रहेनन् वरिष्ठ गायक एवम् संगीतकार प्रेमध्वज प्रधान

गायक प्रेमध्वज प्रधानको ८५ वर्षको उमेरमा निधन भएको छ । छातीमा समस्या भएपछि काठमाडौं न्युरो अस्पतालमा भर्ना गरिएका प्रधानको उपचारका क्रममा बिहीवार दिउसो निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।  बिहीवार नै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दियो । गायक प्रधानका ‘घुम्तीमा नआउ है ..’, ‘तिमीलाई अचेल कहाँ देखु...’ लगायतका गीत चर्चित छन् ।   

सम्बन्धित सामग्री