मेयर बालेनद्वारा काठमाडौँ जिल्लाका नवनिर्वाचित सांसदलाई बधाई

काठमाडौँ- काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह बालेनले जिल्लाका नवनिर्वाचित नौ सांसदलाई बधाई तथा शुभकामना दिएका छन् । उनले नवनिर्वाचित सांसदहरूसँग सहकार्य गरी राम्रो काठमाडौं बनाउन आतुर रहेको जनाएका छन् । उनले हालै सम्पन्न निर्वाचनमा सबै उम्मेदवारको कोसिसप्रति आफ्नो सम्मान पनि रहेको बताएका छन् । काठमाडौं महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन नवनिर्वाचित सांसदहरू सबैको साथ […]

सम्बन्धित सामग्री

नवनिर्वाचित मेयर शाह र प्रधानसेनापति शर्माबीच भेटवार्ता

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै शाहले सैनिक मुख्यालय जंगीअड्डा गई प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् । भेटमा मेयर शाहले विपत् व्यवस्थापन लगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गरेका छन् भने प्रधानसेनापति महारथी शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । भेटवार्तामा आगामी दिनमा महानगरपालिका र नेपाली स

नवनिर्वाचित मेयर बालेन र प्रधानसेनापति शर्माबीच भेटवार्ता

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन्द्र)ले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासंग भेटवार्ता गरेका छन्। सपथ ग्रहणपछि कार्यभार सम्हालेलगत्तै मेयर साहले सैनिक मुख्यालय जंगीअड्डा गई प्रधानसेनापति शर्मासँग भेट गरेका...

काठमाडौंका नवनिर्वाचित मेयर बालेन साहले लिए सपथ

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले आज सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रिय सभागृहमा आयोजित समारोहमा केही बेर अघि काठमाडौं महानगरपालिकाका मूख्य निर्वाचित अधिकृत राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उहाँले नेपाल भाषामा पनि शपथको व्यहोरा […]

काठमाडौंका नवनिर्वाचित मेयर शाहले आज सपथ लिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले आज सोमबार सपथ ग्रहण गर्नु हुनेभएको छ । बिहान ११ बजे राष्ट्रिय सभागृहमा आयोजित समारोहमा काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचत अधिकृत राजकुमार खतिवडाले मेयर शाहलाई पद तथा गोपनियताको सपथ गराउनु हुनेछ । त्यसपछि मेयर शाहले उपमेयर सुनिता डंगोल सहितका अन्य जनप्रतिनिधिहरूलाई सपथ गराउनु हुनेछ । सपथ […]

ललितपुरका नवनिर्वाचित मेयर र उपमेयरले आज सपथ ग्रहण गर्दै

काठमाडौँ – ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले आज सपथ ग्रहण गर्दै छन्। नवनिर्वाचित मेयर नेपाली कांग्रेसका चिरिबाबु महर्जन र उपमेयर नेकपा एमालेकी मञ्जली शाक्यले आज दिउँसो २ बजे सपथ ग्रहण गर्न लागको स्रोतले जानकारी दिएको छ। निर्वाचन आयोग कार्यालयमा हुने सो सपथ ग्रहण पश्चात् नवनिर्वाचित मेयर र उपमेयरले दिउँसो ३ बजे पद बहाली गर्ने […]

धनुषाका नवनिर्वाचित मेयर र अध्यक्षद्वारा शपथ

जनकपुरधाम : धनुषाका नवनिर्वाचित मेयर र अध्यक्षले शपथ ग्रहण गरेका छन्।मंगलबार जनकपुरधाम उपमहानगरपालिकाको अष्टावक्र सभाहलमा आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिकाका नवनिर्वाचित मेयर र अध्यक्षले शपथ लिएका हुन्।सबैजनालाई धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले शपथ गराएका छन्। सोमबार साँझ जनकपुरधाम उपमहानगरपालिकाको मत परिणाम आएसँगै जिल्लाको सबै स्थानीय तहको मतगणना सम्पन्न भएको थियो।अब मेयर र अध्यक्षले पालिकाका उपमेयर, उपाध्यक्ष सहित

बुटवलका नवनिर्वाचित मेयर पाण्डेको पहिलो निर्णय ‘सुकुम्बासी समस्या समाधान’

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदस्थापन गरेका छन् । एक कार्यक्रमकाबीच सोमबार नवनिर्वाचित मेयर खेलराज पाण्डे, उपमेयर साबित्रादेबी अर्याल तथा १९ वडाका अध्यक्ष तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन् । सोमबार बिहानै सपथ ग्रहण गरेका मेयर पाण्डेले उपमेयर सहितक जनप्रतिनिधिहरुलाई सपथ ग्रहण समेत गराउनुभएको थियो । निवर्तमान नगरप्रमुख शिवराज सुवेदी र निवर्तमान उपप्रमुख […]

पार्टी भन्दामाथि उठेर काम गर्छुः नवनिर्वाचित मेयर

विगतमा जनप्रतिनिधिले अल्पमत बहुमतको खेलमा लाग्दा नगरबासीले धेरै दुःख पाएको हो अब निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु समग्र नगरपालिको विकासमा लाग्ने धनुषाको हंसपुर नगरपालिकाको नवनिर्वाचित मेयर प्रदिप यादवले बताएका छन्।...

म शासक होइन सेवक बन्छुः नवनिर्वाचित मेयर

कमलामाई नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मेयर उपेन्द्रकुमार पोखरेलले आफू जनताको सेवक बन्ने बताएका छन्। मेयर पोखरेलले सिन्धुलीको कमलामाई नगरपालिका ३ जलकन्यामा रहेको रक्तमाला मन्दिरलाई साँची राखेर जनताको सेवक बन्ने प्रण गरेका हुन्।...

नवनिर्वाचित मेयर र उपमेयरलाई २५ किलोको मालाले सम्मान

कपिलवस्तुको शिवराज नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरलाई स्थानीय एक संस्थाले स्वागतसहित सम्मानित गरेको छ।...