बालुवाटारको भेटमा एमालेले उठायो ४ मुद्दा, के-के भने देउवा र ओलीले?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच चुनावको मिति घोषणा भएपछि पहिलो पटक भेट वार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान डेढ घण्टा देउवा र ओलीबिच भेट भएको एमालेका उपाध्यक्ष सुवास नेम्बाङले जानकारी दिए। देउवाले आफू प्रधानमन्त्रीमा नियुक्त भएयता प्रतिनिधिसभाको अवरोध हटाउन ओलीसँग पटक-पटक…