बन्दीपुरमा फनपार्क सञ्चालनमा

बन्दीपुर । बन्दीपुरमा निर्माण गरिएको फनपार्क शुक्रबारदेखि सञ्चालनमा आएको छ । करिब साढे तीन करोड लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो ।  बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए ।  फनपार्कमा बाल उद्यान, पिङ,...

सम्बन्धित सामग्री

रामपुर खुल्याे फनपार्क

पाल्पामा दुई करोड रुपियाँको लगानीमा फन पार्क सञ्चालनमा आएको छ । आइकोनिक ग्रुप प्रा.लि.ले रामपुर नगरपालिका–५, मटेरीमा रामपुर फनपार्क सञ्चालनमा ल्याएको हो ।

बन्दिपुरमा फनपार्क सञ्चालन

तनहुँ, ३ पुस: बन्दिपुरमा निर्माण गरिएको फनपार्क शुक्रबारदेखि सञ्चालनमा आएको छ । करिब रु साढे तीन करोड लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो । बन्दिपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए । फनपार्कमा बाल उद्यान, पिङ, बगैँचामा […]

बन्दीपुरमा साढे ३ करोड लगानीमा फनपार्क सञ्चालनमा

तनहुँको बन्दीपुरमा निर्माण गरिएको फनपार्क शुक्रवारदेखि सञ्चालनमा आएको छ । करीब साढे ३ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो ।  बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए । फनपार्कमा बाल उद्यान, पिङ, बगैंचामा फोटो खिच्न आर्कषक संरचना तयार गरिएको छ । २० वटा सुविधाजन्य कोठा र ८० जना क्षमताको सेमिनार हल सहितको होटल केही दिनभित्र सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ...

आन्तरिक पर्यटकको गन्तव्य बन्दै फनपार्क

पाल्पा । पाल्पाको रामपुरमा खुलेको फनपार्कमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । विशेषगरी बालबालिकालाई लक्षित गरी रामपुर नगरपालिका–५ स्थित बेझाड खेतमा सञ्चालित फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ । विशेषगरी यहाँ साँझपख आन्तरिक पर्यटकको भीड लाग्ने गरिन्छ । दिनभरको कार्यालयको थकान मेट्ने र बालबालिका भुलाउने माध्यम बनेको छ फनपार्क । विद्यालय बिदाको समय र दशैं पर्व भएकाले पनि अहिले यहाँ बालबालिकाको भीड लागेको छ । पार्कभित्र विभिन्न प्रकारका पिङ, चिप्लेटी, जम्पिङलगायत एक दर्जनभन्दा बढी मनोरञ्जनात्मक खेलका सामग्री उपलब्ध छन् । खेलकुदका लागि प्रतिव्यक्ति ५० र अवलोकनका निम्ति २० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । स्थानीयवासी गोविन्द पाण्डे र शोभा पाण्डेले यहाँको पर्यटन विकास र बालबालिकालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले करीब ४० लाख लगानीमा सो फनपार्क सञ्चालनमा ल्याएका हुन् । एक महीनाअघि सञ्चालनमा आएको पार्कमा दैनिक दुई सयदेखि पाँच सयसम्म बालबालिका आउने गरेका छन् । रामपुरमा जनघनत्व बढ्दै गएको अवस्थामा पर्यटन विकास गर्न र यहाँको आवश्यकतालाई मध्यनजर गर्दै बालबालिकालाई लक्षित गरी फनपार्क सञ्चालनमा ल्याएको सञ्चालक पाण्डेले बताए । ‘बालबालिकालाई बिदाको समय घुम्ने र खेल खेल्ने ठाउँ नहुँदा उनीहरूलाई दृष्टिगत गर्दै कमसेकम विभिन्न मनोरञ्जन दिन सकियो भने मानसिक विकास हुनेछ भन्ने मनसायले पार्क सञ्चालनमा ल्याइएको छ,’ उनले भने । अहिले शुरुआती चरणमा बालबालिकालाई लक्षित गरी विभिन्न खेलमूलक मनोरञ्जनका सामग्री प्रयोगमा ल्याइएको छ । अब युवायुवतीलाई पनि मनोरञ्जन प्रदान गर्ने खालका सामग्रीको बन्दोबस्त गर्ने सञ्चालक पाण्डेको भनाइ छ । एघार वर्षसम्म बहराइनमा बसेका पाण्डेले विदेशको अनुभव र यहाँको प्रचुर सम्भावना देखेर पार्कको अवधारणा ल्याएका हुन् । बालबालिका मात्रै नभएर सबै उमेर समूहका व्यक्ति अवलोकनका निम्ति यहाँ आउने गरेको सञ्चालक शोभा पाण्डेले बताए । दश वर्षसम्मका लागि चार रोपनी जग्गा भाडामा लिएर पार्कको पूर्वाधार तयार पारी सञ्चालनमा ल्याइएको छ । रासस

१३ करोड लागतमा फनपार्क निर्माण

झापा । झापाको दमकमा फनपार्क सञ्चालनमा आएको छ । दमक फनपार्क एन्ड एग्रो टुरिजम प्रालिले करिब १३ करोडको लागतको उक्त पार्क फनपार्क सञ्चालनमा ल्याएको हो । करिब ६ बिघा क्षेत्रफलमा सवारी पार्किङको व्यवस्थासहित सुरु भएको पार्कमा प्रमुख आकर्षणका रूपमा गोल्डेन टापु, फनपार्क र बोटिङ छन् ।     पार्कभित्रै स्तरीय रेस्टुराँ पनि सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष योगराज दंगालले जानकारी दिए । होटल तथा पर्यटन व्यवसायका अनुभवी युवा संलग्न भएर सञ्चालनमा ल्याइएको दमक फनपार्कलाई पूर्व क्षेत्रकै पर्यटकीय गन्तव्यका रूपमा स्थापित गराउने प्रयत्न गरिएको उनले बताए । सो फनपार्कमा दमकका युवा व्यवसायी दीपेन्द्र ढुंगेल, दीपक पौडेल, पुष्प, किशोर र कुमार खनाललगायत ११ जनाको संयुक्त लगानी रहेको बताइएको छ । जिल्लाका मुख्य सहरी क्षेत्रमा पछिल्ला समय व्यावसायिक रूपमा फनपार्कलगायत मनोञ्जन स्थलका संरचना निर्माण हुने क्रम बढ्दै गएको छ । रासस

दाङमा २० करोड लगानीमा फनपार्क सञ्चालन

दाङ : घोराही उपमहानगरपालिका–१० अमराईमा रहेको दाङ फन भ्याली नामक फन पार्क सञ्चालनमा आएको छ। पार्क सञ्चालनमा आएपछि अहिले स्थानीय पर्यटकको पहिलो रोजाइ बन्न थालेको छ।तुलसीपुर–१० की सीता नेपालीले यस ठाउँमा सुविधा युक्त पार्क सञ्चालनमा आएको थाहा पाएपछि घुम्न आएको बताइन्। उनले अन्य पार्कभन्दा यस पार्क धेरै राम्रो लागेको बताइन्। घोराही र तुलसीपुरको बीच भागमा रहेको र यातायातको पनि सहजता भएकाले बाह्य जिल्लाका पर्यटकहरू पनि घुम्न आउने उनले बताइन्।यो पार्क दाङका युवाहरूको संयुक्त लगानीमा सञ्चालन

१५ करोड लगानीमा फनपार्क सञ्चालन

दाङ (अस) । करीब रू. १५ करोड लगानीमा दाङको घोराहीमा ‘फनपार्क’ सञ्चालनमा आएको छ । दाङ फर्न भ्याली प्रालिले घोराही उपमहानगरपालिका वडा नं १० अम्राईमा फनपार्क सञ्चालनमा ल्याएको हो । करीब तीन वर्षपछि निर्माण सम्पन्न गरी फनपार्क सञ्चालन गर्न सफल भएको कम्पनीका महाप्रबन्धक नरेशकुमार श्रेष्ठले बताए । झन्डै ३ बिगाहा ५ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको फनपार्कमा होटल, बालउद्यान, गेष्ट रूम, पाटी प्यालेस, रेष्टुराँ, इन्डोर गेम, लाइज जिम, ब्याडमिन्टन कोट, वाटर पार्क, प्रतियोगिता गराउन मिल्ने स्वीमिङ पुललगायतको व्यवस्था छ । जिल्ला सदरमुकाम घोराहीदेखि नजिकै भएकाले अहिले फनपार्कमा आउनेहरू बढेका छन् । ‘बजारको नजिक भएर पनि होला, विशेषगरी बिदाको समयमा यहाँ मानिसको भीड बढी हुन्छ,’ महाप्रबन्धक श्रेष्ठले भने । फनपार्कमा श्रेष्ठसहित ११ जनाको लगानी छ ।

१५ करोड लगानीमा फनपार्क सञ्चालन

कोरोना संक्रमणको महामारी जारी रहेकै अवस्थामा दाङमा होटल र बाल उद्यान्नसहितको फन पार्क सञ्चालनमा आएको छ ।घोराही उप–महानगरपालिका–१० को अमराइमा विभिन्न सेवा एकै स्थानमा प्रदान गर्न गरेर फन पार्क सञ्चालनमा ल्याएको हो । ३ वर्ष अघिबाट निर्माण सुरु गरिएको दाङ फर्न भ्याली प्रालि सञ्चालनमा ल्याएको हो । उक्त फन पार्कमा हालसम्म करिव १५ करोडको लगानी […]

खुल्यो फनपार्क, ३ तस्बिरमा हेर्नुहोस्

काठमाडौँको भृृकुुटीमण्डपस्थित फनपार्कमा सञ्चालनमा आएको छ ।  कोभिड–१९ को बीच स्वास्थ्य मापदण्ड अपनाएर पार्क खुुलेको हो । तस्बिरः रासस

१ करोड २५ लाखमा फेवाताल किनारामा फनपार्क

पोखराको फेवाताल किनारामा बालबालिकादेखि युवाहरूलाई लक्षित गरी फनपार्क सञ्चालनमा आएकोे छ । पोखराका युवाउद्यमी वसन्त लिगलसहित तीन जनाको लगानीमा फेवाताल किनारा खहरेमा पोखरा डिज्निल्यान्ड फनपार्क सञ्चालनमा आएको हो ।