काठमाण्डाै – गर्मी बढेसँगै सर्पदंशका घटना बढ्ने जोखिम देखिएको छ । गर्मी र बर्खामा सर्प जमिनमूनीबाट बाहिर निस्कन्छन् । नेपालमा सर्पदंशबाट अघिल्लाे वर्ष १९ जनाले ज्यान गुमाएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ ।
कतिपय अवस्थामा उचित उपचार नहुँदा शारीरिक अपाङ्गता पनि बेहोर्नुपर्छ । नेपालका २६ जिल्लाहरू सर्पदंशबाट अति प्रभावित मानिएको छ । सर्पले टोकेपछि बेलैमा उपचार नपाउँदा, हेलचेक्र्याइँ गर्दा र धामी झाँक्रीको भर पर्दा जटिल समस्या उत्पन्न गरेको र ज्यानै समेत जाने गरेको छ । जुनोटिक तथा ...