२२ फागुन, मनाङ । मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ-१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको हो । […]
काठमाण्डाै – सडक विस्तार र मर्मत भैरहेको ठाउँमा सामान्य वर्षा हुँदा पनि भत्किने जोखिम बढेको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्के नजिकै गणेश खोला पुलमा पनि सडक खन्ने काम भैरहेका बेला पानी परेपछि अस्ति जमिन भासिएर सडक बन्द भएको थियो । भासिएको ठाउँमा ग्याविन जाली भरेर एकतर्फी गाडी सञ्चालनमा ल्याइएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत अरु ठाउँमा पनि सडक विस्तार र मर्मत भैरहेकाले पानी परेको बेला पहिरो जाने र भासिने जोखिम छ । अरु राजमार्गमा पनि यस्तै जोखिम बढेपछि सरकारले सडक बन्द हुनेबित्तिकै खुलाउनको लागि तयार...
भरतपुर । सडक विस्तार र निर्माणका क्रममा पटक–पटक सडक भित्ता काट्दा नारायणगढ–मुग्लिन सडकको पहिरो हरेक वर्ष समस्या हुने गरेको छ। सडक बनाउने नाममा पहाड काटिरहँदा र जमिनमा अस्थिरता ल्याउँदा पहिरो जाने गरेको विज्ञको निष्कर्ष छ। भूगर्भविद् डा रञ्जनकुमार दाहाल सडकसँगैका चट्टान काट्न गरिने परम्परागत अध्ययन र शैली नै गलत रहेको बताए। “अहिले सडक विस्तार र […]
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकखण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो समस्या उत्पन्न भएको हो । सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका– ३ रूप्से छहरा, काभ्रेभीर र बाँदरजुङगे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको सो सडक हुँदै खाद्यान्न ढुवानीको व्यवसाय गर्दै आएका राज शर्माले बताए । यहाँ सामान्य वर्षा हुँदासाथ ढुङ्गा, म
काठमाडौं, २० फागुन । काठमाडौँको कमलादीस्थित सडक छेउमा जम्मा पारिएको फोहोर । महानगरपालीकाले फोहोर नउठाएको कारण सडकभर दुर्गन्ध फैलिरहेको छ । दुर्गन्धका कारण रोग फैलिनसक्ने जोखिम बढेको छ । तस्वीरः प्रदीपराज वन्त, रासस
उदयपुर । उदयपुरमा सडक क्षेत्र अतिक्रमण गर्दै होटल तथा अन्य व्यवसाय संचालन गर्दा दुर्घटनाको जोखिम बढेको छ । पछिल्लो समय चतरा सप्तकोशी नदिमा पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । तर, सुनसरी खण्डका नदि किनारमा बनेका होटल, रेष्टुरेन्ट तथा अन्य व्यापार व्यवसायका कारण सडक साँघुरो बन्दा दुर्घटनाको जोखिम बढेको हो । सडकको छेउमा […]
पोखरा- पोखरा महेन्द्रपुल नजिक सकड भासिदा जोखिम बढेको छ । भासिएको सडकमा परेको भ्वाङमा सवारी साधन पर्ने जोखिम बढेको छ । महेन्द्रपुलस्थित गरिमा विकास बैंकको नजिकै सडक भासिएको हो । आइतबार साँझ पोखरामा भारी वर्षापछि सडम भासिएको जनाइएको छ । भासिएको सडकलाई मर्मतको तयारी भएको भइरहेको प्रहरीले जानकारी दिएको छ ।