काठमाडौं : वर्तमान सरकार गठनको ७३ दिन पुग्दापनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने बताइसके पनि अन्य चार दल (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी (जसपा), नेकपा एकीकृत समाजवादी)का आ–आफ्नै स्वार्थले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो।यसबाहेक दल विभाजन सम्बन्धी अध्यादेश संसदबाट अनुमोदित वा फिर्ता नभए सम्म पुन दलहरु विभाजित हुनसक्ने आशंकाले तत्काल सरकार बिस्तार हुन नसक्ने देखिएको छ। सरकारले राज