दुई गाग्री पानी लिन दिनभर

तनहुँ । टोलटोलमा पानीको धारा छ । बिहान सबेरै उठेर लाइनमा बस्न सकिएन भने रित्तै गाग्री फकार्उनु पर्छ । पालो पाएमा बल्लतल्ल २ गाग्रीसम्म पानी भर्न पाइन्छ । व्यास नगरपालिका–५ पतेनीका बासिन्दाले खेप्नु परेको सास्ती यतिमै सीमित छैन । खानेपानीको चर्को समस्या भोग्नु परेको छ । पिउनका लागि पानीको चर्को अभाव झेलिरहेको स्थानीयले नुहाउन धुन त सपनाको कुरा मात्रै हुन थालेको छ । घर घरमा धारा जडान त छन् तर, जडान गरिएका धारामा प्रशस्त पानी छैन । पतेनीका बासिन्दाले खानेपानीको चर्को समस्या भोग्दै आएका छन् । धारामा पानी आएन भने कुवा तथा खोलामा पानी लिन जानुपर्ने बाध्यता रहेको दरै टोल संस्थाका सदस्य विष्णुबहादुर दरैले बताए । वि.सं. ०६१ मा म्याग्दे गाउँपालिका–१ गुणादी बरचौर खोल्सीबाट सेडा नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा खानेपानी वितरण गरिएको थियो । तर, पछिल्लो समय बस्ती विस्तार भएका कारण पानीको स्रोतले धान्न सक्ने स्थिति रहेन । फलस्वरूप स्थानीयलाई खानेपानीको व्यवस्थापन गर्न सकस परिरहेको छ । एक गाग्री पानीका लागि घन्टौं समय खर्चन बाध्य छन् । घरनजिकैको धारामा पानी नआउँदा ३ घण्टा हिँडेर कुवा धाउनुपर्ने बाध्यता स्थानीयलाई छ । उक्त वडाका बिर्ता पतेनी, साँघे, पतेनी र काउरा टोलका करीब ४०० घरधुरीका बासिन्दा खानेपानीको चर्को समस्या भोग्दै आएका छन् । अघिल्लो निर्वाचनको समयमा जनप्रतिनिधिहरूले खानेपानीको समस्या समाधान गर्ने आश्वासन दिएपनि जितेर गएपछि कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ । ‘चुनावको समयमा झुटो आश्वासन बाँडे तर खानेपानीको समस्या ज्यूँकात्यूँ छ’ दरैले भने, ‘आसन्न निर्वाचनमा जसले पानीको समस्या समाधानका लागि पहल गर्छ उसलाई भोट दिने स्थानीयको भनाइ छ ।’ दरैका अनुसार बिहान उठ्नेबित्तिकै पानी लिन स्थानीयवासी बेँसी झर्छन् । ३ घण्टा हिँडेपछि खोलानजिक रहेको सानो मूल भएको एउटा कुवामा पुग्छन् । त्यहीँबाट पानी ल्याउँछन् । ‘पानी भर्ने पालो पाउन पनि गाह्रो हुन्छ । एकैपटक गाउँका सबै मानिस पानी लिन जाँदा त निकै भिडभाड हुन्छ’ उनले भने, ‘ पानी भर्नै एक बिहान सक्नुपर्ने बाध्यता छ । खाना पकाएर आफ्ना छोराछोरीलाई विद्यालय पठाउन निकै सकस झेल्नु परेको छ ।’ खानेपानी भर्नका लागि बिहान एकजना खटिनैपर्ने अवस्था रहेको पतेनी टोलका स्थानीयवासी नवराज पौडेलले बताए । साँघे र मादी नदीको बीचमा रहेर पनि खानेपानीबाट वञ्चित हुनु लज्जास्पद कुरा भएको स्थानीयवासी एवम् शिक्षिका अम्बिका बास्तोलाले बताइन् । जिल्लाको दुर्गम बस्तीका घरघरमा पानीको धारा पुगेपनि सदरमुकाम दमौलीदेखि करीब ३ किलोमिटर दूरीमा रहेको उक्त वडाका बासिन्दाले कठिनाइ भोग्दै आएका छन् । पानी भर्न पालो मिच्दा कहिलेकाहीँ झगडा नै हुने गरेको छ । रासस

सम्बन्धित सामग्री

काकाकुल बनेको रक्से बजार‚ एक गाग्री पानी ल्याउन डेढ घण्टा

फिक्कल : माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको विहान पानी बोक्दैमा बित्छ। रक्से बजारमा रहेको उनको सानो होटल सञ्चालनका लागि पानीका लागि उनले हरेक विहान डेढ घण्टाभन्दा बढी समय उकालोओरालो गर्नुपर्छ। उनी मात्रै होइन यहाँका अधिकांशको विहानी पानीको जोहोमै बित्ने गरेको छ।“बजारमा पानीको ठूलो अभाव छ। बजारभन्दा करिब एक किलोमिटर तल धाराखामबाट गाग्रीमा बोकेर जीविका चलाउनुपरेको छ”, उनले भनिन्, “बिहान ३ बजेदेखि नै लाइन लागेर पानी थाप्नुपर्छ, पानी सानो भएकाले गाग्री भरिन समय ल

एक गाग्री पानी लिन दुई घण्टा उकालो हिँडेर खोला धाउनुपर्छ

सुगम जिल्लाकारुपमा चिनिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ ढोडेनीका बासिन्दा पानीका लागि खोला धाउनु परिरहेको छ । उनीहरु एक गाग्री पानी लिन दुई घण्टा उकालो हिँडेर खोला आउजाउ गर्दैआएका छन् । बिहान उज्यालो हुनेबित्तिकै गाग्री बोकेर पानी लिन जानेहरु दुई घण्टा डोकोमा एक गाग्री पानी बोकेर घर फर्किन्छन् । यस क्षेत्रमा सधैँभरि खानेपानीको समस्या रहेको स्थानीय …

खानेपानी नपाएपछि रित्ता गाग्री प्रदर्शन

काठमाडौं । यी कुनै स्वागतमा लामबद्ध सगुनका गाग्री होइनन्। यिनमा न त पानी छ न त फूल नै। रित्ता पनि छैनन् किनकि यिनमा सर्वसाधारणको आक्रोश भरिएको छ। रित्ता गाग्रीभित्रको आक्रोश बाहिर टाँसिएका नाराबाटै प्रस्ट बुझिन्छ। उपत्यकामा आइतबार दिनभरजसो पानी पर्‍यो। तर चन्द्रागिरिका सर्वसाधारणका गाग्री रित्तिएको धेरै भयो। खानेपानी अभावले निराश सर्वसाधारणले आइतबार बिहानैबाट नगरपालिकाको कार्यालयअगाडि […]

खानेपानी नपाएपछि रित्ता गाग्री प्रदर्शन

उपत्यकामा आइतबारदिनभरजसो पानी प¥यो। तरचन्द्रागिरिका सर्वसाधारणका गाग्री रित्तिएको धेरै भयो। खानेपानी अभावले निराश सर्वसाधारणले आइतबारबिहानैबाट नगरपालिकाको कार्यालयअगाडि रित्ता गाग्रीसँगै आक्रोश प्रदर्शन गरे...

गाग्री र बाल्टीको सहारामा रोपाइँ गर्दै सिद्धकालीबासी

सिंचाईंको लागि कुलोको अभावमा उनीहरुले गाग्री, बाल्टी लगायतका घरायसी काममा प्रयोग हुने भाँडामा पानी बोकेर रोपाईं गर्ने गरेका छन्।...

खानेपानी अभाव : रित्ता गाग्री लिएर गाउँपालिकामा उपभोक्ताको धर्ना

तुलसीपुर : शान्तिनगर गाउँपालिका-४ का बासिन्दाले बिहीबार दिउँसो १२ बजे गाउँपालिका कार्यालयको गेटमा धमाधम रित्ता गाग्री राखी धर्ना दिएका छन्।उनीहरूले खानेपानीको समस्या भोग्दै आएकाले पानी आपूर्तिको व्यवस्था गरिदिन भन्दै गाउँपालिका (गापा)मा रित्ता गाग्री लिएर आएको बताए। उनीहरूले गापाको गेटमा रित्ता गाग्री राखेर अध्यक्ष प्रमोद बस्नेतसँग वर्षेनि आफूले पानीको समस्या भोग्दै आएको भन्दै खानेपानी सहज आपूर्ति गराउन माग गरे।शान्तिनगर गापा–४ का रमेश चलाउनेले करिब ४/५ महिनादेखि धारामा पानी नआउँदा आफूहरूल

एक गाग्री पानी भर्न दुई घण्टा

दाङ – कोखिलामा नानी लिएर पधेरा पुगेकी रविना जरुवामा भएको पानी बटुकोले उभाउँदैछिन्। उनको दिनचर्या पछिल्लो समय यसरी नै बित्ने गरेको छ। पानी संकलनको लागी बनाइएको सानो पोखरीमा पानी छैन् । त्यसको छेउँमा एउटा सानो जरुवा छ । जरुवामा पानी थोपा थोपा गरेर संकलन भइरहेको छ । थोपाबाट संकलन भएको पानी बटुकोको साहेताले गाग्री र […]

दुई गाग्री पानी लिन एक बिहान खर्चिनुपर्ने बाध्यता

तनहुँ, १४ वैशाख । टोलटोलमा पानीको धारा राखिएको छ । बिहान सबेरै उठेर लाइनमा बस्न सकिएन भने रित्तै गाग्री फकाउर्नु पर्छ, पालो पाएमा बल्लतल्ल दुई तीन गाग्री पानी भर्न पाइन्छ, व्यासनगरपालिका–५ पतेनीका बासिन्दाले यस्तै सास्ती खेप्दै आएका छन् । यहाँ जडान गरिएका धारामा प्रशस्त र लामो समयसम्म पानी नआउँदा पतेनीका बासिन्दाले खानेपानीको चर्को समस्या भोग्दै […]

पानी विनाको पानी ट्याङ्की

बनेपा, १० वैशाख । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित भुम्लु गाउँपालिका–६ कोलातीको दलितबस्तीमा रहेको पानी विनाको पुरानो पानी ट्याङ्की । बर्षौदेखि सो बस्तीमा खानेपानी अभावका कारण तल खोल्सामा रहेको धाराबाट दैनिक एक÷दुई गाग्री पानी ओसारेर जीवन गुजारा गर्दै आएका छन् । तस्वीरः पेमा लामा÷ रासस

एक गाग्री पानी भर्न एक घण्टा

देउखुरी– ठाडो उकालो, पिठ्युँमा डोको, डोकोमा गाग्रीभरि पानी, पानीमाथि तीन वर्षकी छोरी बोकेर दैनिक पानीको जोहो गर्नुपर्ने बाध्यता छ, घोराही उपमहानगरपालिका-१९ खोलीगाउँका महिलाको । एक गाग्री पानी लिन हरेक दिन उकालो–ओरालो झर्नुपर्ने बाध्यताका कारण उनीहरूको बिहानभरको समय त्यतै बित्ने गरेको छ । एउटै मुहानको पानी प्रयोग गर्ने ३१ परिवार छन् । घोराही बजारबाट बढीमा नौ […]