भोजपुरका युवाहरु व्यावसायिक कृषि पेशामा आकर्षित - Naya Patrika

सीपमूलक तालिम पाएपछि भोजपुरका युवाहरु यतिबेला तरकारी लगायत विभिन्न व्यवसायीक कृषि पेशातर्फ आकर्षित हुन थालेका छन् । कृषि व्यवसायबाट उनीहरुले मनग्गे आम्दानी पनि गरिरहेका छन् । यसबाट युवाहरुको विदेश तर्फको...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै किसान

प्युठान नगरपालिका-३ रातामाटाका लोकराज पोख्रेलले नयाँ प्रविधि अपनाएर कृषि खेतीलाई व्यावसायिक बनाउनुभएको छ । ४० वर्षदेखि कृषिबाटै गुजारा चलाउँदै आउनुभएका पोख्रेलले अहिले नयाँ प्रविधि प्रति चासो दिएर व्यावसायिक कृषि खेती गर्दै आउनुभएको हो ।

चक्लाबन्दी खेतीमा किसान आकर्षित हुँदै

गण्डकी, ६ भदौ । व्यावसायिक कृषि उत्पादनका लागि किसान चक्लाबन्दी खेतीतर्फ आकर्षित भएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० स्थानमा पाँच हजार चार सय ७७ रोपनी जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । गत आवमा मात्र तनहुँ र नवलपुरमा गरी पाँच सय ३२ रोपनी जग्गालाई चक्लाबन्दी गरिएको मन्त्रालयको […]

एउटै गाउँबाट डेढ करोडको सुन्तला

म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए। पछिल्लो समय विदेश गएर फर्किएका युवाहरू कृषक समूहहरू निर्माण गरी व्यावसायिक कृषि, फलफूलतर्फ...

वागमती प्रदेश : कृषि, पर्यटन र ऊर्जामा बढी सम्भावना

काठमाडौं । वागमती प्रदेशमा ऊर्जा, पर्यटन र कृषिक्षेत्रको उच्च व्यावसायिक सम्भावना देखिएको छ । यस प्रदेशभित्र उच्च भौगोलिक विविधता रहेकाले कृषि, पर्यटन र ऊर्जाको तुलनात्मक रूपमा बढी सम्भावना देखिएको हो । नेपाल राष्ट्र बैंकले वागमती प्रदेशको आर्थिक गतिविधि सम्बन्धमा गरेको अध्ययनले यस्तो देखाएको हो । राष्ट्र बैंकले गत आर्थिक वर्षको पहिलो ६ महीनाको तथ्यांकको आधारमा उक्त अध्ययन गरेको थियो । उक्त अध्ययनको प्रतिवेदन हालै सार्वजनिक गर्दै त्यहाँ कृषि, पर्यटन र ऊर्जाको तुलनात्मक रूपमा बढी सम्भावना देखिएको बताएको हो । यस प्रदेशअन्तर्गतका जिल्लामध्ये हिमाली भेगमा धादिङ, काभ्रेपलाल्चोक र नुवाकोट, उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुर तथा भित्री मधेशमा मकवानपुर, चितवन जिल्ला रहेका छन् । यसरी प्रदेश भित्र उच्च भौगोलिक विविधता रहेको हुँदा यस्तो सम्भावना देखिएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले वागमतीमा कृषि, पर्यटन र ऊर्जाको बढी सम्भावना देखिएको बताए । ‘हुन त अन्य क्षेत्रमा पनि सम्भावना छन्, तर बढी मात्रामा कृषि, पर्यटन र ऊर्जामा व्यावसायिक सम्भावना देखिएको छ,’ उनले भने, ‘यो नै पूर्ण नहुन पनि सक्छ । तर, हामीले फिल्ड भिजिट नै गरेर यस्तो निष्कर्ष निकालेका हौं ।’ वागमती प्रदेशमा जलविद्युत् उत्पादनका लागि उपयुक्त भौगोलिक अवस्थिति र जलस्रोतको उपलब्धता रहेको प्रतिवेदनमा उल्लेख छ । विशेषगरी दोलखा, सिन्धुपाल्चोकलगायत जिल्लामा जलविद्युत्को उच्च सम्भावना देखिएको छ । कृषितर्फ धादिङ, भक्तपुर, काभ्रे तथा नुवाकोटलाई तरकारी पकेट क्षेत्रका रूपमा विकास गर्न सकिने अध्ययनले देखाएको छ । यस प्रदेशमा संघीय राजधानीको अतिरिक्त बनेपा, धुलिखेल, नारायणघाट, हेटौंडाजस्ता उच्च जनसंख्या भएका शहरहरू पनि छन् । उक्त अवस्थामा प्रशोधित खाद्यान्न, तरकारी, फलपूmल, माछा, मासुलगायत वस्तुको बजारको पनि उच्च सम्भावना रहेको अध्ययनले प्रतिवेदनमा उल्लेख छ । यसैगरि वैदेशिक रोजगारबाट फर्कने युवालाई कृषिक्षेत्रमा आकर्षण गर्न सके कृषिक्षेत्रलाई व्यवसायीकरण गर्न सकिने पनि अध्ययनले देखाएको छ । यसबाहेक अन्तरराष्ट्रिय उडानमार्फत उच्च मूल्यका कृषि उपजहरू पनि निर्यात गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख छ । यस्तै, यस प्रदेशमा पर्यटन व्यवसायको पनि उच्च सम्भावना देखिएको छ । विशेषगरी प्रदेशभित्र काठमाडाैं उपत्यका, चितवनको सौराहा, स्याफ्रुबेंशी, हेलम्बुलगायत पर्यटकीय क्षेत्र भएकाले पर्यटनको विकास गर्न सकिने अधिक सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । यसका लागि पर्यटन पूर्वाधारमा पनि लगानी बढाउन आवश्यक रहेको देखिएको छ । यस प्रदेशमा धार्मिक, सांस्कृतिक, जातीय, भाषिक विविधिता रहेको छ । काठमाडौं उपत्यकामा ७ किमी भित्र रहेका विभिन्न सातओटा पर्यटकीय स्थलहरू विश्व सम्पदा सूचीमा सूचीकृत छन् । त्यसैले यस प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको उच्च सम्भावना देखिएको अध्ययनले देखाएको छ । यसैगरि वागमती प्रदेशमा रोजगारीका अवसर र जनसांख्यिक लाभको पनि उच्च सम्भावना देखिएको छ । आर्थिक गणना २०७५ अनुसार ३० प्रतिशत उद्योग प्रतिष्ठानहरू वागमती प्रदेशमा नै छन् । साथै, जनसंख्याको २० दशमलव ९ प्रतिशत जनसंख्या पनि यही प्रदेशमा रहेको छ । यस प्रदेशमा रोजगारीका अवसर र जनसांख्यिक लाभको उच्च सम्भावना रहेको अध्ययनले देखाएको छ । यस्तै, पूर्वाधार विकासमा पनि वागमती प्रदेशको उच्च सम्भावना देखिएको छ । संघीय राजधानी काठमाडांैलगायत प्रमुख शहरहरू यही प्रदेशमा नै छन् । त्यस्ता शहरहरू रेल, मोनो रेल, ट्राम, ट्रली, केबलकारजस्ता आधुनिक पूर्वाधारहरूको व्यावसायिक सम्भावना अधिक रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । यहाँ खाद्य तथा दूध प्रशोधन उद्योगहरूको पनि सम्भावना देखिएको छ । यस प्रदेशमा शहरीकरणको क्रम तीव्र रहेको र मुलुकको राजधानी समेत यसै प्रदेशभित्र अवस्थित भएकाले यस्तो सम्भावना रहेको राष्ट्र बैंकले बताएको छ । वागमती प्रदेशमा आन्तरिक र वैदेशिक लगानी भित्र्याएर उद्योग तथा व्यापार व्यवसाय विस्तार गर्न सकिने सम्भावना पनि देखिएको छ । यस प्रदेशमा हिमाल, पहाड, वन, नदी, खानी र खनिजलगायत प्राकृतिक स्रोत रहेका छन् । यस्तै, इन्टरनेट, यातायात, शिक्षालगायत आधारभूत सेवामा अग्रणी स्थानमा रहेको छ । बैंकिङ क्षेत्रको कुल निक्षेपमा ६९ प्रतिशत र कुल कर्जामा ५५ प्रतिशत यही प्रदेशको अंश रहेको छ । उक्त अवस्थामा आन्तरिक र वैदेशिक लगानी ल्याएर उद्योग तथा व्यापार व्यवसाय विस्तार गर्न सकिने बताइएको छ । वागमती प्रदेशमा अधिकतम राजस्व परिचालन गरी विकास निर्माणका कार्यलाई तीव्रता दिने सम्भावना पनि देखिएको छ । शहरीकरण, जनघनत्व, उद्योग, व्यपार, व्यवसाय, यातायात तथा सञ्चार आदिका कारण यस प्रदेशभित्र राजस्वका आधार फराकिलो छ । अधिकतम राजस्व परिचालन गरी विकास निर्माणका कार्यलाई तीव्रता दिने सकिने राष्ट्र बैंकले बताएको छ । वागमती प्रदेशमा चुनौती पनि उत्तिकै देखिएका छन् । विशेषगरी बढ्दो शहरीकरणका कारण मासिँदै गएको कृषि भू–क्षेत्रलाई संरक्षण गरी व्यावसायिक कृषि उत्पादनलाई प्रवर्द्धन गर्न चुनौती देखिएको छ । वातावरणीय प्रदूषण व्यवस्थापन, ट्राफिक व्यवस्थापन र व्यवस्थित शहरीकरणको विकास गर्न पनि चुनौती रहेको अध्ययनले देखाएको छ । पूर्वाधार विकासको गति बढाउन र विद्यमान पूर्वाधारहरूको समयमा नै मर्मत सम्भार गरी गुणस्तर कायम राख्न पनि चुनौती हुने बताइएको छ । भौगोलिक तथा धार्मिक सम्पदा, जैविक विविधता आदिको उचित संरक्षण र प्रवर्द्धन गरी पर्यटन क्षेत्रको विकास गर्न पनि चुनौती हुने अध्ययनमा देखाएको छ । वैदेशिक रोजगारी तथा शहरीक्षेत्रतर्फ पलायन श्रमशक्तिलाई कृषिक्षेत्रतर्फ आकर्षित गर्दै यस व्यवसायीकरण गर्न पनि चुनौती हुने बताइएको छ । साथै, बाँझो रहेका खेतीयोग्य जमीन उपयोगमा ल्याउन सामूहिक व्यावसायिक खेतीलाई प्रोत्साहित गर्न पनि चुनौती हुने राष्ट्र बैंकको भनाइ छ ।

पचास प्रतिशत अनुदानमा आधुनिक हलो वितरण

किमाथाङ्का, ३ भदौ: सङ्खुवासभाको खाँदबारी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक हलो (मिनीटिलर) वितरण गरेको छ । श्रम र समयको बचत हुनाका साथै सीमित जनशक्तिबाट पर्याप्त काम गर्न सकिने भएकाले सो उपकरण वितरण गरिएको हो । किसानलाई व्यावसायिक कृषि खेतीमा आकर्षित गर्न अनुदानमा मिनीटिलर वितरण गरिएको नगरप्रमुख मुरारीप्रसाद खतिवडाले बताए । उहाँले लगानी खेर नफाली […]

दुहुनो भैंसी पाल्ने किसानलाई १८ लाख अनुदान

साउन २, बलेवा । बाग्लुङको जैमिनी नगरपालिकाले दुहुना भैंसी पाल्ने किसानलाई १७ लाख ७ हजार रुपैयाँ तथा राँगोपालक किसानलाई १ लाख ३० हजार रुपैयाँ गरी कुल १८ लाख ३७ हजार रुपैयाँ अनुदान वितरण गरेको छ ।            जैमिनी नगरपालिका–१० का दुहुना भैंसी पाल्ने ५० किसानलाई जनही ३४ हजार १४० रुपैयाँका दरले १७ लाख ७ हजार रुपैयाँ तथा राँगोपालक २ जना किसानलाई जनही ६५ हजार रुपैयाँका दरले कुल १ लाख ३० हजार अनुदान वितरण गरेको नगरपालिका पशु शाखाका प्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिए ।            किसानलाई व्यावसायिक बनाउन र कृषि पेशातर्फ आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको नगरपालिलकाले बताएको छ । ‘किसानलाई व्यावसायिक बनाउने हाम्रो अभियान हो, अनुदानले उत्पादन वृद्धिमा सहयोग गर्छ’, प्रमुख ढकालले भने, ‘कामका आधारमा अनुदान पाएका किसान उत्साहित हुनुहुन्छ ।’            नगरपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसानलाई कृषि र पशुपालनमा अनुदान दिएको हो । किसानलाई प्रोत्साहित गर्न पशुपालनका लागि आवेदन माग गरेर सकारात्मक कार्यको थालनी गरेको भन्दै किसान खुशी भएका छन् । अनुदानका कार्यक्रम सञ्चालन गरेपछि नगरभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन् ।             जैमिनीका किसानले मासु र दूधको उत्पादनका लागि भैंसीपालन गर्ने गरेका छन् । राङ्खानीमा भैंसीको व्यावसायिक पालनका लागि घाँस र हावापानी राम्रो रहेकाले किसान उत्साहित रहेको वडा नं १० का अध्यक्ष नरबहादुर थापाले बताए । रासस

केराखेतीको पकेट क्षेत्र निर्माण

म्याग्दी । रघुगंगा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारीलाई केराखेतीको पकेट क्षेत्र बनाइएको छ । यस क्षेत्रका स्थानीय बासिन्दाले परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यावसायिक केराखेती गरेका छन् । गाउँपालिकाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममार्फत ३५ कृषकले व्यावसायिक रूपमा केराखेती गरेका हुन् ।      केरा पकेट विकास कार्यक्रमका सदस्य मुक्ति सुवेदीले थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजीक र अन्य बालीको तुलनामा सजिलो भएकाले केराखेतीको लहर चलेको बताए । ‘धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट चार/पाँच गुणा बढी आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘भूगोल र हावापानी अनुकूल भएकाले केराखेतीमा लागेका हौं ।’ सो क्षेत्रमा यसअघि घरायसी उपभोगका लागि मात्रै केराखेती हुँदै आएको थियो । परीक्षणका लागि केही कृषकले धेरै संख्यामा लगाएको केराले राम्रो उत्पादन र आम्दानी दिन थालेपछि अरू पनि आकर्षित भएका हुन् । गाउँभरि खेराखेती गरिएको छ । यसअघि रघुगंगा वडा नं २ र ३ मा केराखेती गर्ने कृषकका दुई समूह थिए । दुईओटै समूहलाई एकीकृत गरेर केरा पकेट विकास कार्यक्रम शुरू गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मनोज सुवेदीले बताए । चालू आवमा गाउँपालिकाले ७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको केरा पकेट कार्यक्रमलाई कृषकले पनि त्यति नै लगानी साझेदारी गरेका छन् । ‘एक सय रोपनीमा स्थानीय हजारी जातको केराका नयाँ बिरुवा रोप्ने कार्यक्रम अन्तिम चरणमा छ,’ सुवेदीले भने, ‘कार्यक्रममार्फत उपकरण, मल, विषादीमा सघाएका छौं ।’ सिँचाइका लागि १ हजार ५०० मिटर पाइप खरीद गरेका समूहले ५ हजार ६०० नयाँ केराका बिरुवा रोपेका छन् ।  रासस

सहकारीबाट ऋण लिएर व्यावसायिक कृषि

सहकारीले सहज रूपमा ऋण दिन थालेपछि ग्रामीण किसान व्यावसायिक कृषिमा आकर्षित हुन थालेका छन् । सामान्य पशुपालन र खेती गर्ने किसान सहकारीबाट ऋण पाएपछि व्यावसायिकरूपमा काम गर्न थालेका हुन् । सिन्धु कृषि सुधार बहुउद्देश्यीय सहकारी संस्था भोटेचौर सिन्धुपाल्चोकका अध्यक्ष अध्यक्ष शिवप्रसाद चौलागाईं सहकारीको ऋणका कारण गाउँमा व्यावसायिकरूपमा खेती र पशुपालन गर्नेको संख्या बढ्न थालेको बताउँछन् ।

युवाको सक्रियतामा कृषिफार्म सञ्चालन

परम्परागत कृषिमा रमाउदैं आएका किसानहरू पछिल्लो समय आधुनिक र सामूहिक कृषि प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । आधुनिकीकरण, सहरीकरण र प्रविधिको विकासस“गै किसानहरू क्रमशः सामूहिक व्यावसायिक कृषि प्रणालीतर्फ आकर्षित भएका हुन् ।

कृषि व्यापार तथा लगानी सम्मेलन

नयाँ लगानीकर्तालाई कृषि व्यवसायमा आकर्षित गर्न राजधानीमा कृषि व्यापार तथा लगानी प्रदर्शनी सम्मेलन–२०१७ हुने भएको छ । कृषि र आर्थिक विकासका लागि सार्वजनिक, निजी क्षेत्र, द्विपक्षीय तथा बहुपक्षीय रुपमा व्यावसायिक कृषि प्रवद्र्धन गर्नका लागि आगामी भदौ २९ देखि ३१ गतेसम्म तीनदिने सम्मेलन आयोजना गर्न लागिएको हो ।