्ये ६१ जना सदस्य नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । माधवकुमार नेपालको गृह जिल्लासमेत रहेको रौतहटमा एमाले जिल्ला कमिटीका अधिकांश सदस्यले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।नेकपा एकीकृत समाजवादीका प्रदेश २ का अध्यक्ष रामचन्द्र यादवले रौतहटमा एमालेको कमिटी नै नेकपा एकीकृत समाजवादीमा विलय भइरहेको बताए । सो पार्टीको जिल्ला कार्यसमिति रौतहटले शुक्रबार सदरमुकाम गौरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेकपा एमालेको ७१ जना जिल्ला कार्यसमित

प्रदेश २ मा नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने

नेकपा एमालेबाट विद्रोह गरी गठित नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ । केन्द्रमा बनेको गठबन्धनकै आधारमा सो पार्टीले प्रदेशमा पनि सत्ता साझेदारी गर्ने भएको हो । प्रदेश २ प्रदेशसभामा एमालेका २१ सांसदमध्ये नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा १३ सांसद देखिएका छन् । उनीहरुले निर्वाचन आयोगमा सनाखत गराएपछि प्रदेश सरकारमा सहभागी हुने बताइएको छ ।नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोले बुधबारसम्म प्रदेशसभा सदस्यको सनाखत हुने र त्यसपछि सरकारमा आफ्नो पार्टी सहभागी