नेता नेपाल र पौडेलबीच भेटवार्ता

काठमाडौं, ३० पुष । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आज एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको एकीकृत समाजवादीको सचिवालय जनाएको छ। उनीहरुबीच सभामुख र राष्ट्रपतिको निर्वाचनलगायतका समसामायिक विषयमा छलफल भएको समाजवादीको सचिवालयले जनाएको हो।

सम्बन्धित सामग्री

नेता लिउ र माधव नेपालबीच भेटवार्ता हुँदै

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच आज (मंगलबार) भेटवार्ता हुँदै छ । दिउँसो चार बजे होटल एभरेस्टमा नेता लिउ र अध्यक्ष नेपालबीच भेटवार्ता हुने नेता नेपाल निकट स्रोतले जानकारी दिएको छ । मंगलबार नै नेता लेउ र नेकपा एमालेका अध्यक्ष केपी […]

कांग्रेस नेता सिंह र विप्लवबीच भेटवार्ता

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ। सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच भेटवार्ता भएको हो। भेटमा पछिल्लो मुलुकको समसामयिक राजनीतिक स्थितिका विषयमा छलफल भएको सिंहका स्वकीय युपी लामिछानेले बताए। यसअघि पनि नेता विप्लवले राजनीतिक दलका सबै शीर्ष नेतासँग भेटवार्ता गरेका थिए।

भाजपा नेता चौथाइवाले र महन्थ ठाकुरबीच भेटवार्ता

काठमाडौं : भारतीय जनता पार्टी (भाजपा) का नेता तथा विदेश विभाग प्रमुख विजय मुर्लिधर चौथाइवालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रस्तावित अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्। आइतबार नेपाल आएका उनले सोमबार नेता ठाकुरसँग भेटवार्ता गरेका हुन्। नेता ठाकुरसँग आपसी हितका विषयमा विचार आदानप्रदान गरेको उनले बताएका छन्। उनले ट्वीट गरेका छन्, 'मधेशका वरिष्ठ नेपाली नेता श्री महन्थ ठाकुरलाई भेट्न र आपसी हितका विषयहरूमा विचार आदानप्रदान गर्न पाउँदा खुसी लाग्यो।'चौ

एमालेका दोस्रो तहका नेता र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेता र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अहिले नेपाल समूहका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुबीच छलफल भइरहेको बताइएको छ । एमालेका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायतका नेताहरु नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

प्रचण्ड, नेपाल र विप्लवबीच कोटेश्वरमा भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच बिहीबार भेटवार्ता भएको छ ।  विप्लव भेटवार्ताका लागि नेपाल निवास कोटेश्वर पुगेका थिए । जहाँ तीन नेताबीच भेटवार्ता भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।  विप्लव सँगै नेता धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए । सो क्रममा नेता नेपाल र प्रचण्डसँग विप्लवले पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयवस्तुमा केन्द्रीत&n

विप्लव-नेपाल भेटवार्ता

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार बिहान महासचिव विप्लव र नेता धर्मेन्द्र बास्तोला नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । यसअघि विप्लवले बुधवार मात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै […]

माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता

काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। नेता नेपाल निवास कोटेश्वरमा नेपाल र गौतमबीच भेटवार्ता भएको हो।पार्टीभित्रका विवाद समाधान गरेर जाने विषयमा नेता नेपाल र उपाध्यक्ष गौतमबीच छलफल चलेको जानकारी प्राप्त भएको छ।नेता नेपालको अडानकै कारणले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेकाे छ। विवाद समाधान कार्यदलले १० बुँदे सहमति बनाएर अध्यक्ष केपी शर्मा ओली र नेता नेपाललाई बुझाइसक

नेपाल र दाहालबिच भेटवार्ता

काठमाडौँ– नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भेटवार्ता भइरहेको छ। साढे ११ बजेदेखि कोटेश्वरस्थित माधव कुमार नेपालको निवासमा भेटवार्ता सुरु भएको स्रोतले जनाएको छ। एमाले कार्यदलले आज एकता सम्झौता गर्ने तयारी गरेका बेला नेपाल र प्रचण्डबीच छलफल जारी छ। एमाले एकताका लागि नेपाल र ओलीपक्षका […]

माधव नेपाल र पृथ्विसुब्बा गुरुङबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र एमाले नेता पृथ्वीसुब्बा गुरुङबीच भेटवार्ता भएको छ । कोटेश्वरस्थित निवासमा दुई नेताबीच भेटघाट भएको नेता नेपालको सचिवालयले जनाएको छ

एमाले नेता नेपाल र गुरुङबीच भेटवार्ता

१५ असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेता पृथ्वीसुब्बा गुरुङबीच भेटवार्ता भएको छ । मंगलबार अपराह्न बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठक बस्नु अघि गुरुङ, नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । दुई नेताबीच झण्डै चार घण्टा कुराकानी भएको थियो । ‘पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने विषयमा […]