प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै

१० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जाँदै छन् । दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए ।

कञ्चनपुरको वेदकोट–२ र ३ मा दैजी छेला औद्योगिक क्षेत्र स्थापना हुन लागेको हो । शिलान्यास कार्यक्रमको औपचारिक समारोह भने वेदकोट–२ स्थित झरना खेल मैदानमा आयोजना गरिएको छ ।

यसै साता चार औद्योगिक क्षेत्र शिलान्यास हुने

सरकारले यसै साता चार औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ११ गते बाँकेमा नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।

यसैगरी अर्थमन्त्री विष्णु पौडेलले १३ गते रुपन्देहीमा मोतीपुर औद्योगिक क्षेत्र र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नै १७ गते मकवानपुरमा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ ।

यसैगरी प्रधानमन्त्री ओलीले गृहजिल्ला झापाको दमकमा चीन-नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास कार्यक्रम तय गरिएको छ ।

 

सम्बन्धित सामग्री

औद्योगिक क्षेत्रको कथा : बजेटको टुंगो छैन, हतारमा शिलान्यास

१९ फागुन, काठमाडौं । फागुन १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरे । पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर आफ्नो समूहमा आएका उद्योगमन्त्री लेखराज भट्टलाई लिएर हेलिकप्टरमार्फत कञ्चनपुर पुगेका प्रधानमन्त्रीले शिलान्यास गरेको …

अनलाइनखबर

संसद् पुनर्स्थापना भए तमासा सुरु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापना भए देशमा तमासा सुरु हुने बताएका छन्। कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले सोमबार भने, ‘विघटित संसद् पुनर्स्थापना भए देशमा तमासा सुरु हुनेछ।

नागरिक दैनिक

निर्मलाका हत्यारालाई कारबाही गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री ओली

कञ्चनपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मलाका हत्यारालाई कारबाही गर्न दृढताका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ । सोमबार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले कहिलेकाहीँ कसैको व्यक्तिगत स्वार्थका लागि अनुसन्धानलाई मोड्न खोजिने गरेको बताउँदै निर्मलको घटनामा सं...

उज्यालो अनलाइन

कञ्चनपुर पुगेर प्रधानमन्त्री ओलीले दैजी छेला औद्योगिक क्षेत्रको गरे शिलान्यास

कैलाली : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर पुगेर दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमवार कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्। प्रधानमन्त्रीले शिलान्यास गरेसँगै अब औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने अपेक्षा गरिएको छ। २०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला औद्योगिक

पहिलो पोस्ट

धमाधम चुनावलक्षित शिलान्यास

प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली सोही चुनावलाई लक्ष्य गरेर दैनिक रूपमा विकास आयोजनाको उद्घाटन र शिलान्यास गर्दै हिँडेका छन्। प्रधानमन्त्री ओलीले सोमबार सुदुरपश्चिम प्रदेशको कञ्चनपुर दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ।

नागरिक दैनिक

प्रधानमन्त्री ओली आज कञ्चनपुर आउँदै

कैलाली : सोमवार प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न सुदूरपश्चिम आउने भएका छन्। २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा दैजी छेला औद्योगिक क्षेत्रको थालनी गर्नका लागि बजेट विनियोजन गरिएको थियो। पछि डिभिजन वन कार्यालय महेन्द्रनगरले दैजी औद्योगिक क्षेत्रसँग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोडिएको, सालको

पहिलो पोस्ट

कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुन्छः प्रधानमन्त्री ओली

९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । कैलाली र कञ्चनपुरका सांसद र तथा नेकपाका नेताहरुसँग भएको भेटमा प्रधानमन्त्री ओलीले घटनालाई सरकारले …

अनलाइनखबर