२४ कात्तिक, काठमाडौं । बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भोगेका किसानलाई सरकारले एक महीनाभित्रै राहत उपलब्ध गराउने भएको छ । किसानको बैंक खातामै क्षतिअनुसारको नगद राहत उपलब्ध गराउने गरी राहत वितरणसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्बाट पास भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । सरकारले गठन गरेको किसानको क्षति मूल्याङ्कनसम्बन्धी उच्चस्तरीय कार्यदलले तयार गरेको कार्यविधि सोमबार […]