रहेनन् वरिष्ठ गायक प्रेमध्वज प्रधान

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८२ वर्षीय गायक प्रधान लामो समयदेखि न्यूरोसम्बन्धी समस्यासँग जुधिरहेका थिए । यही समस्याका कारण सुन्धरास्थित न्यूरो अस्पतालमा भर्ना भएका प्रधानको उपचारका क्रममा...

सम्बन्धित सामग्री

बलिउडको अवसर लत्याउने गायकको अवशान

विदुर गिरी, काठमाडौं संसारभरका कलाकारका लागि सपनाको नगरी मानिने बलिउडमा पुगेर अवसरमाथि अवसरलाई त्यागेर नेपालको मायाले स्वदेश फर्केर आफ्नै देशको गीत–संगीतमा सक्रिय मखमली स्वरका गायक प्रेमध्वज प्रधान अब यो धर्तीमा रहेनन् । अचानक स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि सुन्धाराको बागदरबारस्थित काठमाडौं न्युरो एन्ड जनरल अस्पतालमा भर्ना भएका उनले उपचारका क्रममा बिहीबार करिब पौने २ बजे […]

रहेनन् वरिष्ठ गायक एवम् संगीतकार प्रेमध्वज प्रधान

गायक प्रेमध्वज प्रधानको ८५ वर्षको उमेरमा निधन भएको छ । छातीमा समस्या भएपछि काठमाडौं न्युरो अस्पतालमा भर्ना गरिएका प्रधानको उपचारका क्रममा बिहीवार दिउसो निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।  बिहीवार नै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दियो । गायक प्रधानका ‘घुम्तीमा नआउ है ..’, ‘तिमीलाई अचेल कहाँ देखु...’ लगायतका गीत चर्चित छन् ।