लमजुङ र मनाङ जोड्ने बेसीसहर–चामे सडक १५ दिन बन्द हुने

लमजुङ - लमजुङ र मनाङ जोड्ने बेसीसहर–चामे सडक १५ दिन बन्द हुने भएको छ । यस सडक खण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द हुने डुम्रे बेसीसहर चामे सडक योजना कार्यालयका सबइन्जिनियर हरि श्रेष्ठले बताउनुभयो ।  मनाङको नासोँ गाउँपालिका वडा नं ९ मा रहेकाे तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गर्न लागिएको हो । त्यहाँ गएकाे असारमा आएको बाढीले काठेपुल बगाएको थियो । पछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा भएकोमा गएकाे कात्...