धानमा क्षति बेहोरेका किसानलाई ६५ प्रतिशतसम्म राहत दिने निर्णय

काठमाण्डाै – सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने भएको छ । सरकारले धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ ।आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बढीमा १० कट्ठासम्म वा त्याेबराबरको जग्गामा लगाएको धानको पूर्ण क्षति बेहोरेका किसा...