सुरक्षा परिषद बैठक : निर्वाचन सुरक्षा र विप्लवको गतिविधिको समीक्षा

११ फागुन, काठमाडौं । सुरक्षा परिषद बैठकमा निर्वाचन सुरक्षाबारे छलफल भएको छ । सिंहदरबारस्थित परिषदको सचिवालयमा बसेको बैठकमा मुुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षा लगायत विषयमा छलफल भएको हो ।

‘बैठकमा अन्तरराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षाको स्तर र परिस्थितिको समीक्षा गरेको भयो, त्यसमा निर्वाचनको विषय स्वतः पर्छ’ बैठकपछि परिषद्का सदस्य सचिव रेश्मिराज पाण्डेले भने ।

बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको गतिविधिको समीक्षा गर्नुका साथै उक्त समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको स्रोतले बताएको छ ।

कतिपयले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै बैठक बोलाइएको अनुमान गरेका छन् ।

खासगरी राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भए सेना परिचालन गर्ने निर्णय गर्न सुरक्षा परिषदको बैठक बस्ने गर्दछ । यसअघि गत कात्तिकमा सुरक्षा परिषदको बैठक बसेको थियो ।

प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परषिदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचवि र प्रधानसेनापति सदस्य रहन्छन् ।

मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सहभागी थिएनन् ।

सम्बन्धित सामग्री

सुरक्षा परिषद् बैठक : निर्वाचन सुरक्षा र विप्लव समूहबारे भयो छलफल

काठमाडौं : प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक आज बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा छलफल भएको छ। यस्तै विपल्व समूहको विषयमा समेत छलफल भएको जनाइएको छ। बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद

पहिलो पोस्ट

प्रधानमन्त्रीले बाेलाएकाे सुरक्षा परिषद् बैठकमा निर्वाचन सुरक्षा विषयमा छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ।

नागरिक दैनिक

सुरक्षा परिषद् बैठकमा निर्वाचन सुरक्षा विषयमा छलफल

प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक आज बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ । “बैठकले अन्तरराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षाको स्तर र परिस्थितिको समीक्षा गरेको भयो, त्यसमा निर्वाचनको विषय स्वतः पर्छ”, बैठकपछि परिषद्का सदस्य सचिव रेश्मिराज पाण्डेले राससलाई जानकारी दिनुभयो ।   

गोरखापत्र

सुरक्षा परिषद् बैठकमा चुनाव सुरक्षालगायतका विषयमा छलफल

काठमाण्डाै – प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीकाे अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक मङ्गलवार बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा देशकाे समग्र सुरक्षा अवस्था, चुनाव सुरक्षालगायतका विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ ।  बैठकमा गृह मन्त्री रामबह...

उज्यालो अनलाइन

समग्र सुरक्षा अवस्था र निर्वाचन सुरक्षाबारे सुुरक्षा परिषदमा छलफल

प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

नयाँ पत्रिका

बालुवाटरमा सुरक्षा परिषद् बैठक, काठमाडौंमा कडा सुरक्षा

काठमाडौं : संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बदलिँदो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै सुरक्षा परिषद्को बैठक डाकेका छन्।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरक्षा परिषद्को बैठक बसिरहेको  छ। सुरक्षा परिषद् बैठकमा बैठकमा गृहमन्त्री रामबहादुर थापा, प्रधानसे…

थाहा खबर

संयुक्त राष्ट्रसंघको सु्रक्षा परिषद् बैठकमा कश्मीरको मुद्दा उठेन

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा कश्मीर मुद्दाको विषयमा चर्चा नभएको बताइएको छ। शुक्रबार बसेको बैठकमा कश्मीरको मुद्दामा केही पनि आवाज नउठेको बेलायतका स्थायी प्रतिनिधि सुरक्षा परिषदका मौजुदा अध्यक्ष केरन पियर्सले बताएका छन्। उनले भने,' संसार अहिले फरक ढंगले चलिरहेको छ। जहाँसम्म कश्मीरको विषय छ यो महिनामा कश्मी...

थाहा खबर

सिंहदरबारमा एमाले–माओवादी बैठक

सरकार विस्तार लगायतका विषयमा छलफल गर्न नेकपा एमाले र माओवादी केन्द्रको बैठक बसेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु सहभागी छन्। बैठकमा संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने विषयमा थप छलफल हुने बताएको छ। दुबै दलले आज फोरमसँग पनि छलफल गर्ने सम्भावना छ।

Setopati