धानमा क्षति बेहोरेका किसानलाई ६५ प्रतिशतसम्म राहत

सरकारले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । बाढीबाट साँढे दुईलाख मेट्रिकटन भन्दा बढी धान क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो । …