गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं। वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ। आज दिउँसो प्रधानको निधन भएको संगीतकार लक्षमण शेषले जानकारी दिए। छातीमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। ८२ वर्षीय प्रधानको बसुन्धारास्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो। सामान्य ज्वरो र छातीमा इन्फेक्सन देखिएपछि उनलाई कोरोनाको शंका गरिएको थियो। तर पीसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो।

सम्बन्धित सामग्री

‘नारायण गोपालभन्दा पनि माथि’

नेपाली सांगीतिक आकाशका एक नक्षत्र चर्चित गायक तथा संगीतकार प्रेमध्वज प्रधान अब हामीबाट सदाका लागि बिदा भएका छन् । बरिष्ठ गायक प्रेमध्वजको बिहीबार ८३ वर्षको उमेरमा काठमाडाैँको न्यूरो अस्पतालमा निधन भएको हो ।छातीको दुखाइका कारण सास फेर्न गाह्रो भएकाले बिहान अस्पताल पुर्याइएका प्रधानको उपचारका क्रममा निधन भएको हो ।प्रेमध्वजले ‘घुम्तीमा नआऊ है’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायत धेरै कालजयी गीतहरु हामीलाई छाडेर गएका छन् । यी

वरिष्ठ गायक प्रेमध्वज प्रधान रहनुभएन

नेपालका वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।उहाँको न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

रहेनन् वरिष्ठ गायक एवम् संगीतकार प्रेमध्वज प्रधान

गायक प्रेमध्वज प्रधानको ८५ वर्षको उमेरमा निधन भएको छ । छातीमा समस्या भएपछि काठमाडौं न्युरो अस्पतालमा भर्ना गरिएका प्रधानको उपचारका क्रममा बिहीवार दिउसो निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।  बिहीवार नै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दियो । गायक प्रधानका ‘घुम्तीमा नआउ है ..’, ‘तिमीलाई अचेल कहाँ देखु...’ लगायतका गीत चर्चित छन् ।

रहेनन् वरिष्ठ गायक प्रेमध्वज प्रधान

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८२ वर्षीय गायक प्रधान लामो समयदेखि न्यूरोसम्बन्धी समस्यासँग जुधिरहेका थिए । यही समस्याका कारण सुन्धरास्थित न्यूरो अस्पतालमा भर्ना भएका प्रधानको उपचारका क्रममा...