मनाङ जाने बेंसीसहर–चामे सडक पहिरोले क्षतिग्रस्त

मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र बेंसीसहर–चामे सडक बाढीपहिरोले क्षतिग्रस्त भएको छ ।  लगातार भइरहेको वर्षाले बेसीसहर(चामे सडकअन्तर्गत बेसीसहर नगरपालिका–६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडकमा पहिरो गएको छ। सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठ महिनादेखि सडक अवरुद्ध छ। लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र यो सडक अवरुद्ध हुँदा सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङवासी समस्यामा परेका बेसीसहर चामे सडक सरोकार समितिका संयो