संवैधानिक इजलासमा सपना प्रधान मल्लको ‘इन्ट्री’

२९ पुस, काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलास गठन गरेका छन् ।

उनले न्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा सपना प्रधान मल्ललाई राखेका छन् । न्यायाधीश प्रधान पहिलो संविधान सभामा तत्कालीन एमालेबाट समानुपातिक सभासद बनेकी थिइन् । उनी २०७३ सालमा सर्वोच्चको अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् ।

संवैधानिक इजलासमा अन्य न्यायाधीश भने यथावत छन् । यसअघि इजलासमा राखिएका न्यायाधीश कार्की केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेकाले स्वार्थ बाझिन सक्ने भन्दै अधिवक्ताहरुले प्रश्न उठाएका थिए । त्यसपछि अघिल्लोपटकको सुनुवाइमा कार्की आफैंले आफू इजलासमा नबस्ने घोषणा गरेका थिए ।

तर प्रधानन्यायाधीश जबराले स्वार्थ बाझिने गरी नै पूर्वसभासदसमेत रहेकी प्रधानलाई इजलासमा राख्नुले निष्पक्ष फैसला आउनेमा शंका व्यक्त भएको छ । संवैधानिक इजलास गठन गर्दा प्रधानन्यायाधीश जबराले वरिष्ठलाई पाखा लगाएर कनिष्ठ न्यायाधीशलाई छानेकोमा पनि आलोचना हुँदै आएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए । तर त्यसलाई पनि प्रधानन्यायाधीश जबराले अस्वीकार गरेर संवैधानिक इजलास नै गठन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरेकी थिइन् ।

संसद विघटन असंवैधानिक भएको भन्दै परेका रिटहरुमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलास गठन गरेका थिए । कार्कीको सट्टा प्रधानलाई इजलासमा राखिए पनि अन्य न्यायाधीशहरु यथावत छन् ।

संसद विघटन सपना मल्ल प्रधान

सम्बन्धित सामग्री

प्रतिनिधिसभा विघटन : संवैधानिक इजलासमा बहस सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आजबाट विषयवस्तुमा प्रवेश गरेर बहस सुरु भएको हो।

नागरिक दैनिक

प्रतिनिधिसभा विघटन मुद्दा : आज सुनुवाइ हुने

काठमाण्डाै - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता  भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ ...

उज्यालो अनलाइन

प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता भएका रिटमाथि आज पनि सुनुवाइ हुने

काठमाण्डौ - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।  यो विवाद संंवैधा...

उज्यालो अनलाइन

संसद विघटनको मुद्दामा सुनुवाइ : बृहत पूर्ण इजलासमा किन भन्ने बहस सुरु

२९ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा बहस सुरु भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गरेपछि सपना मल्ल प्रधानलाई थपिएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको इजलासमा अब मल्ल, विश्वम्भरप्रसाद …

अनलाइनखबर

संसद विघटनविरुद्ध मुद्दाः संवैधानिक इजलासमा सपना प्रधान मल्ल

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलासमा सपना प्रधान मल्लको नाम थपेका छन्।

नागरिक दैनिक

संवैधानिक इजलासमा न्यायाधीश कार्कीको ठाउँमा सपना प्रधान मल्ल

काठमाण्डाै – प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ । सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा न्यायाधीश सपना प्रधान मल्ललाई राख्नुभएको छ । यसअघि न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गरेपछि प्रधानन्यायाधीशले कार्कीको ठाउँमा मल्ललाई राख्नुभएको हो । प्रतिनिधिसभा ...

उज्यालो अनलाइन

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमा

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि परेको मुद्दा संवैधानिक इजलासमा पठाइने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलास उक्त मुद्दा शुक्रबार गठन हुने संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो।

नागरिक दैनिक

प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

काठमाण्डाै – प्रतिनिधिसभा विघटनविरुद्ध परेका सिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ । एक दर्जन निवेदनहरुको सुनुवाइका लागि सर्वोच्च अदालतले बुधबार प्रधानन्यायाधीश जबराको एकल इजलास गठन गरेको हो । सर्वोच्चमा प्रतिनिधिसभा विघटनसम्बन्धी १२ वटा निवेदनहरु एकसाथ पेस भएका छन् । नेकपाको प्...

उज्यालो अनलाइन