हाम्रा बाउ-बाजे उहिल्यैदेखि काठमाडौँ आउजाउ गर्ने गर्नुहुन्थ्यो। उहिले बेलाबखत काठमाडौँमा आउँदा बाजेले थैलीमा हालेर ल्याएको पैसाले सायद त्यति बेला काठमाडौँमा रोपनीका रोपनी जग्गा पाइन्थ्यो होला। त्यस्तै पिताजीले पनि बेलैमा राजधानी काठमाडौँको चक्रपथभित्रै घडेरी किन्ने क्षमता थियो होला।