वर्षा नहुँदा पनि भोटेकोशीमा भीषण बाढी: १८ जना बेपत्ता, हिमताल फुटेको आशंका

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू-भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ । विभागले ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टाको अवधिमा नेपाल-चीन सीमाबाट नजिकमा […]