एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । स्रोत नखुलेको एक करोड ४४ लाख रकमसहित काठमाडौँ प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँ परिसरका सूचना अधिकारी अपिलराज बोहराका अनुसार बौद्धको एक घरमा डेरा लिएर बसेका चिनियाँ नागरिक ४० वर्षीय वाङ जियाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट एक करोड ४४ लाख नेपाली रुपियाँ बरामद गरेको छ। […]