बागमती प्रदेश सरकारले छुट्यायो बाढी प्रभावित परिवारका लागि ५ करोड

बागमती प्रदेश सरकारले बाढी पहिरो पीडित परिवारहरुलाई राहत स्वरुप आर्थिक सहायता प्रदान गर्ने भएको छ । प्रदेशका सिन्धुपाल्चोक, चितवन लगायतका विभिन्न जिल्लाहरुका बाढी पहिरो प्रभावित घर परिवारलाई राहत स्वरुप आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बागमती प्रदेश सरकारले बाढी पहिरो प्रभावित परिवारको राहतका लागि ५ करोड रुपैयाँ रकम छुट्याएको जानकारी दिए । उनकाअनुसार प्रदेशका विभिन्न जिल्लाका बाढी पहिरोबाट प्र

सम्बन्धित सामग्री

प्रधानमन्त्रीद्वारा बाढी पहिरो प्रभावित ३ ओटा पालिकालाई ५ करोड १० लाख हस्तान्तरण

असार २६, सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी ओलीले बाढी पहिरोबाट प्रभावित सिन्धुपाल्चोकका ३ ओटा पालिकालाई ५ करोड १० लाख हस्तान्तरण गर्नुभएको छ । शनिवार हेलम्बु–मेलम्चीको बाढी पहिरो निरीक्षण गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीले बस्ती संरक्षणको लागि मेलम्ची खानेपानी आयोजनाले हेलम्बु गाउँपालिकालाई दिएको १ करोड ५० लाख, पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई १ करोड ५० लाख र मेलम्ची नगरपालिकालाई ५० लाख हस्तान्तरण गर्नुभएको छ ।  त्यस्तै ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान समितिले हेलम्बु गाउँपालिकालाई दिएको १ करोड र मेलम्ची नगरपालिकालाई ६० लाखको चेक प्रधानमन्त्री ओलीले हस्तान्तरण गर्नुभएको छ । हेलम्बु गाउँपालिका स्थित गणेशे बगरमा आयोजित कार्यक्रममा बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई अस्थायी बसोबासको लागि प्रति परिवार तत्काल ५० हजार रुपैयाँ र १ हजार ५०० बण्डल जस्तापाता दिईने प्रधानमन्त्री ओलीले बताउनुभयो ।  उहाँले पीडितहरुलाई स्थायी आवासको लागि प्रति परिवार ५ लाख रुपैयाँ समेत उपलब्ध गराउनुको साथै बाढीले भत्काएको पुल, विद्यालय सरकारले बनाउने घोषणा गर्नुभएको छ । घाइतेको उपचार सरकारले गर्ने बताउँदै पुनर्निर्माणको काममा सरकारको ध्यान गएको बताउनुभयो ।  प्रधानमन्त्री ओलीले बाढी प्रभावित क्षेत्र मेलम्ची र हेलम्बुको निरीक्षण गर्नुभएको थियो । नेपाली सेनाको हेलीकप्टरमा आउनुभएका ओलीले राहतमा राजनीति नगर्न आग्रहसमेत गर्नुभएको छ । ‘यस्तो बेलामा सबैले सकेको मद्दत गर्ने हो, सकारले राहत तथा पुर्नस्थापनामा कुनै कसर बाँकी राख्दैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तर, राहतको नाममा राजनीति नगर्न म सबैलाई अपिल गर्दछु ।’ अब पुनर्निर्माण गर्दा सुरक्षित स्थानमा एकीकृत रुपमा निर्माण गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले उही ठाउँमा उही बस्ती नबसाउन सुझाव दिनुभयो । मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति हुन नपुगेको बताउँदै प्रधानमन्त्री ओलीले सन् २०२१ भित्र मेलम्ची खानेपानी राजधानी पुर्‍याउने लक्ष्य रहेको, मेलम्ची खानेपानी आयोजनाबाट स्थानीयलाई परेको मर्का सरकारले हेर्ने जनाउँदै स्थानीयले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।  उहाँले २०७१ साल साउन १८ मा गएको जुरे पहिरोको रकम पनि वितरण गर्न आवश्यक कानून निर्माण गरी तत्काल वितरणको लागि निर्देशन दिने प्रतिबद्धता जनाउनुभयो ।  प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्व मन्त्री शेरबहादुर तामाङ, दावा तामाङ, गृह सचिव लगायत सरकारी अधिकारीहरु हेलम्बु क्षेत्रमा आएका थिए । असार १ गते मेलम्ची खोलमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनासहित हेलम्बु र मेलम्ची क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

बाढीपीडित किसानको ५ करोड राहत सिंहदरबार फर्किदै

२० फागुन विराटनगर । मोरङका बाढी प्रभावित किसानका लागि आएको ५ करोड रुपैयाँ राहत कर्मचारीले वितरण नगर्दा फिर्ता हुने अवस्थामा पुगेको छ । कृषि मन्त्रालयले गत असोज २२ गते पठाएको रकम कृषि कार्यालयले कर्मचारी अभाव देखाउदै वितरण गरेको छैन । राहतका लागि किसानले निवेदन दिए पनि ५ करोड ४२ लाख ५३ …