प्रधानमन्त्री देउवाद्वारा बाढी पहिरो पीडित ६ जिल्लाको भ्रमण

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरोले क्षति पुर्‍याएको सुदूरपश्चिमका जिल्लाहरुमा स्थलगत भ्रमण गरेका छन्। डोटी, बझाङ, बैतडी, डडेल्धुरा, कंचनपुर लगायत जिल्लामा पुगेर प्रधानमन्त्री देउवाले बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिएका थिए।...

सम्बन्धित सामग्री

बाढी–पहिरो पीडित किसानले एक करोड क्षतिपूर्ति पाउने

सिमकोट – असार, साउन र भदौमा पटक–पटक परेको अविरल वर्षासँगै गएको बाढी पहिरोबाट बालीमा पुगेको क्षतिका लागि किसानले क्षतिपूर्ति पाउने भएका छन्। जिल्लाले निकै ताकेता गर्दा कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सो क्षति उपलब्ध गराउनका लागि बजेटको व्यवस्था गरेको हो। कृषि विकास कार्यालयका प्रमुख धर्मबहादुर शाहीका अनुसार लामो प्रयासपछि प्रदेश मन्त्रालय […]

राहत र पुनस्र्थापना प्याकेज घोषणा गर्न किसानको माग

बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानहरुले प्रदेश सरकार समक्ष राहत र पुनस्र्थापनाको माग गरेका छन् ।सुदूरपश्चिम प्रदेशका कृषक संगठनहरुले बाढी पहिरो पीडित किसानहरुका लागि तत्काल राहत र पुनस्र्थापनाका कार्यक्रम घोषणा गर्न माग गरेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै राहत र क्षतिपूर्तिको माग गरिएको हो ।ज्ञापन पत्र […]

राहत र पुनस्र्थापनाको माग

काठमाडौं। राष्ट्रिय कृषक समूह महासंघले नेपाल सुदूरपश्चिम प्रदेशले बाढी पहिरो पीडित किसानहरुलाई क्षतिपूर्ति दिन माग गरेको छ। किसानहरुको वर्षभरी खाने अन्न बाढीले नष्ट गरेको अवस्थामा सामान्य राहत दिएर नपुग्ने क्षतिपूर्ति नै दिनुपर्ने महासंघका अध्यक्ष प्रकाशबहादुर थापाले बताए। किसानहरुको क्षतिको बृहत अध्ययन गरी यथार्थ तथ्यांकका आधारमा क्षतिपूर्ति दिनुपर्ने थापाले बताए। पीडित किसानको पीडालाई सामान्य राहतमा टार्न नहुने उनको भनाइ थियो।

कांग्रेस विपद् व्यवस्थापन समितिले बाढीपीडितलाई प्रतिपरिवार २५ हजार दिने

नेपाली कांग्रेसको बाढी पहिरो पीडित विपद् व्यवस्थापन समितिले २०७८ वैशाख देखि यताका बाढी पहिरो पीडित परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ दिने भएको छ ।बाढी पहिरो पीडीत विपद् व्यवस्थापन समितिको विहिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा संयोजक मोहन बस्नेतले तत्कालका लागि प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । बाढी पहिरो […]

काँग्रेसको विपद् व्यवस्थापन समितिले बाढीपीडितलाई प्रति परिवार २५ हजार दिने

नेपाली कांग्रेसको बाढी पहिरो पीडित विपद् व्यवस्थापन समितिले २०७८ बैशाखयताका बाढी पहिरो पीडितको परिवारलाई प्रति परिवार २५ हजार रुपैया दिने भएको छ ।बाढी पहिरो पीडित विपद् व्यवस्थापन समितिको विहिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा संयोजक मोहन बस्नेतले तत्कालका लागि प्रति परिवार २५ हजार रुपैया उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन् । बाढी पहिरो पीडितको उद्धार तथा राहतको सम्बन्धमा सरकारलाई पार्टीको तर्फबाट कुनै पनि किसिमको भूमिका निर्वाह गर्नुपर्ने परिस्थितिमा सहज होस् भन्ने उद्दे

बाढी पहिरो पीडित मेलम्ची र हेलम्बुका औषधि व्यवसायीहरूलाई आर्थिक सहयोग प्रदान

बाढी पहिरोका कारण समस्यामा परेका मेलम्ची र हेलम्बुका औषधि व्यवसायीहरू सहितका संघ संस्थालाई नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाले आर्थिक सहयोग गरेको छ।

झापा कारागारका कैदीबन्दीले सिन्धुपाल्चोकका बाढी पीडितलाई सहायता पठाए

झापा : सिन्धुपाल्चोकका बाढी पहिरो पीडित परिवारलाई झापा जिल्ला कारागार भद्रपुरका कैदीबन्दीले आर्थिक रकम सहयोग गरेका छन्।झापाका कैदीबन्दीहरुले एक छाक काटेर जम्मा गरिएको ५१ हजार १०० रुपैयाँ सिन्धुपाल्चोकका बाढी पहिरो पीडित परिवारलाई सहयोग गरेका हुन्‌। कारागारका आन्तरिक प्रशासन प्रमुख (चौकीदार) शेरबहादुर थेबेले झापा कारागारका प्रमुख राजेन्द्रप्रसाद गौतमलाई सो रकम मंगलबार हस्तान्तरण गरेका हुन्‌।गत असार १ गते साँझ सिन्धुपाल्चोकको मेलम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीले जिल्ला

बागमती प्रदेश सरकारले छुट्यायो बाढी प्रभावित परिवारका लागि ५ करोड

बागमती प्रदेश सरकारले बाढी पहिरो पीडित परिवारहरुलाई राहत स्वरुप आर्थिक सहायता प्रदान गर्ने भएको छ । प्रदेशका सिन्धुपाल्चोक, चितवन लगायतका विभिन्न जिल्लाहरुका बाढी पहिरो प्रभावित घर परिवारलाई राहत स्वरुप आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बागमती प्रदेश सरकारले बाढी पहिरो प्रभावित परिवारको राहतका लागि ५ करोड रुपैयाँ रकम छुट्याएको जानकारी दिए । उनकाअनुसार प्रदेशका विभिन्न जिल्लाका बाढी पहिरोबाट प्र