‘मन लगाएर व्यावसायिक कृषि गरे कमाउनकै लागि विदेश जानुपर्दैन’

म्याग्दी – साउदी अरबमा अर्काको खेतबारीमा काम गर्नुभएका हरिलाल घिमिरे अहिले आफ्नै गाउँघरमा आफ्नै बारीमा पसिना बगाउनुहुन्छ ।       उमेरले ५१ औँ वर्षमा लाग्नुभएका म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोट (आम्बोट)का घिमिरे अचेल व्यावसायिक तरकारी र फलफुल खेतीमा निकै व्यस्त हुनुहुन्छ । तरकारी खेतीको गोडमेल, मलजल र फलफुलको रेखदेख गर्ने उहाँको दैनिकी बनेको छ । उहाँले ५ वर्ष भारतमा बस्दा कम्पनीमा सेक्युरिटी गार्डको काम गर्नुभएको थियो । त्यहाँबाट फर्किएपछि साउदीअरब पुग्नुभएका घिमिरेले त्य...

सम्बन्धित सामग्री

डिग्री होल्डर अधिकारी व्यावसायिक नमुना किसान

पढेलेखेका युवा के गर्लान् ? त्यो सहजै भन्न सकिन्छ कि जागिर खोज्छन्, कि त विदेश ताक्छन् । तनहुँ भानु नगरपालिका–१२ घले छापका कुशल चन्द्र अधिकारी भने कृषि पेसा रोज्नु भएको छ  । त्रिभुवन विश्वविद्यालयबाट कला सङ्कायमा समाजशास्त्र विषयमा स्नातकोत्तर पुरा गरी सोमबार दीक्षित हुनु भएका अधिकारीले पाँच वर्ष अघि देखि नै व्यावसायिक कृषि पेसा अङ्गाल्नु भएको छ ।

‘मन लगाएर व्यावसायिक कृषि गरे कमाउनकै लागि विदेश जानुपर्दैन’

म्याग्दी – साउदी अरबमा अर्काको खेतबारीमा काम गर्नुभएका हरिलाल घिमिरे अहिले आफ्नै गाउँघरमा आफ्नै बारीमा पसिना बगाउनुहुन्छ ।       उमेरले ५१ औँ वर्षमा लाग्नुभएका म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोट (आम्बोट)का घिमिरे अचेल व्यावसायिक तरकारी र फलफुल खेतीमा निकै व्यस्त हुनुहुन्छ । तरका...

नगर्नु विदेश जाने मन : दुःख गरे देशमै फल्छ धन, सजिलै चल्छ जीवन !

लमजुङ - तनहुँ भानु नगरपालिका–१०, नेपालडाँडाका नवीन जोशी र सविना जोशीले सुरुमा कुखुरा पाल्न थाल्नुभयाे । त्यसपछि गाई पनि पाल्नुभयो, । तर आशा गरेजस्ताे कमाइ भएन । तै पनि हार मान्नु भएन। कुखुरापालन र गाईपालनबाट राम्रो आम्दानी नभएपछि उहाँहरु भैँसीपालन गर्न थाल्नुभयाे । उहाँहरुले भैँसीपालन गरी व्यावसायिक कृषि उद्यमलाई निरन्तरता दिनुभएको हो । भैँसीको दूधको बजारमा माग, मूल्य राम्रो रहेको र यसबाट फाइदा हुने सम्भावना देखेर परिवारको सल्लाहमै आफूहरु भैँसीपालन व्यवसायतिर लागेकाे...

भिरालो जमीन र पाखोमै फले डेढ करोडका सुन्तला

चैत २, गलेश्वर(म्याग्दी । भिरालो जमीन र पाखोबारी मात्रै रहेको म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको राखु गाउँ केही वर्ष अघिसम्म अनुत्पादक जग्गा भएको सुक्खा गाउँका रुपमा चिनिन्थ्यो तर विगत एक दशकयता राखु गाउँको चिनारी फेरिएको छ । यहाँका गाउँलेले त्यही पाखोबारी मात्र भएको भिरालो जग्गालाई खनीखोस्री गरेर मलजल दिई सुन्तला खेती गरेपछि अहिले सोही गाउँका किसानहरुले आफ्नै गाउँमा बसेर वार्षिक करोडौं रुपैयाँ कमाउन सफल भएका छन् ।            ‘पहिला छ्या ! बाँदर पनि नअडिने अनकन्टार ठाउँ भनेर नाक खुम्च्याउनेहरु अहिले आहा ! कति हराभरा गाउँ भनेर प्रशंसा गर्न थालेका छन्’, वडा सदस्यसमेत रहेकी सुन्तला कृषक मनकुमारी पुनले भनिन्, ‘यस वर्ष सुन्तला विक्री गरेर हामीले गाउँमा १ करोड ५० लाखभन्दा बढी भित्र्यायौं, अब यो अनकन्टार भनिएको पाखोमा सुन्तलाका बोटमार्फत पैसा फल्न थालेको छ ।’             आफुले पनि यस वर्ष सुन्तला विक्री गरेर २१ लाख रुपैयाँ आम्दानी गरेको उनी बताउँछिन् । विगत एक दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाका बिरुवा उत्पादन गर्दै आएकी पुनले सुन्तलाको दाना र बिरुवा बेचेर रहरलाग्दो आम्दानी गर्न सफल भएको बताइन्। उनले मात्रै होइन तल्लो र माथिल्लो भेकमा विभाजित राखुमा रहेका ६५ घरधुरीले न्यूनतम २० हजारदेखि अधिकतम २१ लाख रुपैयाँसम्मको सुन्तला विक्री गरी गाउँमा १ करोड ५० लाखभन्दा बढी रकम भित्र्याउन सफल भएका हुन् । पुनसँगै राखुमा कुलबहादुर गर्बुजा, जशिकला रोका, भीमकुमारी घर्ती, खिरमती राना र कृष्णबहादुर पुन धेरै सुन्तला विक्री गर्ने कृषकमा पर्छन् ।             परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका यहाँका किसान पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित भएका बेनी–३ का वडाध्यक्ष पदम पुन बताउँछन्। राखुपछि सबैभन्दा धेरै मरेक गाउँका २१ जना कृषकले बगैंचाबाटै सुन्तला बेचेर रु ३२ लाखको सुन्तला बजारमा गएको स्थानीय अगुवा कृषक इन्द्रबहादुर थापाले जानकारी दिए ।             त्यसैगरी हल्लेगौडा, पानीस्वाँरा, ज्यामिरे र चिनखेत क्षेत्रबाट यस वर्ष करिब रु २८ लाखको सुन्तला बजारमा गएको स्थानीय युवा कृषक होम रोका मगरले बताए । सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गाउँभरि नै सुन्तलाका बिरुवा रोपिएको कृषकको भनाइ छ । १० वर्षदेखि पुरानो खाद्यबाली नलगाई व्यावसायिक रुपमा सुन्तलाजातका फलफूल खेतीमा आकर्षित भकिम्लीवासीले हरेक वर्ष उत्पादनमा वृद्धि गरेका छन् ।      यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएको बताउँदै उनले अबको आधा दशकमा अनुकूल मौसम भएमा तेब्बर उत्पादन हुने कृषकहरुको अनुमान रहेको जानकारी दिए । केही कृषकले परीक्षणका लागि सुन्तलाका बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि भकिम्लीका अन्य बस्तीमा समेत सुन्तला खेतीको लहर चलेको छ । रोग पत्ता नलागेका कारण समस्यामा परेका कृषकले निरन्तर तालिम तथा विभिन्न औषधि प्रयोग गरेपछि यस वर्ष उत्पादनमा सुधार आएको छ ।         हरेक वर्ष नयाँ बिरुवा वितरण, कृषि ज्ञान केन्द्रसहित विभिन्न निकायबाट समेत प्रोत्साहनका साथै कृषक आफ्नै अगुवाइमा समेत सुन्तलाको खेती विस्तारमा सक्रिय रहेको उनले बताए । सुन्तलाका दाना राम्रा, रसिला र मीठा भएकाले पनि ठूला ट्रक लिएर व्यापारी टाढाटाढाबाट गाउँमा आउन थालेपछि सडक मर्मतसम्भारमा समेत बर्सेनि लाखौं खर्च हुने गरेको छ ।         म्याग्दीको समुन्द्री सतहबाट १ हजार २०० देखि १ हजार ६०० मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए। पछिल्लो समय विदेश गएर फर्किएका युवा कृषक समूह निर्माण गरी व्यावसायिक कृषि, फलफूलतर्फ आकर्षित हुँदै गएकाले उत्पादन बढेको अधिकृत पाण्डेको भनाइ छ ।             जिल्लाका ६ ओटै स्थानीय तहको ३५५ हेक्टर जमीनमा सुन्तला खेती भइरहेकामा यस वर्ष २ हजार १८० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ । जिल्लामा वार्षिक १७ करोड रुपैयाँ हाराहारीमा सुन्तला विक्री हुने अनुमान गरिएको कृषि केन्द्रले बताएको छ । रासस

एउटै गाउँबाट डेढ करोडको सुन्तला

म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए। पछिल्लो समय विदेश गएर फर्किएका युवाहरू कृषक समूहहरू निर्माण गरी व्यावसायिक कृषि, फलफूलतर्फ...

पर्वतको पाङमा व्यावसायिक भैंसीपालनको लहर

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ र वडा नं २ खुर्कोटका किसान व्यावसायिक भैंसीपालनमा आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट क्षेत्र विस्तारपछि किसानहरू भैंसीपालनतर्फ आकर्षित भएका हुन् । पाङका यज्ञप्रसाद कँडेलले भैंसी पाल्न थालेको २६ वर्ष भयो । यो वर्ष आफू भैंसी थप्ने योजनामा रहेको उनले सुनाए । घरमा रहेका दुई भैंसीले मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको भैंसीको व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट)मा नपर्ने भएपछि उनले भैंसी थप गर्न लागेका हुन् । कँडेलजस्तै गोपीनाथ रिजालले पनि भैंसी थपेर आफू व्यावसायिक दूध उत्पादन गर्ने सोचमा रहेको बताए । ‘अहिले मसँग स्थानीय जातका तीनओटा भैंसी छन्,’ रिजालले भने, ‘अब तीनओटा थप्दै छु ।’ पाङ र वडा नम्बर २ खुर्कोटका ५० किसान नयाँ भैंसी खरीदको तयारीमा छन् । वडा नम्बर १ का अध्यक्ष देवेन्द्र सुवेदीका अनुसार परियोजनाअन्तर्गत संघीय सरकारको २५ लाख, कुश्मा नगरपालिकाको पाँच लाख र किसानको ५ लाख गरी कुल ३५ लाख रुपैयाँ लगानीमा कम्तीमा पनि १५० ओटा भैंसी पाल्ने तयारी गरिएको छ । कृषि उत्पादनका लागि उर्वर मानिने पाङ र खुर्कोटमा अहिले पनि धेरै किसानले दुध उत्पादन गर्ने गरेको भए पनि त्यसलाई व्यावसायिक बनाउन नसक्दा अपेक्षित फाइदा लिन सकेका थिएनन् । मोही बनाएर फाल्ने दूधलाई व्यावसायिक रूपमा बजारमा पठाउन थप भैंसीसहित परियोजना लागू भएको हो । पार्वती गुफा भैंसीपालन पकेट समितिमार्फत दुग्ध संकलन केन्द्र समेत निर्माण गरेर पर्वत सदरमुकाम कुश्मा, बागलुङ सदरमुकाममा बागलुङमा विक्री गर्ने र त्यहाँ खपत हुन नसके पोखरासम्म पु¥याउने तयारी भइरहेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए । ‘यहाँ उत्पादित दूध खेर गइरहेको छ, दुग्ध उत्पादनलाई व्यावसायिक बनाएर स्थानीय नागरिकको जीवनस्तर उकास्न भैंसी पकेट जोन महत्त्वपूर्ण छ,’ उनले भने, ‘सबैको घरमा भएको दूध एकै ठाउँमा जम्मा पारेर विक्रीको व्यवस्था गरेपछि सबैले रोजगारी पाउँछन्, उत्पादनले उचित मूल्य पनि पाउँछ ।’ वडा सदस्य खगेन्द्र रिजालका अनुसार पकेट क्षेत्रमा समावेश हुन चाहने किसानका लागि सूचना आह्वान गरेर मापदण्ड पूरा गर्न सके सहभागी हुन भनिएको थियो, जसमा किसानको तर्फबाट १० हजार रुपैयाँ लगानी गर्नुपर्ने, कम्तीमा एउटा मुर्रा जातको सहित तीनओटा भैंसी पालेको हुनुपर्ने, एक रोपनी क्षेत्रफलमा घाँस लगाएको हुनुपर्ने लगायत शर्त राखिएको थियो । पहिलो वर्ष ५० जना किसान परियोजनामा सहभागी हुने र उनीहरूले पालेका भैंसीबाट दैनिक कम्तीमा ५०० लिटर दूध उत्पादन गर्ने लक्ष्य राखिएको छ । पाङ र खुर्कोटलाई पकेट जोनको रूपमा विकास गर्दै गर्दा पूर्व तयारी स्वरूप दुग्ध संकलन केन्द्र समेत निर्माण भइसकेको छ । दैनिक कम्तीमा साढे ५०० लिटर दूध संकलन गर्न सक्नेगरी काम अघि बढाइएको र बजार व्यवस्थापनका लागि समितिमार्फत ठाउँहरू बुझ्ने काम भइरहेको समितिका अध्यक्ष बाबुराम रिजालले बताए । गाउँका युवाहरू काम खोज्दै विदेश गएका छन् । स्थानीय चन्द्रकला रिजालले गाउँमा भैंसीपालनको लहर चलेपछि काठमाडौंमा रहेका छोराबुहारीलाई गाउँमै बोलाएर भैंसीपालन गर्न सल्लाह दिएको बताइन् । ‘अहिले सबैले भैंसीपालन गर्ने लहर चलाएका छन्,’ रिजालले भनिन्, ‘अरूको काम गर्नुभन्दा आफ्नै व्यवसाय गर्नुपर्छ भनेर छोराबुहारीलाई बोलाएकी छु ।’ कुश्मा नगरपालिकाको पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाका अनुसार व्यावसायिक दूध उत्पादनको प्रचुर सम्भावना रहेको त्यस क्षेत्रलाई ५ वर्ष अघिदेखि नै दूधको पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो । तर किसानको सक्रियता र राज्यबाट हुने अनुदान सहयोगको अभावमा कार्यक्रम लागू हुन सकेको थिएन ।

भोजपुरका युवाहरु व्यावसायिक कृषि पेशामा आकर्षित - Naya Patrika

सीपमूलक तालिम पाएपछि भोजपुरका युवाहरु यतिबेला तरकारी लगायत विभिन्न व्यवसायीक कृषि पेशातर्फ आकर्षित हुन थालेका छन् । कृषि व्यवसायबाट उनीहरुले मनग्गे आम्दानी पनि गरिरहेका छन् । यसबाट युवाहरुको विदेश तर्फको...पूरा पढ्नुहोस् »