अधिक पूँजीले ल्याउनसक्ने जोखिम

पूँजीविना कम्पनी सञ्चालन हुन सक्दैन । हरेक कम्पनीको पूँजी हुन्छ । पूँजी कति राख्ने भन्ने कुरा कम्पनीले गर्ने कार्यले निर्धारण गर्छ । नियमन हुने केही व्यवसाय (बैंक बीमा) को हकमा नियामकले निर्धारण गर्छ । पूँजी निर्धारण गर्ने व्यवसायको हकमा नियामकले के आधारमा निर्धारण गर्छन् भन्ने विषय पछिल्लोपटक बैंक र बीमालाई पूँजी बढाऊ भनेको हिसाबले खास मापदण्डभन्दा पनि ‘मनमा आयो, बढाऊ भन्यो’ जस्तो देखिएको छ । नाफा वितरण नगर्ने कम्पनीको पूँजी हुँदैन । पूँजी हुने र नहुने दुवै कम्पनीको मूल उद्देश्य नाफा आर्जन हुन्छ । कम्पनीको पूँजीको स्थितिलाई अधिक, न्यून र वाटर्ड पूँजीकरण भनेर विभक्त गरिन्छ । अधिक र न्यून पूँजीको अंक हो भने ‘वाटर्ड’चाहिँ अधिक र न्यून पूँजीले सृजना गरेको अवस्था हो । आर्जित नाफाको केही अंश मात्र नगद लाभांशका रूपमा वितरण गरी बाँकी रकम सञ्चित जगेडामा राख्दै जाँदा सञ्चित जगेडाको अंक चुक्ता पूँजीभन्दा पनि बढी हुनसक्छ । सतही रूपमा हेर्दा पूँजी (चुक्ता) न्यून देखिए पनि सञ्चितिको कारण पूँजी न्यून हुँदैन । अधिक र न्यून पूँजी शेयर वा ऋण (डिबेञ्चर) मार्फत उठाइएको पूँजीमा पर्याप्त आम्दानी गर्न कठिन हुने र शेयरधनीलाई उचित प्रतिफल दिन नसकिएको अवस्था अधिक पूँजीकरण हो । पूँजी न्यून हुँदा पनि पर्याप्त आम्दानी गरी उचित प्रतिफल दिन सकिने अवस्था हुँदैन । कम्पनीले सरल र सहज तरीकाले व्यापार वृद्धि गरेर शेयरधनीलाई उचित प्रतिफल दिन उचित वित्तीय प्रबन्धन गर्न सक्नुपर्छ । सामान्यतया पूँजी भन्नाले चुक्ता पूँजी भन्ने बुझिन्छ । वास्तवमा पूँजी भनेको चुक्ता मात्र होइन, शेयरधनीको भाग लाग्ने जुनसुकै नाम दिइएको रकम पूँजी हो । ऋणले पनि पूँजी सृजना गर्ने हुँदा यो पनि पूँजी हो । वैधानिक जगेडा, सञ्चित जगेडा, शेयर प्रिमियम यी सबै पूँजीकै फरकफरक नाम हुन् । वैधानिक जगेडा भन्ने शीर्षकमा खुद आम्दानीबाट केही अंश कटाएर राखिन्छ । वैधानिक जगेडालाई स्वतन्त्र रूपमा उपयोग गर्न पाइँदैन भने सञ्चित जगेडाको उपयोगमा शर्तबन्देज हुँदैन । अधिक पूँजीको स्थिति जति कमायो त्यसलाई पूँजीकृत (बोनस जारी) गर्दै जाँदा र न्यून पूँजी (चुक्ता) को स्थिति आर्जित नाफा सबै नगद लाभांशका रूपमा वितरण गर्दा उत्पन्न हुन्छ । आर्जित नाफाको केही अंश मात्र नगद लाभांशका रूपमा वितरण गरी बाँकी रकम सञ्चित जगेडामा राख्दै जाँदा सञ्चित जगेडाको अंक चुक्ता पूँजीभन्दा पनि बढी हुनसक्छ । सतही रूपमा हेर्दा पूँजी (चुक्ता) न्यून देखिए पनि सञ्चितिको कारण पूँजी न्यून हुन्न । यस्तो अवस्थामा कम्पनीले थोरै मेहनतमा पनि शेयरधनीलाई राम्रो प्रतिफल दिइरहेका हुन्छन् । आर्जित नाफालाई नगदमा लाभांश वितरण नगरी वर्षैपिच्छे पूँजीकृत गर्दै जाने कम्पनीको आर्जनजति पूँजीमा गएर थुप्रिन्छ । पूँजी बढेपछि आर्जन गर्न पनि कठिनाइ बन्दै जान्छ र प्रतिफल पनि दिनसक्ने अवस्था हुँदैन । नेपालमा अधिक पूँजीको कारण नेपालमा पूँजी अधिक हुनुमा व्यवसाय नियामक बढी दोषी देखिएका छन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमार्फत बैंकिङ कम्पनीको चुक्ता पूँजी ४ गुणा बढाउन निर्देशन दियो । उल्लिखित मात्रामा पूँजी नबढाई नहुने कारण के हो भन्ने विषयमा भने राष्ट्र बैंकले स्पष्ट पारेको देखिँदैन । २०७२ सालअघि पर्याप्त सञ्चित जगेडा देखिएका बैंकले त्यही रकमलाई बोनसमार्फत पूँजीकरण (चुक्ता पूँजी वृद्धि) गर्दा वासलातको आकारमा ताŒिवक परिवर्तन आएको देखिँदैन । यस्तै अवस्था बीमा कम्पनीको पनि देखिन्छ । नियामकपछिका अर्का दोषी कम्पनी सञ्चालक र व्यवस्थापक हुन् । यिनलाई शेयरमूल्य कम्पनीको सबलताले भन्दा पूँजी वृद्धि (हकप्रद र बोनस शेयर) ले टिकाउ भन्ने भ्रम छ । कम्पनी पनि वर्षैपिच्छे हकप्रद घोषणा गरेर त्यसबाट केही बाँकी रहने अवितरित हकप्रद प्रिमियममा बेचेर प्राप्त हुने रकमलाई पूँजीकृत (बोनस जारी) भाउ टिकेको देखेर मख्ख पर्छन् । यसरी बढ्दो पूँजीको आकारले त्यही मात्रामा व्यापार कसरी होला वा गर्ने भन्ने चिन्तै देखिँदैन । २०७२ सालपछि बैंक र बीमाले हकप्रद र बोनस जारी गरिरहेका छन् । तोकिएको पूँजी पुगेपछि पनि यी दुई नियामक (राष्ट्र बैंक र बीमा समिति)ले पूँजी वृद्धिमै जोड दिइरहेका छन् । नेपाल राष्ट्र बैंकले २ वर्षदेखि लाभांश वितरणमाथि अवाञ्छित हस्तक्षेप गर्दै वितरणयोग्य नाफाको ७० प्रतिशत बोनस जारी गर्नुपर्ने निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको यस्तो नीति कम्पनी सञ्चालक र व्यवस्थापकका लागि ‘बाँदरलाई लिस्नो’ बनेको छ । केन्द्रीय बैंकलाई नीतिगतरूपमै बोनस जारी गराउन कुन तŒवले प्रेरित गरिरहेको छ भन्ने सतहमै नआए पनि शेयरको बजार मूल्य बढेर आफूले पनि लाभ लिनेबाहेक अरू कुनै तत्त्वको प्रधानता देखिन्न । पूँजी को सञ्चिति केन्द्रीय बैंकलाई कम्पनी (बैंक) चुक्ता पूँजी होइन, सञ्चित जगेडाले सबल र दरिलो बनाउँछ भन्ने थाहा नभएको भन्ने अनुमान गर्नै सकिँदैन । पूँजी वृद्धिको रटान लगाउनुको पछाडिको कारण बजार मूल्यबाहेक अरू केही छ भने केन्द्रीय बैंकले नै स्पष्ट पार्नसक्छ । नेपालभन्दा कयौं गुणा ठूलो अर्थतन्त्र भएको भारतीय बैंक अहिले पनि ५ अर्ब ५० करोड भारतीय रुपैयाँ (भारू) ले चलिरहेका छन् भन्ने जानकारी नभएको पनि भन्न सकिँदैन । भारतमा १ खर्ब भारू पूँजी भएको बैंक भए पनि नेपालको तुलनामा अधिकचाहिँ होइन । भारतमा बैंकको चुक्ता पूँजी कम देखिए पनि जगेडामा अत्यधिक रकम छ । एसबीआई बैंकको जगेडामा नेपालको झन्डै डेढ वर्षको बजेट बराबर रकम छ । नेपालको नियामकजस्तो भारतीय नियामक चुक्ता पूँजी नै चाहिन्छ भन्ने पत्तै नपाएका होइनन् होला । तर, नेपालका नियामक चुक्ता पूँजीबाहेक अरू त पूँजी नै होइन भन्ने मानसिकता लिनुको कारण संस्थाको सबलता जेसुकै होस् शेयर मूल्य बढेर तत्काल केही लाभ लिइहालौं, भोलि कसले देखेको छ जस्तै देखिन्छ । कम्पनीको शेयर मूल्य चुक्ता पूँजी बढाउने (बोनस÷हकप्रद) घोषणाले मात्र बढ्छ भन्ने साँघुरो मान्यताले भोलिका दिनमा नेपालका बैंक र बीमा कम्पनीमध्ये कुनै एउटा गल्र्याम्म ढलेमा महाभारतको पात्र घटोत्कच युद्ध मैदानमा ढल्दा भुइँमा रहेका कयौं व्यक्तिलाई थिचेर मारेजस्तै स्थिति नआउला भन्न सकिँदैन । संयुक्त लगानीका विदेशी बैंक धमाधम कुम्लो कस्दै हिँड्नुको भित्री कारण पूँजी बढाइरहने नियन्त्रणमुखी नीति जिम्मेवार देखिएको छ । अधिक पूँजीको असर अधिक पूँजी भएपछि नाफा कमाउनैपर्ने दबाबले गर्दा महँगोमा स्रोत परिचालन गर्नुपर्ने हुन्छ । सीमित स्रोत हुँदा भनेजति स्रोत परिचालन गर्न सकिँदैन । यसो हुँदा बढी मूल्य तिरेर अर्काको खोस्नेबाहेक अर्को विकल्प हुँदैन । यसो गर्दा अस्वस्थ प्रतिस्पर्धा हुँदा यसको मार समग्र अर्थतन्त्रलाइ नै पर्छ । कर्मचारीलाइ स्रोत कसरी ल्याउने भन्ने तनावले आफ्नो कार्यकुशलता देखाउन सक्ने स्थिति पनि बन्दैन । सञ्चालन खर्चमा वृद्धि आउँछ । कम्पनीले नाफा आर्जन गर्न सकेन भने त्यसले दिने सेवामा विश्वसनीयता पनि घट्दै जान्छ । परिमाणको हिसाबले पहिले जत्तिकै नाफा आर्जन गरे पनि गुणात्मक रूपमा लाभांश वितरण गर्न सक्दैन । कम्पनीको प्रतिशेयर आम्दानीमा देखिने कमीले बजार मूल्यमा कमी आउँदा पूँजीकृत मूल्यभन्दा पनि तल झरेर कारोबार हुन थाल्छ । अधिक पूँजीले दीर्घकालीन रूपमा कम्पनीको वित्तीय अवस्थालाई अस्थिर प्रभाव पारिदिन्छ । लेखक धितोपत्रसम्बन्धी अध्येता हुन् ।

सम्बन्धित सामग्री

गर्मीसँगै सर्पदंशको जोखिम

काठमाण्डाै – गर्मी बढेसँगै सर्पदंशका घटना बढ्ने जोखिम देखिएको छ । गर्मी र बर्खामा सर्प जमिनमूनीबाट बाहिर निस्कन्छन् । नेपालमा सर्पदंशबाट अघिल्लाे वर्ष १९ जनाले ज्यान गुमाएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ । कतिपय अवस्थामा उचित उपचार नहुँदा शारीरिक अपाङ्गता पनि बेहोर्नुपर्छ । नेपालका २६ जिल्लाहरू सर्पदंशबाट अति प्रभावित मानिएको छ । सर्पले टोकेपछि बेलैमा उपचार नपाउँदा, हेलचेक्र्याइँ गर्दा र धामी झाँक्रीको भर पर्दा जटिल समस्या उत्पन्न गरेको र ज्यानै समेत जाने गरेको छ । जुनोटिक तथा ...

मोटोपन भएकालाई मुटुरोगको जोखिम हुन्छ ?

मोटोपन भएकालाई मुटुरोग हुन्छ ? धेरैको मनमा उठ्ने प्रश्न हो यो । मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुको जवाफ छ, ‘जोखिम हुन्छ ।’ त्यसो भए मोटोपन र मुटुरोगसँग के सम्बन्ध छ ? दुब्लो पातलोलाई मुटुको जोखिम हुन्न ? धुलिखेल अस्पतालमा कार्यरत डा. कोजु भन्छन्, ‘मोटो भएपछि मुटुको कार्यक्षमतामा भार थपिन्छ । खासगरी शरीरमा कोलेस्टोरेलको मात्रा बढेर […]

पुल नहुँदा जोखिम

दैलेखको भगवतीमाई गाउँपालिकास्थित बालतडा खोलामा पुल नहुँदा स्थानीयहरु जोखिम मोलेर खोला पार गर्नुपर्ने बाध्यता भएको हो।...

मंकीपक्सको जोखिम नेपालमा पनि

काठमाडौं : एमाले सासंद योगेश भट्टराईले नेपालमा पनि मंकीपक्स भाइरसको जोखिम बढ्दै गएको अवस्थामा सरकार संवेदनशील हुनु पर्ने बताएका छन्।आजको प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै भारतमा समेत मंकीपक्सका संक्रमित बढ्दै गएका वेला नेपालमा समेत जोखिम बढिसकेको हुँदा सरकारले कडाइ गर्नुपर्ने धारणा उनले राखेका छन्।‘भारतमा यसका विरामी देखिसकेको अवस्थामा हाम्रोमा जोखिम बढिसकेको छ। सरकारले सीमामा कडाइ गर्नु पर्‍यो, सिमानामा परीक्षण बढाउनु पर्‍यो। भारतमा समेत चारजना विरामी देखिएको

बाँकेमा बढ्दै साना हातहतियारको जोखिम

पछिल्लो समय बाँकेमा साना हातहतियारको जोखिम बढ्दै गएको छ। भारतसँग सीमा जोडिएको यहाँका खुला सीमा र अपराधिक क्रियाकलाप बढ्दै जाँदा पनि साना हातहतियारको जोखिम बढ्दै गएको हो।...

फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम छैन : डब्लूएचओ

एजेन्सी(विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ । सो भेरियन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् । ‘फ्रान्समा भेटिएको नयाँ भेरियन्ट हाम्रो राडरमा छ । यसको अन्यको तुलनामा बढी जोखिम छैन,’ डब्लूएचओका अब्दिल महमुदले भने । फ्रान्समा फेला परेको भनिएको भाइरसलाई आइएचयु नाम दिइएको छ ।

भीरमाथिको जोखिम सडक

खाँडाचक्र नगरपालिका–१ कालिकोट हुल्म नजिक नदीमाथि रहेको भीरको जोखिम सडक । तस्बिर : शुरबहादुर सिंह, रासस

सुदूरपश्चिममा कोरोना संक्रमण जोखिम बढ्दाे

बैतडी : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। पछिल्लो केही साता यता सङ्क्रमणको दरले जोखिम बढ्दै गएको देखिएको हो।असोज ३१ गतेदेखिको लगातार तीन दिनको वर्षा र दशैँ तिहारको बेला घरबाहिर रहेकाहरू गाउँ फर्किएपछि यहाँ सङ्क्रमणको जोखिम बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए।उनले भने,‘ गाउँघरमा भीडभाड बढेको छ। परीक्षण हुन पाएको छैन। यसले जोखिम बढाएको छ।’ यसका साथै वर्षापछि विस्थापितहरू एकै ठाउँमा बसेकाले पनि जोखिम बढेको डा

मर्स्याङदीको वहाव रोकिँदा जोखिम

मनाङको चामेमा मर्स्याङदी नदीको वहाव रोकिँदा त्यस क्षेत्रमा जोखिम बढाएको छ । माथिबाट आएका घट्टे खोलाले मर्स्याङदीको वहावमा अवरोध सिर्जना गर्दा जोखिम बढाएको स्थानीय प्रशासनले बताएको छ ।...