दुई गाग्री पानी लिन एक बिहान खर्चिनुपर्ने बाध्यता

तनहुँ, १४ वैशाख । टोलटोलमा पानीको धारा राखिएको छ । बिहान सबेरै उठेर लाइनमा बस्न सकिएन भने रित्तै गाग्री फकाउर्नु पर्छ, पालो पाएमा बल्लतल्ल दुई तीन गाग्री पानी भर्न पाइन्छ, व्यासनगरपालिका–५ पतेनीका बासिन्दाले यस्तै सास्ती खेप्दै आएका छन् । यहाँ जडान गरिएका धारामा प्रशस्त र लामो समयसम्म पानी नआउँदा पतेनीका बासिन्दाले खानेपानीको चर्को समस्या भोग्दै […]

सम्बन्धित सामग्री

जर्मीगाउँमा ‘एक घर एक धारा’, ढल निकासाको समस्या

केही महिना अघिसम्म तातोपानी गाउँपालिका–२ जर्मीगाउँमा पानीको हाहाकार थियो । एक गाग्री पानीका लागि घण्टौं कुर्नुपर्ने बाध्यता थियो भने कहीं कतै भुलचुकमा पनि कसैले पालो मिचे आपसमा झगडासमेत हुन्थ्यो । पानीकै लागि आपसमा विवाद र झगडा नभएको कुनै दिन हुन्थेन । कुल १६० घरधुरी रहेको जर्मीगाउँमा टोलअनुसार चारवटा मात्रै धारा थिए । धारामा बिहान बेलुका […]

घरघरमा धारा पुगेपछि ढुंग्रेका स्थानीय खुशी

चितवन । घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका–६ ढुंग्रेका बासिन्दा खुशी भएका छन् । पुस्तौंदेखि खानेपानी जोहो गर्न घण्टौं टाढा पुग्नुपर्ने सो गाउँका बासिन्दा घरघरमा धारा पुगेपछि खुशी भएका हुन् ।  ढुंग्रे गाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौंदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यमिक विद्यालय ढुंग्रेका प्रधानाध्यापकसमेत रहेका स्थानीय विश्वनाथ गुरुङले पुस्तौंदेखि रहेको खानेपानीको समस्या हल भएकोमा स्थानीय सरकारलाई धन्यवाद दिए । पुस्तौंदेखि घण्टौं लगाएर कुवाबाट पानी भरेर उपभोग गरिरहेका यहाँका बासिन्दाले स्थानीय सरकार आएसँगै घरघरमा धारा आउँदा आफूहरु खुशी भएको बताए । उनका अनुसार यसअघि यहाँ प्रत्येक घरका एक जनाको काम नै दिनभर पानी जोहो गर्नमा लाग्नुपर्ने अवस्था थियो ।   उनले भने, ‘एक गाग्री पानी लिन घण्टौं लगाएर धाउनु पर्ने बाध्यता हटेको छ, एक जनाको काम नै बिहान ४ बजेदेखि दिनभर पानीको जोहो गर्नुपर्ने हुन्थ्यो पानीको धारा घरघरमा आएपछि गाउँलेले सुखको अनुभूति गरेका छन् ।’ वर्षौदेखि आफूहरूले पहल गरिरहेपनि स्थानीय सरकार आएसँगै पूरा भएको उनको भनाइ छ । गाउँमा खानेपानीको अभाव हटेपछि समयको बचत हुँदा मेलापात घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीयवासीको भनाइ छ । आयोजना उपभोक्ता समितिका अध्यक्ष डिलकुमार गुरुङका अनुसार ढुंग्रे तुन्तेष खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत ८० घरधुरी रहेका  छन् । सो आयोजनाबाट ५१६ जना जनसंख्या लाभान्वित भएका छन् । सो आयोजना ८९ लाख ८२ हजार २९६ लागतमा बचत भएको उनले  बताए ।  गाउँपालिकाको ७८ लाख ६४ हजार स्थानीय उपभोक्ताबाट ११ लाख १८ हजार २९६ बराबरको श्रमदानमा सम्पन्न भएको हो । उक्त आयोजनामा वाइनटुवाटर नेपालको प्राविधिक सहयोग रहेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले एकघर एक धारा अभियानलाई तीव्र पारिएको बताइन् । गतवर्ष मात्र मोटरबाटो पुगेको सो गाउँमा घरघरमा पानीको धारा पुगेपछि  तरकारी खेती गर्न समेत स्थानीयवासीलाई सहज भएको अध्यक्ष गुरुङको भनाइ छ । गाउँगाउँमा मोटरबाटो र पानी धारा पुगेसँगै व्यवसायिक खेतीतर्फ स्थानीयवासीलाई आकर्षित गर्न कृषि तालिमका साथै अनुदानका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनको भनाइ छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना विशेष गरी तरकारी तथा फलफूल खेतीका लागि उर्वर भूमि मानिन्छ । रासस

‘पहिले खानेपानी देऊ, अनि दिन्छौँ भोट !’

म्याग्दी : १०३ घर र ४०० सय बढी जनसंख्या भएको– पुरण्य गाउँ।  सदरमुकाम बेनी बजारबाट आठ किलोमिटर दूरीमा रहेको गाउँमा दलित समुदायको बस्ती छ।ज्याला मजदुरी र वैदेशिक रोजगारीबाट जीविका गर्दै आएका गाउँलेले आधारभूत आवश्यकता पूरा गर्न पाएका छैनन्। एक गाग्री पानीका लागि पूरै बिहान खर्चिनु पर्ने मात्र होइन दिसापिसाब गर्न झाडी, पाखो वा अर्कैको शौचालयमा जानुर्ने बाध्यता छ। जिल्ला सदरमुकाम बेनी बजारबाट करिब एक घण्टाको दूरीमा रहेको बस्तीको यथार्थ हो यो।यो बस्ती चुनावको वेला उम्मेद

दुई गाग्री पानी लिन दिनभर

तनहुँ । टोलटोलमा पानीको धारा छ । बिहान सबेरै उठेर लाइनमा बस्न सकिएन भने रित्तै गाग्री फकार्उनु पर्छ । पालो पाएमा बल्लतल्ल २ गाग्रीसम्म पानी भर्न पाइन्छ । व्यास नगरपालिका–५ पतेनीका बासिन्दाले खेप्नु परेको सास्ती यतिमै सीमित छैन । खानेपानीको चर्को समस्या भोग्नु परेको छ । पिउनका लागि पानीको चर्को अभाव झेलिरहेको स्थानीयले नुहाउन धुन त सपनाको कुरा मात्रै हुन थालेको छ । घर घरमा धारा जडान त छन् तर, जडान गरिएका धारामा प्रशस्त पानी छैन । पतेनीका बासिन्दाले खानेपानीको चर्को समस्या भोग्दै आएका छन् । धारामा पानी आएन भने कुवा तथा खोलामा पानी लिन जानुपर्ने बाध्यता रहेको दरै टोल संस्थाका सदस्य विष्णुबहादुर दरैले बताए । वि.सं. ०६१ मा म्याग्दे गाउँपालिका–१ गुणादी बरचौर खोल्सीबाट सेडा नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा खानेपानी वितरण गरिएको थियो । तर, पछिल्लो समय बस्ती विस्तार भएका कारण पानीको स्रोतले धान्न सक्ने स्थिति रहेन । फलस्वरूप स्थानीयलाई खानेपानीको व्यवस्थापन गर्न सकस परिरहेको छ । एक गाग्री पानीका लागि घन्टौं समय खर्चन बाध्य छन् । घरनजिकैको धारामा पानी नआउँदा ३ घण्टा हिँडेर कुवा धाउनुपर्ने बाध्यता स्थानीयलाई छ । उक्त वडाका बिर्ता पतेनी, साँघे, पतेनी र काउरा टोलका करीब ४०० घरधुरीका बासिन्दा खानेपानीको चर्को समस्या भोग्दै आएका छन् । अघिल्लो निर्वाचनको समयमा जनप्रतिनिधिहरूले खानेपानीको समस्या समाधान गर्ने आश्वासन दिएपनि जितेर गएपछि कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ । ‘चुनावको समयमा झुटो आश्वासन बाँडे तर खानेपानीको समस्या ज्यूँकात्यूँ छ’ दरैले भने, ‘आसन्न निर्वाचनमा जसले पानीको समस्या समाधानका लागि पहल गर्छ उसलाई भोट दिने स्थानीयको भनाइ छ ।’ दरैका अनुसार बिहान उठ्नेबित्तिकै पानी लिन स्थानीयवासी बेँसी झर्छन् । ३ घण्टा हिँडेपछि खोलानजिक रहेको सानो मूल भएको एउटा कुवामा पुग्छन् । त्यहीँबाट पानी ल्याउँछन् । ‘पानी भर्ने पालो पाउन पनि गाह्रो हुन्छ । एकैपटक गाउँका सबै मानिस पानी लिन जाँदा त निकै भिडभाड हुन्छ’ उनले भने, ‘ पानी भर्नै एक बिहान सक्नुपर्ने बाध्यता छ । खाना पकाएर आफ्ना छोराछोरीलाई विद्यालय पठाउन निकै सकस झेल्नु परेको छ ।’ खानेपानी भर्नका लागि बिहान एकजना खटिनैपर्ने अवस्था रहेको पतेनी टोलका स्थानीयवासी नवराज पौडेलले बताए । साँघे र मादी नदीको बीचमा रहेर पनि खानेपानीबाट वञ्चित हुनु लज्जास्पद कुरा भएको स्थानीयवासी एवम् शिक्षिका अम्बिका बास्तोलाले बताइन् । जिल्लाको दुर्गम बस्तीका घरघरमा पानीको धारा पुगेपनि सदरमुकाम दमौलीदेखि करीब ३ किलोमिटर दूरीमा रहेको उक्त वडाका बासिन्दाले कठिनाइ भोग्दै आएका छन् । पानी भर्न पालो मिच्दा कहिलेकाहीँ झगडा नै हुने गरेको छ । रासस

काकाकुल बस्तीमा ‘नाचघर’

यो काकाकुल गाउँमा सरकारले ‘सांस्कृतिक डबली’ बनाइरहेको छ, त्यो पनि आठ किलोमिटर टाढाबाट ट्रयांकरमा पानी ओसारेर । अस्पताल हुन्थ्यो भने उपचार गर्न घोराही जानु पर्दैनथ्यो । ट्यांकी हुन्थ्यो भने हरेक दिन केही घण्टा हिँडेर एक गाग्री पानी ल्याउने बाध्यता हट्थ्यो । तर डबलीले आफूहरुको समस्या समाधन नहुने भएपछि गाउँलेलाई त्यसबारे चासो छैन ।

ढुंग्रेका घरघरमा खानेपानीका धारा

चितवन । घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका–६ ढुंग्रेका बासिन्दाको वर्षौंदेखिएको सास्ती हटेको छ । पुस्तौंदेखि खानेपानी जोहो गर्न घन्टौं टाढा पुग्नुपर्ने सो गाउँका स्थानीय घरघरमा धारा पुगेपछि खुसी भएका छन् । ढुंग्रे गाउँ र आसपासका बासिन्दाले पुस्तौंदेखि खानीपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यमिक विद्यालय ढुंग्रेका प्रधानाध्यापकसमेत रहेका विश्वनाथ गुरुङले पुस्तौंदेखि खानेपानीको समस्या हल भएकामा स्थानीय सरकारलाई धन्यवाद दिए ।   पुस्तौंदेखि घन्टौं लगाएर कुवाबाट पानी भरेर उपभोग गरिरहेका यहाँका बासिन्दा स्थानीय सरकारले घरघरमा धारा ल्याइदिएपछि खुसी भएको उनले बताए । उनका अनुसार यसअघि यहाँ प्रत्येक घरका एक जनाको कामै दिनभर पानी जोहो गर्नमा लाग्नुपर्ने अवस्था थियो ।   गुरुङले भने, ‘एक गाग्री पानी लिन घन्टौं लगाएर धाउनुपर्ने बाध्यता हटेको छ । एक जनाको कामै बिहान ४ बजेदेखि दिनभर पानीको जोहो गर्नुपर्ने हुन्थ्यो । पानीको धारा घर–घरका आँगनमै आएपछि गाउँलेले सुखको अनुभूति गरेका छन् ।’ वर्षांैदेखि पहल गरिरहे पनि स्थानीय सरकार आएपछि माग पूरा भएको उनको भनाइ छ ।   गाउँमा खानेपानी अभाव हटेपछि समयको बचत हुँदा मेलापात र घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीय बताउँछन् । आयोजना उपभोक्ता समितिका अध्यक्ष डिलकुमार गुरुङका अनुसार ढुंग्रे तुन्तेप खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत ८० घरधुरी रहेका छन् । सो आयोजनाबाट ५१६ जनसंख्या लाभान्वित भएका छन् । आयोजना ८९ लाख ८२ हजार २९६ रुपैयाँ लागतमा सम्पन्न भएको हो । गाउँपालिकाको ७८ लाख ६४ हजार, स्थानीय उपभोक्ताबाट ११ लाख १८ हजार २९६ बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको हो ।  उक्त आयोजनामा वाइनटुवाटर नेपालको प्राविधिक सहयोग रहेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले एक घर एक धारा अभियानलाई तीव्र पारेको बताइन् । गत वर्ष मात्र मोटर बाटो पुगेको सो गाउँमा घरघरमा पानीको धारा पुगेपछि तरकारी खेती गर्नसमेत स्थानीयलाई सहज भएको अध्यक्ष गुरुङको भनाइ छ ।   गाउँ–गाउँमा मोटर बाटो र पानी धारा पुगेसँगै तरकारी खेतीतर्फ स्थानीयलाई आकर्षित गर्न कृषि तालिमका साथै अनुदानका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनले जानकारी दिइन् । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना विशेषगरी तरकारी तथा फलफूल खेतीका लागि उर्बर मानिन्छ । रासस

वर्षौँपछि खानेपानीको समस्या हट्यो

सिन्धुली– बिहान उठ्यो कि सबैभन्दा पहिला पानीकै जोहो गर्नुपर्ने तीनपाटन गाउँपालिका–१ छरछरेवासीको बाध्यता अन्त्य भएको छ । पुस्तौँदेखि खानेपानीको अभावमा जीवनयापन गर्दै आएका छरछरेवासी यतिबेला घर नजिकैको धारामा पानी आउँदा हर्षित भएका छन् । विगतमा पानीको पालोमा कुवा तथा पँधेरामा बास बसेर एक गाग्री पानीको जोहो गर्न पनि दिन–रात बिताउनुपर्ने बाध्यतामा रहेका छरछरेवासीलाई वडा तथा […]

लेगुवामा खानेपानीको चरम अभाव

वैशाख २१, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवा बजारकी शारदा देवि पौडेल बिहान उठ्ने बित्तिकै डोकोमा गाग्री बोकेर अरुण नदिको पुल तरेर खानेपानी लिन घण्टौं लगाएर जान्छिन्, बेलुका पनि उनको पहिलो काम पानी लिन डोकोमा गाग्री बोकेर जाने नै हो । पौडेल त एक उदाहरण मात्रै हुन् लेगुवाका बासिन्दा वर्षौदेखि खानेपानीको चरम समस्या भोग्दै आएका छन् ।  पानीको ठूलो मुहान नहुँदा यहाँका १०० भन्दा बढी घरधुरीलाई बाह्रै महीना खानेपानीको जोहो गर्न घण्टौं लाग्ने गरेको छ । अचम्मको कुरा त के भने लेगुवा बजारको डिलैमा अरुण नदि बगिरहेको छ । तर, त्यति नजिक अरुण नदि बगिरहेपनि लेगुवा बजारमा खानेपानीको चरम अभाव छ । लेगुवा बजारका स्थानीय लामो समयदेखि अरुण नदीका पुल पार गरेर पुगिने छिमेकी जिल्ला भोजपुरको फेरी बजार पुगेर खानेपानी ल्याउने गरेका छन् ।  केही समय पहिले प्रयोगमा आएका पानीका मुहान पनि सुक्दै गएको र नदिको पुल पार गरेर खानेपानी लिन आएको पौडेलले बताइन् । खानेपानीका मुहान सुकेपछि लेगुवाका बासिन्दाले घण्टौं लगाएर अरुण नदिको पुल तरेर जानुपर्ने बाध्यता रहेको छ । त्यहाँ पनि डिपबोरिङ गरेर निकालिएको खानेपानी रहेको छ । हुन त पहाडमा डिपबोरिङ कति दिनलाई हो भन्ने भर नै हुँदैन । तरपनि लेगुवाबासीले डिपरिङकै भर पर्नुपरेको छ, त्यो पनि घण्टौ टाढा । पानी लिन जाँदा दिउँसोको समयमा खाली भएपनि बिहान र बेलुकाको समयमा घण्टौं लाइनमा बस्नुपर्छ ।  वर्खाको समयमा केही मात्रामा सहज भएपनि हिउँदमा झनै दुःख बेहोर्नुपरेको स्थानीय लिलाकुमारी श्रेष्ठले बताइन् । उनले भोजपुरबाट खानेपानी बोकेर खान थालेको करीब १० बर्ष जति भएपनि कसैले दुःख नदेखेको बताइन् । केही समय अघिसम्म सञ्चालनमा रहेको खानेपानी योजनाबाट आएको पानीले गाउँ नै रोगको शिकार भएपछि खानेपानी बोकेर नै खानुपर्ने बाध्यता रहेको श्रेष्ठको भनाइ छ । अरुबेला भन्दा कोरोना महामारीका बेला खानेपानीको समस्याको विषयमा लेगुवाबासी झन चिन्तित बनेका छन् । पानी खोज्न जाँदा कोरोना सर्ने हो कि? भन्ने पिरलो छ पनि थपिएको छ यहाँका स्थानीयलाई । बजारबासी अहिले घण्टौ लगाएर पानी बोकेर खान बाध्य भएका छन् ।  यहाँ प्रत्येक दिन बिहान सबेरैदेखि राति अबेरसम्म पानी भर्नेको लाइन लाग्छ । खानेपानीका कारणले लेगुवामा कोरोना महामारी बढ्न सक्ने खतरा रहेको स्थानीय सुवन श्रेष्ठले बताए । जनप्रतिनिधी आएपछि समस्याको समाधान होला भन्ने आश गरेको भएपनि हालसम्म पटक पटक कुरा राख्दा पनि कुनै सुनुवाइ नभएको लेगुवा बासीको गुनासो छ । लेगुवा बजारमा खानेपानी योजना सञ्चालन भएपनि सरकारी निकायले नियमित अनुगमन र स्थानीयले रेखदेख नगर्दा समस्या भएको स्थानीय नारायण प्रसाद धमलाले बताए । उनले महालक्ष्मी नगरपालिकाले ८ लाखसम्मका खानेपानी योजना सञ्चालन गरेको भएपनि योजना सञ्चालनका लागि प्रयोग गरिएको सामान गुणस्तरहिन भएर काम नलागेको बताए ।  ‘खानेपानीको नाला र कल खरीद गरेर नगरपालिकाले ल्यायो तर कल बनाउँदा बनाउँदै नाला चेप्टिएर कामै नलाग्ने भयो ।’ धमलाले भने, ‘नगरपालिकाले योजनाका लागि पैसा दियो, काम थोपो भएर तर पनि अनुगमन गरेन ।’ धमलाले गुनासो गर्दै थपे ‘हामी लेगुवाबासी भोजपुर पानी लिन जान बाध्य छौँ, नगरपालिकामा योजना माग गर्न जाँदा पहिले योजना दिइसकेको छ अब हुँदैन अरुणमा गएर पानी ल्याएर खानु भनेर फर्काउने गरेको छ ।’ लेगुवाबासी पानी नपाएर बसाइँ सर्ने अवस्थामा पुगेको बताउँछन् । छिमेकी जिल्ला भोजपुरले ३ किलोमिटर माथिसम्म अरुण नदीबाट पानी पम्पिङ गरेर लगेको हुनाले लेगुवामा करीब ५०० मिटर मात्रै उचाइ रहेकाले अरुण नदीबाट खानेपानी पम्पिङ गरिनु पर्ने स्थानीयको माग छ । यता महालक्ष्मी नगरपालिकाले भने नगरपालिकाको वडा न. ५ र ६ मा रहेको खानेपानी समस्या समाधान र व्यवस्थापनको लागि मुहान तथा पाइप लाइनको अनुगमन गरेको जानकारी दिएको छ । नगरपालिकाले यसै आर्थिक वर्षमा नयाँ पाइप लाइन थप तथा क्षमता विस्तारको कामका लागि जिल्ला खानेपानी कार्यलयसँग सहकार्य गरि अघि नगर प्रमुख पर्शुराम नेपालले बताए ।  उनले लेगुवा बजारमा खानेपानीको समस्या रहेको भएपनि समाधानका लागि नगरपालिका लागिरहेको प्रमुख नेपालले बताए । ‘गत साल ७ ओटा कल हालेको स्थानीयले सञ्चालनमा ल्याएनन् ।’, नगर प्रमुख नेपालले भने ‘अहिले पाइप लाइन विस्तार तथा लिफ्टिङको प्रक्रियामा छ ।’  नगर प्रमुख नेपालका अनुसार नयाँ पाइप लाइनेको यसै आर्थिक वर्षमा सम्पन्न हुने गरि इस्टमेट पनि भएको छ । ‘लेगुवाको खानेपानीको समस्या अहिलेको मात्रै नभएर धेरै पहिलेको समस्या हो ।’, नगर प्रमुख नेपालले थपे, ‘लेगुवाबासीले पटकपटक उपभोक्ता समिति बनाउने र नगरपालिकाले योजना हाल्दा उपभोक्ता समितिले कामै नगर्ने गरेका छन् ।’ हुन त लेगुवा अरुण नदीको किनारमा भएपनि नेपाल सरकारले सुख्खाग्रस्त क्षेत्रमा सूचीकृत गरेको छ । यसकारण पनि लेगुवामा खानेपानीको समस्या छ भनेर संघीय सरकारको खानेपानी विभागले थाहा पाउँदा पनि कुनै योजना अगाडि बढाएको छैन ।

पानी राख्ने घैँटा बनेपछि ढुक्कले निदाउने थाले शंकरपोखरीवासी

पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीका महिलाहरूको बाध्यता थियो, बिहान ३ बजे नै उठेर पानीको जोहो गर्न निस्कनु। गाउँका सीमित ठाउँमा रहेका इनार र कुवामा पालो बसेर एक गाग्रो पानी जसोतसो भर्नु। एक गाग्री पानी भर्न घण्टौं समय छुट्याउनु पर्दथ्यो। यो बाध्यता बिहान मात्र होइन, साँझमा पनि उस्तै थियो। राति अबेरसम्म कुवा र इ...

सानो सिरुवारीमा सौर्य लिफ्टबाट खानेपानी, सयौ स्थानीय लाभान्बित

चौतारा साँगाचोकगढी नगरपालिका-७ सानोसिरुवारीकी मनमाया श्रेष्ठको आजभोलि दैनिकी फेरिएको छ । घरदेखि १ घण्टाको दुरीमा रहेको कुवामा पानी लिन जानु पर्ने बाध्यता अब हटेको छ । बिहान झिसमिसेमा नै गाग्री र कचौरा लिएर कुवामा जानु पर्ने लामो समयको बाध्यता हटेको छ । आजभोलि घरमा नै जडान गरेको धारमा पानी भर्ने गरेकी छन् …