झापा कारागारका कैदीबन्दीले सिन्धुपाल्चोकका बाढी पीडितलाई सहायता पठाए

झापा : सिन्धुपाल्चोकका बाढी पहिरो पीडित परिवारलाई झापा जिल्ला कारागार भद्रपुरका कैदीबन्दीले आर्थिक रकम सहयोग गरेका छन्।झापाका कैदीबन्दीहरुले एक छाक काटेर जम्मा गरिएको ५१ हजार १०० रुपैयाँ सिन्धुपाल्चोकका बाढी पहिरो पीडित परिवारलाई सहयोग गरेका हुन्‌। कारागारका आन्तरिक प्रशासन प्रमुख (चौकीदार) शेरबहादुर थेबेले झापा कारागारका प्रमुख राजेन्द्रप्रसाद गौतमलाई सो रकम मंगलबार हस्तान्तरण गरेका हुन्‌।गत असार १ गते साँझ सिन्धुपाल्चोकको मेलम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीले जिल्ला