समानुपातिक छाडेर प्रत्यक्ष चुनाव लड्न हिंडेका उमेश

राज्यमन्त्री उमेश श्रेष्ठ, यतिबेला चितवन–२ मा कांग्रेसको झण्डा बोकेर घरदैलो गरिरहेका छन् । उनको प्रतिबद्धता छ– ‘चितवनको विकास र जनताको सेवा मेरो प्राथमिकतामा रहनेछ ।’ भोजपुरमा जन्मिएका श्रेष्ठ काठमाडौंमा आएर निजी शिक्षण संस्था चलाउँदै विभिन्न व्यवसायमा संलग्न व्यक्ति हुन् । उनी आफ्नो ‘व्यावसायिक’ छविलाई यसपटक चितवनबाट प्रत्यक्ष चुनाव लडेर ‘राजनीतिक’ बनाउने होडमा छन् । २०७० […]

सम्बन्धित सामग्री

मैले प्रत्यक्ष चुनाव लड्ने यो अन्तिम पटक हो : पम्फा भुसाल

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री एवम् माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक भएको बताएकी छिन्। ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेकी मन्त्री भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्ष तर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी हुन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्को निर्वाचन आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले उमेर अवस्थाले गर्दा पनि आफूले निर्वाचन नलड्ने अवस्था आउने स्पष्ट पारिन्।&nbs

रुपन्देही ३ : गृहमन्त्री खाँणलाई भारी पर्न सक्छन् दीपक बोहरा

२३ असोज, बुटवल । २०७४ सालमा समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य बनेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण यसपटक भने रुपन्देही–३ बाट प्रत्यक्ष चुनाव लड्दैछन् । गृहमन्त्रीसमेत रहेका उनले प्रतिस्पर्धीका रुपमा पाएका छन् पञ्चायतकालदेखिका राजनीतिक खेलाडी राप्रपा नेता दीपक बोहरा । खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ । बोहरालाई भने नेकपा […]

प्रत्यक्ष चुनाव लड्न अनिच्छुक एमालेका ४ नेता समानुपातिक सूचीमा अटाएनन्

नेकपा एमालेले समानुपातिक निर्वाचनतर्फको उम्मेदवारको बन्दसूची बुझाउँदा प्रत्यक्षतर्फ चुनाव लड्न अनिच्छुक भएका चार नेता समेटिएनन् । समानुपातिक सूचीमा नअटाउनेहरुमा उपाध्यक्षहरु रामबहादुर थापा, ‘बादल’, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा  उपमहासचिव विष्णु रिमाल हुन् । ज्ञवाली, शाक्य र रिमाल यसअघि नै समानुपातिक सूचीमा परेकाले  यो पटक समानुपातिकमा स्थान नपाएका हुन् । त्यस्तै उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ गत राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार भएकाले समानुपात

माओवादीको समानुपातिक सूचीमा महरा पनि

३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको सूची टुंग्याएको छ। सूचीमा पदाधिकारीबाट उपाध्यक्ष कृष्णबहादुर महराको नाम समेत समावेश भएको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए । महरा दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए । उनले २०७४ सालमा त्यही क्षेत्रबाट चुनाव जितेका थिए । तर, यसपटक भने उनी आफैंले प्रत्यक्ष चुनाव लड्ने इच्छा […]

प्रत्यक्षको आकांक्षा छाडेर आरजु समानुपातिकमा, ओनसरी प्रत्यक्ष भिड्ने

काठमाडौँ – प्रत्यक्ष चुनाव लड्ने आकांक्षा त्यागेर प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा समानुपातिक सूचीमा परेकी छिन्। मंसिर ४ गते हुने चुनावका लागि समानुपातिक तर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगले आइतबार र सोमबार समय दिएको छ। कांग्रेस तयार पारेको समानुपातिकको सूचीमा आरजु राणासमेत परेकी छिन्। उनी अघिल्लोपटक कैलाली ५ बाट प्रत्यक्ष चुनाव लड्दा पराजित भएकी थिइन्। […]

राप्रपा नेपालका शीर्ष नेताहरु प्रत्यक्ष चुनाव लड्ने

राप्रपा नेपालका शीर्ष नेताहरुले आगामी संघीय निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएका छन् । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले प्रत्यक्षमा सकेसम्म पार्टीका पदाधिकारी तथा वरिष्ठ नेताहरूले उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए । बैठकले पार्टीका उपाध्यक्ष डा बिष्णु भण्डारीद्वारा प्रस्तुत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्र परिमार्जन सहित पारित गरेको छ । यस्तै  निर्वाचनको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि प

प्रत्यक्ष चुनाव लड्न चाहने माओवादी महिला नेतालाई ठूला नेताको छेकबार

२०७४ मा माओवादीले समानुपातिकमा पाएको १७ सिटमा पठाइएका अधिकांश सिनियर महिला नेता थिए । उनीहरुले अब प्रत्यक्ष चुनाव लड्न पाउनुपर्ने माग गरेका छन् । तर चुनावी क्षेत्रको संकट भने उनीहरूलाई छ ।

‘महिलाहरु प्रत्यक्ष चुनाव लड्न तयार र सक्षम छन्’

नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले महिलाहरु समानुपातिकका मात्र नभइ प्रत्यक्ष चुनावमा उम्मेदवार बन्नपनि तयार र सक्षम रहेको बताएकी छन् । मंगलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।उनले प्रत्यक्षमा उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्नेछ भन्ने व्यवस्था कानूनमा नै बाध्यकारी बनाउनुपर्ने बताइन् । सांसद शाहीले महिलालाई प्रत्यक्ष उम्मेदवार बनाउने कुरामा दलहरूको व्यवहार आफैँ विभेदपूर्ण रहेको बताइन् । उनले आगा