नेपाल आराेहण दलले विश्वकै दाेस्राे सर्वाेच्च शिखर केटु हिमाल आराेहण गरेकाे छ। जाडो सिजनमा पहिलोपटक पाकिस्तानको माउन्ट केटु (८६११ मिटर अग्लो) हिमाल आरोहण गरेर नेपाली टोली काठमाडौं फर्किएको हाे। टाेलीलाई प्रधानमन्त्रीले सम्मान गरेका छन्।
पाकिस्तानमा रहेकाे विश्वकाे दाेस्राे सर्वाेच्च शिखर केटु हिमालमा नेपाली आराेहण टाेलीले सफलतापूर्वक आराेहण गरेकाे छ। टाेलीलाई राष्ट्रपतिले बधाइ दिएकी छन्।
आराेहण सम्पन्न गरी नेपाल फर्किएकाे टाेलीलाई भव्य स्वागत गरिएकाे छ। उनीहरूलाई पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ लगायत पर्यटन क्षेत्रका संस्थाका प्रतिनिधिहरुले विमानस्थलमा भव्य स्वागत तथा सम्मान गरेका हुन्।
आराेहण टाेलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन्। प्रधानमन्त्रीले आरोहीलाई अवार्ड दिने घोषणा गरेका छन्।