मनाङ : मर्स्याङ्दीमा पानीकाे सतह पुलबाट दुई मिटरमाथि पुग्याे, चामे बजार जाेखिममा

मनाङ – मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदीमा बाढीको बहाव बढ्दै गएको छ । मर्स्याङ्दी नदी थुनिँदा चामे गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने चामे बजार जाने ठूलो पुलसहित लोकप्रिय मावि, वडा नम्बर ५ को भक्तपुर गाउँ जोखिममा परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । पुलमा रुख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको हो । नदीमा पानीको बहाव पुलबाट दुई मिटरमाथि पुगिसकेकाले जोखिम थप बढेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । नदीमा बाढीको बहाव बढेपछि असापासमा कटानसमेत सुरु भएको उह...

सम्बन्धित सामग्री

मनाङ जोड्ने बेंसीसहर–चामे सडक दुई दिन बन्द हुने

मनाङ जोड्ने एकमात्र बेंसीशहर–चामे सडक दुई दिन बन्द हुने भएको छ। सडकअन्तर्गत नासोँ गाउँपालिकाको दानाक्यु छहरा नजिकै सडक मर्मतका लागि शनिबार दिउँसो २ बजेदेखि आइतबार बिहान १० बजेसम्मका लागि सडक...

मनाङ जोड्ने बेसीँसहर-चामे सडक निर्माण सुस्त

मनाङ– हिमाली जिल्ला मनाङ जोड्ने सडकमार्ग निर्माण सुस्त भएको छ । बेंसीसहर-चामे सडकका निम्ति बजेट विनियोजन भएको लामो समय हुँदासम्म स्तरोन्नति र कालोपत्र कार्य अघि बढ्न सकेको छैन ।  सडकको दुई वर्षमा करिब ४० प्रतिशत मात्र काम भएको छ । डुम्रे-बेँसीसहर-चामे सडक योजनाले बेँसीसहरको मनाङे चौतारा नजिकै एक सय मिटरदेखि खुदीसम्म सात दशमलव आठ किलोमिटर […]

मनाङ जाने बेंसीसहर–चामे सडक पहिरोले क्षतिग्रस्त

मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र बेंसीसहर–चामे सडक बाढीपहिरोले क्षतिग्रस्त भएको छ ।  लगातार भइरहेको वर्षाले बेसीसहर(चामे सडकअन्तर्गत बेसीसहर नगरपालिका–६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडकमा पहिरो गएको छ। सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठ महिनादेखि सडक अवरुद्ध छ। लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र यो सडक अवरुद्ध हुँदा सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङवासी समस्यामा परेका बेसीसहर चामे सडक सरोकार समितिका संयो

बेंसीसहर-चामे सडक पहिरोले क्षतिग्रस्त

लमजुङ– मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र बेंसीसहर-चामे सडक बाढीपहिरोले क्षतिग्रस्त भएको छ ।  लगातार भइरहेको वर्षाले बेसीसहर-चामे सडकअन्तर्गत बेसीसहर नगरपालिका-६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडकमा पहिरो गएको छ।  सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठ महिनादेखि सडक अवरुद्ध छ। लमजुङ सदरमुकाम बेँसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र […]

बेँसीसहर-चामे सडक एक साता बन्द हुने

सडक ढलान तथा स्तर उन्नतीका लागि एक हप्ता पूर्णरूपमा बाटो बन्द हिमाली जिल्ला मनाङ जाने एक मात्र बेँसीसहर–चामे सडक एक साता बन्द हुने भएको छ ।  यस सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा...

मनाङ जाने एकमात्र बेँसीसहर–चामे सडक एक साता बन्द हुने

हिमाली जिल्ला मनाङ जाने एक मात्र बेँसीसहर–चामे सडक एक साता बन्द हुने भएको छ ।  सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्य हुने भएकाले बिहिवार बिहान ८ बजेदेखि एक साता...

बेँसीसहर–चामे सडकखण्ड आजदेखि सञ्चालन

१५ चैत, मनाङ । लमजुङ र मनाङ जोड्ने डुम्रे–बेँसीसहर–चामे सडकखण्ड मंगलबारदेखि सञ्चालनमा ल्याइएको छ । सडक निर्माण लागि गत फागुन २० देखि बन्द रहेको सडक २५ दिनपछि आज पूर्णरुपमा खुलाइएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । सडकखण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कलभर्ट निर्माण गरिएको छ । कलभर्टको ढलान पूर्णरुपमा ‘सेट’ नभएका कारण […]

मनाङ जोड्ने बेसीशहर-चामे सडक १० दिन बन्द हुने

लमजुङ – मनाङ जोडने एक मात्र बेसीशहर-चामे सडक पुन: १० दिन बन्द हुने भएको छ । बेसीशहर-चामे सडक अन्तर्गत मनाङ सडकखण्डको तिमाङ छहरामा निर्माण सम्पन्न भएको कल्भर्टको ढलान पूर्ण रूपमा सेट नभएकाले आइतबारदेखि चैत १५ सम्म १० दिन पुनः सडक बन्द गरिएको हो । पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले जनाएको छ […]

बेसीशहर-चामे सडक पुन: १० दिन बन्द हुने

मनाङ जोडने एक मात्र बेसीशहर-चामे सडक पुन: १० दिन बन्द हुने भएको छ । बेसीशहर-चामे सडक अन्तर्गत मनाङ सडकखण्डको तिमाङ छहरामा निर्माण सम्पन्न भएको कल्भर्टको ढलान पूर्ण रूपमा सेट नभएकाले आइतबारदेखि चैत १५ सम्म १० दिन पुनः सडक बन्द गरिएको हो । पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले जनाएको छ ।नासों गाउँपालिका-९ तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गरिएको छ। उक्त पुल गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो ।मनाङ जिल्ला प्रवेश गर्ने सडकमार्ग बेशीसहर चामे खण्डको तिमाङ छहरामा

लमजुङ र मनाङ जोड्ने बेसीसहर–चामे सडक १५ दिन बन्द हुने

लमजुङ - लमजुङ र मनाङ जोड्ने बेसीसहर–चामे सडक १५ दिन बन्द हुने भएको छ । यस सडक खण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द हुने डुम्रे बेसीसहर चामे सडक योजना कार्यालयका सबइन्जिनियर हरि श्रेष्ठले बताउनुभयो ।  मनाङको नासोँ गाउँपालिका वडा नं ९ मा रहेकाे तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गर्न लागिएको हो । त्यहाँ गएकाे असारमा आएको बाढीले काठेपुल बगाएको थियो । पछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा भएकोमा गएकाे कात्...