प्रतिनिधिसभाको अवरोध हटाउन एमालेलाई गृहमन्त्रीको आग्रह

काँग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रतिनिधिसभामा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गरेका छन् । मंगलबार जनकपुरधाममा जानकी मन्दिर दर्शनपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँडले प्रतिनिधिसभा जनताका गुनासा, समस्यालगायतका कुराहरु सुन्ने थलो भएकाले अवरोध जारी राख्न नहुने धारणा राखे । ‘प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी पार्टीले अवरोध खडा गरेको छ, उहाँहरुलाई अवरोध अन्त्य गर्न आग्रह गर्दछु । राजनीतिकरुपमा देखिएका गतिरोधलाई अन्त्य गरौँ,’ उनले भने,

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको अवरोध हटाउन प्रमुख दलका शीर्ष नेता छलफलमा जुटे

प्रतिनिधिसभा बैठक सञ्चालनबारे प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शनिबार बिहान कांग्रेस, माओवादी र एमालेका शीर्ष नेताबीच छलफल सुरु भएको हो ।

बालुवाटारको भेटमा एमालेले उठायो ४ मुद्दा, के-के भने देउवा र ओलीले?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच चुनावको मिति घोषणा भएपछि पहिलो पटक भेट वार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान डेढ घण्टा देउवा र ओलीबिच भेट भएको एमालेका उपाध्यक्ष सुवास नेम्बाङले जानकारी दिए। देउवाले आफू प्रधानमन्त्रीमा नियुक्त भएयता प्रतिनिधिसभाको अवरोध हटाउन ओलीसँग पटक-पटक…

भोलिको प्रतिनिधि सभा बैठक सर्यो

फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दुई दिन पर सरेको छ । संसद् सचिवालयले आइतबार सूचना जारी गर्दै फागुन २ गतेका लागि बोलाएको बैठक फागुन ४ गतेलाई तय भएको जनाएको छ ।शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको  थियो । बैठकमा प्रमुख विपक्ष नेकपा (एमाले) का कारण प्रतिनिधिसभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा समेत विचार विमर्श भएको थि

फागुन २ गतेको संसद बैठक सार्न देउवालाई प्रचण्ड र माधवको आग्रह

समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको दिगो विकास गरिबी निवारणका लागि अमेरिकी अनुदान रु ५५ अर्ब सहायतालाई संसदबाट अनुमोदन गर्ने, घोषित स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेलगायत विषयमा उनीहरूबीच परामर्श भएको थियो ।प्रमुख विपक्ष नेकपा(एमाले)का कारण प्रतिनिधिसभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा समेत विचारविमर्श भएको थियो । छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ का निम्ति प्रस्ताव गरेको उनका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दीईन् ।

ओलीलाई मनाउन देउवा बालकोट जाने

काठमाडौं, २३ पौष । नेकपा एमाले प्रतिनिधिसभाको अवरोध हटाउन मानेको छैन । संसदले बिजनेश नपाउँदा अर्को संकट आउने अवस्था बनेको छ । एमालेलाई मनाउन सत्ता गठबन्धनले सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीलाई पटक पटक बालकोट पठाइसकेका छन् । यसै हप्ता काँग्रेस नेता रामचन्द्र पौडेल पनि बालकोट पुगे । संसदको गतिरोध हटाउनेबारे […]

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दलद्वारा संसद्मा भएको अवरोध हटाउन औपचारिक र अनौपचारिकरूपमा पहल भइरहेको बताउनुभएको छ । सिन्धुपाल्चोकको कुभिण्डेमा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको २९औँ साधारणसभाको उद्घाटनका अवसरमा सभामुख सापकोटाले यही कात्तिक ११ गते बस्ने प्रतिनिधिसभाको बैठकअगावै संसद् सञ्चालन गर्न आवश्यक छलफलका लागि पुनः बैठकको आयोजना गरिने बताउनुभयो । प्रतिनिधिसभालाई प्रभावकारी, गतिशील र जनमुखी …

सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु (तस्बिरहरु)

काठमाडौँ– सभामुख अग्नीप्रसाद सापकोटाले बोलाएको संसदीय दलको बैठक सुरु भएको छ। नयाँ बानेश्वस्थित संसद भवनको ल्होत्स हलमा बैठक सुरु भएको हो। प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक डाकेको भएपनि नेकपा एमालेले भने बैठक बहिष्कार गरेको छ। भदौ २३ गतेदेखि सुरु भएको बैठक एमालले निरन्तर अवरोध गर्दै आइरहेको छ। उक्त अवरोध हटाउन सभामुखले […]