दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा रा१ख २५११ नम्बरको टिपरले आज साँझ ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका–१ निवासी राजन अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएका बालकको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा […]
काठमाडौँ । ठूलो सङ्ख्यामा कर्मचारी सरुवा गर्दा पक्षपात गरिएको, निकटस्थ तथा आफन्तलाई प्राथमिकता दिएर जिम्मेवारी तोकिएको र छनोटमुखी निर्णय गरिएको भन्दै विवाद उत्पन्न भएपछि नापी विभागले सरुवासम्बन्धी गुनासो पेस गर्न कर्मचारीहरूलाई आग्रह गरेको छ। विभागले असोज २६ गते सूचना जारी गर्दै सरुवाप्रति असन्तुष्टि भए स्पष्ट तथ्य, आधार र कारणसहित लिखित गुनासो पेस गर्न सम्बन्धित कर्मचारीलाई […]
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-६ डुम्रीडाँडामा आज साँझ बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा आँबुखैरेनी गाउँपालिका-६ छापस्वारा बस्ने ४७ वर्षीया इन्द्रमाया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जीप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा […]
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिदको प्रक्रिया, अवस्था र उपयोगिताबारे अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। भूमि प्रशासनसँग सम्बन्धित नेलिस, एलआरएमआईएस र ‘मेरो कित्ता’ प्रणालीका लागि खरिद गरिएका सफ्टवेयर तथा हार्डवेयरको वास्तविक अवस्था अध्ययन […]
२६ असोज, बर्दिया । बर्दियाको राजापुर नगरपालिका–३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई आज नियन्त्रणमा लिइएको छ ।
गत बिहीबार चितुवाको आक्रमणबाट स्थानीय ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालय बर्दियाले चितुवा नियन्त्रणमा लिन …
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको एक विवादास्पद अडियो सार्वजनिक भएपछि उनी आलोचनाको घेरामा परेका छन्। उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार जनआस्था साप्ताहिकले उक्त अडियो सुनारकै भएको दाबी गर्दै सार्वजनिक गरेको हो। केही वर्षअघि रेकर्ड गरिएको भनिएको अडियो सार्वजनिक […]