खानेपानी अभाव : रित्ता गाग्री लिएर गाउँपालिकामा उपभोक्ताको धर्ना

तुलसीपुर : शान्तिनगर गाउँपालिका-४ का बासिन्दाले बिहीबार दिउँसो १२ बजे गाउँपालिका कार्यालयको गेटमा धमाधम रित्ता गाग्री राखी धर्ना दिएका छन्।उनीहरूले खानेपानीको समस्या भोग्दै आएकाले पानी आपूर्तिको व्यवस्था गरिदिन भन्दै गाउँपालिका (गापा)मा रित्ता गाग्री लिएर आएको बताए। उनीहरूले गापाको गेटमा रित्ता गाग्री राखेर अध्यक्ष प्रमोद बस्नेतसँग वर्षेनि आफूले पानीको समस्या भोग्दै आएको भन्दै खानेपानी सहज आपूर्ति गराउन माग गरे।शान्तिनगर गापा–४ का रमेश चलाउनेले करिब ४/५ महिनादेखि धारामा पानी नआउँदा आफूहरूल