दाङ, साउन २९ । राप्ती नदिमा बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा बगेकी महिलाको चार घण्टापछी सकुशल उद्दार गरिएको छ । हिजो दिउँसो चार बजे गढवा गाउँपालिका ३ गोवरडिहाबाट नदिमा बगेकी महिला करिब आठ किलोमिटर टाढा लमही नगरपालिका ४ बुटकौवा स्थित टापुबाट सकुशल उद्दार गरिएको वडा प्रहरी कार्यालय लमहीका निमित्त प्रमुख पुरान मल्लले जानकारी दिए। […]