वडा कार्यालयमा कांग्रेसको झण्डा !

दैलेख : नौमूले गाउँपालिकाको एक वडा कार्यालयमा पार्टीको झण्डा राखेको पाइएको छ। वडा नम्बर ३ को कार्यालयमा नेपाली कांग्रेसको झण्डा राखेको पाइएको हो।स्थानीय निर्वाचन आचारसंहितामा सार्वजनिक स्थानमा कुनै पनि पार्टीको झण्डा राख्न नपाइने उल्लेख छ।  निमित्त वडासचिव कर्णबहादुर तारामीले राति कसैले वडा कार्यालयमा पार्टीको झण्डा राखेको स्वीकार गरे। ‘वडा कार्यालय भाडाको घरमा बसेको छ, कसैले राति आएर पार्टीको झण्डा राखेछ, थाहा पाउने बित्तिकै हटायौँ’, उनले भने। जिल्ला निर्वाचन कार्यालय दैले

सम्बन्धित सामग्री

समानुपातिक छाडेर प्रत्यक्ष चुनाव लड्न हिंडेका उमेश

राज्यमन्त्री उमेश श्रेष्ठ, यतिबेला चितवन–२ मा कांग्रेसको झण्डा बोकेर घरदैलो गरिरहेका छन् । उनको प्रतिबद्धता छ– ‘चितवनको विकास र जनताको सेवा मेरो प्राथमिकतामा रहनेछ ।’ भोजपुरमा जन्मिएका श्रेष्ठ काठमाडौंमा आएर निजी शिक्षण संस्था चलाउँदै विभिन्न व्यवसायमा संलग्न व्यक्ति हुन् । उनी आफ्नो ‘व्यावसायिक’ छविलाई यसपटक चितवनबाट प्रत्यक्ष चुनाव लडेर ‘राजनीतिक’ बनाउने होडमा छन् । २०७० […]

गिरिको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले ओढाए कांग्रेसको झण्डा

काठमाडौं । शनिबार निधन हुनुभएका कांग्रेस नेता प्रदीप गिरीको पार्थिव शरीरमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको छ । प्रखर समाजवादी चिन्तक नेता गिरीको ७५ वर्षको उमेरमा शनिबार राति साढे नौ बजे ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । कांग्रेस पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको उहाँको […]

गिरिको पार्थिव शरीरमा कांग्रेसको झण्डा ओडाएर श्रद्धाञ्जलि

काठमाडौं : शनिबार साँझ निधन भएका नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको पार्थिव शरीरमा कांग्रेश सभापति तथा प्रधानमन्त्रीले कांग्रेसको झन्डा ओडाएर श्रद्धान्जली दिएका छन्। सानेपास्थित पार्टी कार्यलयमा राखिएको गिरिको पार्थिव शरिरमा कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का तथा धनराज गुरुङले पार्टीको झन्डा ओडाएका थिए।भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएक

वडाध्यक्ष हिरालाल तण्डुकारकी धर्मपत्नीको निधन, प्रकाशमानले कांग्रेसको झण्डा ओढाए

काठमाडौं, २७ चैत । । नेपाली कांग्रेसका नेता एवं काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकार(काका) की धर्मपत्नी विमला तण्डुकारको निधन भएको छ । ६१ वर्षको उमेरमा उनको निधन भएको हो । काठमाडौं महानगरपालिका वडा ११ का वडा सदस्य सरोज कुमार मुल्मीका अनुसार तण्डुकार लामो समयदेखि क्यान्सर पीडित थिइन् । मृतक तण्डुकारको आजै […]

महाधिवेशनस्थलको दृश्य : कांग्रेसको झण्डा र रुख छाप मास्क खोसाखोस

काठमाडौं : नेपाल कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस कार्यकर्ताहरु महाधिवेशनस्थल पुगिरहेका छन्। कोरोना भाइरस संक्रमणको त्रासबिच भइरहेको महाधिवेशनमा पुगेकाहरुलाई नि:शुल्क मास्क वितरण गरिँदैछ। कांग्रेसको झण्डा र रुख छाप मास्क वितरण गरिँदैछ। मास्क वितरण भइरहँदा धेरै संख्यामा मानिसहरु मास्क लिन पुगेका थिए। त्यसक्रममा…

भृकुटीमण्डपको दृश्य : चिया पसलमा प्रकाशमान, पोलपोलमा विमलेन्द्रको ब्यानर

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन भोलिबाट सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने उद्घाटन सत्रका लागि अहिले तयारी अन्तिम चरणमा पुगेको छ। भृकुटीमण्डप क्षेत्रमा ४०० जना अट्ने स्टेज निर्माण कार्य भइरहेको छ। यस्तै महाधिवेशनस्थल कांग्रेसको झण्डा र चुनाव चिह्नले सजिएको छ। महाधिवेशन हुने क्षेत्रमा रहेका चिया पसलदेखि रुखमा पदाधिकारी र केन्द्रीय सदस्यका…

महाधिवेशन स्थलमा मञ्च बनाउने र झण्डा लगाउने काम धमाधम (फोटो फिचर)

काठमाडौँ– नेपाली कांग्रेको १४ महाधिवेशनको लागि मञ्च निर्माण गर्ने र झण्डा लगाउने कामले तिव्रता पाएको छ । आगामी २४ गतेदेखि २७ गतेसम्म हुने महाधिवेशनको लागि भृकुटीमण्डपमा मञ्च तयार भइरहेको छ । उद्घाटन समारोहका लागि कामदारहरुले अलिहे तीव्र रुपमा मञ्च बनाइरहेको छन् । यो सँगै प्रचारप्रसारको लागि विभिन्न स्थानमा कांग्रेसको झण्डा र चुनाव चिन्न रुखसहितका झण्डा […]

कांग्रेसको महाधिवेशन प्रचार ब्यानर सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले बिहीबार सातमध्ये ६ प्रदेशमा प्रदेश अधिवेशन उद्घाटनका क्रममा पार्टीको १४औँ महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरेको छ। महाधिवेशनको प्रचार ब्यानर सार्वजनिकसँगै पार्टीको केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको महाधिवेशनअघिको एकहप्ते प्रचार अभियान पनि प्रारम्भ भएको समितिले जनाएको छ।ब्यानरमा नेपालको नक्साभित्र दुई युवाले नेपालको झण्डा र कांग्रेसको झण्डा बोकेको, चुनाव चिह्न रुख तथा बिपी कोइरालालगायतका अग्रज नेतृत्वको तस्वीर अङ्कित छ। सो प्रचार ब्यानर

दाताले दिएको स्वास्थ्य सामग्रीमा कांग्रेसको झण्डा र चुनाव चिह्न टाँसियो

धनकुटा : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले गृह जिल्ला धनकुटामा वितरण गर्न ल्याएको स्वास्थ्य सामग्रीका कारण विवाद भएको छ। भदौ १० गते वितरणको तयारी गरिएको स्वास्थ्य सामग्रीमा थापाले सुर्यबहादुर थापा प्रतिष्ठान र नेपाली कांग्रेसको झण्डा र चुनाव चिह्न टाँसेपछि विवाद भएको हो।नेकपा (एमाले) धनकुटाले स्वास्थ्य मन्त्रालयबाट आएको सामग्रीलाई थापाले आफ्नो पार्टीको प्रचार गरेको भन्दै मंगलबार सामान राखिएको स्थान प्यासिफिक होटल घेराउ गरेको छ। थापाले गृह जिल्लाका विभिन्न ठाउँमा