रामपुर खुल्याे फनपार्क

पाल्पामा दुई करोड रुपियाँको लगानीमा फन पार्क सञ्चालनमा आएको छ । आइकोनिक ग्रुप प्रा.लि.ले रामपुर नगरपालिका–५, मटेरीमा रामपुर फनपार्क सञ्चालनमा ल्याएको हो ।

सम्बन्धित सामग्री

आन्तरिक पर्यटकको गन्तव्य बन्दै फनपार्क

पाल्पा । पाल्पाको रामपुरमा खुलेको फनपार्कमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । विशेषगरी बालबालिकालाई लक्षित गरी रामपुर नगरपालिका–५ स्थित बेझाड खेतमा सञ्चालित फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ । विशेषगरी यहाँ साँझपख आन्तरिक पर्यटकको भीड लाग्ने गरिन्छ । दिनभरको कार्यालयको थकान मेट्ने र बालबालिका भुलाउने माध्यम बनेको छ फनपार्क । विद्यालय बिदाको समय र दशैं पर्व भएकाले पनि अहिले यहाँ बालबालिकाको भीड लागेको छ । पार्कभित्र विभिन्न प्रकारका पिङ, चिप्लेटी, जम्पिङलगायत एक दर्जनभन्दा बढी मनोरञ्जनात्मक खेलका सामग्री उपलब्ध छन् । खेलकुदका लागि प्रतिव्यक्ति ५० र अवलोकनका निम्ति २० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । स्थानीयवासी गोविन्द पाण्डे र शोभा पाण्डेले यहाँको पर्यटन विकास र बालबालिकालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले करीब ४० लाख लगानीमा सो फनपार्क सञ्चालनमा ल्याएका हुन् । एक महीनाअघि सञ्चालनमा आएको पार्कमा दैनिक दुई सयदेखि पाँच सयसम्म बालबालिका आउने गरेका छन् । रामपुरमा जनघनत्व बढ्दै गएको अवस्थामा पर्यटन विकास गर्न र यहाँको आवश्यकतालाई मध्यनजर गर्दै बालबालिकालाई लक्षित गरी फनपार्क सञ्चालनमा ल्याएको सञ्चालक पाण्डेले बताए । ‘बालबालिकालाई बिदाको समय घुम्ने र खेल खेल्ने ठाउँ नहुँदा उनीहरूलाई दृष्टिगत गर्दै कमसेकम विभिन्न मनोरञ्जन दिन सकियो भने मानसिक विकास हुनेछ भन्ने मनसायले पार्क सञ्चालनमा ल्याइएको छ,’ उनले भने । अहिले शुरुआती चरणमा बालबालिकालाई लक्षित गरी विभिन्न खेलमूलक मनोरञ्जनका सामग्री प्रयोगमा ल्याइएको छ । अब युवायुवतीलाई पनि मनोरञ्जन प्रदान गर्ने खालका सामग्रीको बन्दोबस्त गर्ने सञ्चालक पाण्डेको भनाइ छ । एघार वर्षसम्म बहराइनमा बसेका पाण्डेले विदेशको अनुभव र यहाँको प्रचुर सम्भावना देखेर पार्कको अवधारणा ल्याएका हुन् । बालबालिका मात्रै नभएर सबै उमेर समूहका व्यक्ति अवलोकनका निम्ति यहाँ आउने गरेको सञ्चालक शोभा पाण्डेले बताए । दश वर्षसम्मका लागि चार रोपनी जग्गा भाडामा लिएर पार्कको पूर्वाधार तयार पारी सञ्चालनमा ल्याइएको छ । रासस

रामपुरकाे फनपार्कमा आन्तरिक पर्यटकको घुइँचो

पाल्पा । रामपुरमै पहिलो पटक खुलेको ‘चिल्ड्रेन फनपार्क’मा यतिखेर सबैको आकर्षण बढेको छ । बालबालिकालाई लक्षित गरी हालैमात्र रामपुर नगरपालिका–५ स्थित बेझाड खेतमा सुरु गरिएको फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ । विशेषगरी यहाँ साँझपख आन्तरिक पर्यटकको भीड लाग्ने गरिन्छ । दिनभरको कार्यालयको थकान मेट्ने र बालबालिका भुलाउने माध्यम बनेको...

रामपुरमा खुल्यो फनपार्कः आन्तरिक पर्यटकको भिड

पाल्पा – रामपुरमै पहिलो पटक खुलेको ‘चिल्ड्रेन फनपार्क’ मा यतिखेर सबैको आकर्षण बढेको छ । बालबालिकालाई लक्षित गरी भर्खरैमात्र रामपुर नगरपालिका–५ बेझाड खेतमा सुरु गरिएको फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ । विशेषगरी यहाँ साँझपख आन्तरिक पर्यटकको भिड लाग्ने गरेकाे छ । दिनभरको कार्यालयको थकान मेट्ने र बालबालिका भुलाउने माध्यम बनेको छ, फनपार्क । विद्यालय बिदाको समय र दशैँ पर्व भएकाले पनि अहिले यहाँ बालबालिकाको भिड लागेको छ । पार्कभित्र विभिन्न प्रकारका पिङ, चिप्लेटी, जम्पिङलगायत एक दर्जनभ...