डिग्री होल्डर अधिकारी व्यावसायिक नमुना किसान

पढेलेखेका युवा के गर्लान् ? त्यो सहजै भन्न सकिन्छ कि जागिर खोज्छन्, कि त विदेश ताक्छन् । तनहुँ भानु नगरपालिका–१२ घले छापका कुशल चन्द्र अधिकारी भने कृषि पेसा रोज्नु भएको छ  । त्रिभुवन विश्वविद्यालयबाट कला सङ्कायमा समाजशास्त्र विषयमा स्नातकोत्तर पुरा गरी सोमबार दीक्षित हुनु भएका अधिकारीले पाँच वर्ष अघि देखि नै व्यावसायिक कृषि पेसा अङ्गाल्नु भएको छ ।