नेपाल सुशासनको सूचकांकमा गत वर्षभन्दा खस्किएको छ। नेपाल ३३ अंकसहित ११७औं स्थान पुगेकाे ट्रान्सपरेन्सी इन्टरनेसनले जनाएकाे छ।
नेपाल सुशासनको सूचकांकमा गत वर्षभन्दा तल खस्किएको छ। भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांक अनुसार नेपाल ३३ अंकसहित गत वर्षभन्दा ४ स्थान तल झरेको हाे।
यसअघि गतवर्ष नेपाल ११ स्थान माथि उक्लिँदै स्थिति सुधारेकाे थियाे। टीआईले सार्वजनिक गरेको सन् २०१९ को भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्स इन्डेक्स–सीपीआई) मा नेपाल विश्वव्यापी वरीयताक्रममा गत वर्षभन्दा ११ स्थान माथि उक्लिँदै स्थिति सुधार गरेकाे थियाे।
त्यस्तै केही महिनाअघि ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेकाे प्रतिवेदनले पनि नेपालमा भ्रष्टाचारको अवस्था सुधार हुन नसकेको र प्रधानमन्त्रीकै संरक्षणमा भ्रष्टाचार माैलाएकाे देखाएको थियाे। सरकारले भने उक्त प्रतिवेदन खारेज गरेकाे थियाे।