एमालेको दशौं महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म

काठमाडाैं ।  एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार  बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । बैठकमा माधव नेपाल पक्ष नेता भने सहभागी थिएन ।   The post एमालेको दशौं महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

माओवादीको राष्ट्रिय सम्मेलनबाट जनअपेक्षा

यतिबेला देश राजनीतिक दलहरूको महाधिवेशन र राष्ट्रिय सम्मेलनमय बनेको छ । केही समय पहिले देशको ठूलो दल नेकपा एमालेको दशौं महाधिवेशन चितवनमा सम्पन्न भयो भने नेपाली कांग्रेसको चौधौं महाधिवेशन पनि भर्खर काठमाडौंमा सम्पन्न भएको छ । यहीबीचमा राप्रपाले पनि आफ्नो महाधिवेशन सम्पन्न गरिसकेको छ । सम्पन्न भएका महाधिवेशनहरूको बारेमा नागरिकको प्रतिक्रिया आउने क्रम जारी छ […]

दलको महाधिवेशन होइन, सम्प्रदायको कर्मकाण्ड

एमालेको दशौं महाधिवेशन भर्खरै सकियो । महाधिवेशनले ‘केपी बा’ लाई भारी मतका साथ पुनः अध्यक्षमा दोहोर्‍याएको छ । योसँगै अब एमाले केपी बा र उनका सन्ततिहरूको एकल परिवार बनेको छ । जहाँ माओवादी ‘पाहुना’ हरूका लागि स्थान सुरक्षित छ । तर माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम जस्ता पात्रहरूका लागि घरको ढोका बन्द भएको […]

एमालेको दशौं महाधिवेशन उद्घाटन समारोहमा जे देखियो… [तस्वीरहरू]

नेकपा एमालेको दशौं महाधिवेशन उद्घाटन समारोह चितवनमा जे देखियो... तस्वीर सबै : ईशान सापकोटा

एमाले महाधिवेशनको राजनीतिक तरङ्ग

नेकपा एमालेको दशौं महाधिवेशन सामुन्नेमा छ । यसको नीति, नेतृत्व र भविष्यका बारेमा विभिन्न अड्कलबाजी भइरहेका छन् । विचार विमर्श चलिरहेको छ । राजनीतिक दलहरू जनताको लागि काम गर्ने उद्देश्यले स्थापित हुन्छन् । उनीहरूका हरेक गतिविधिहरू जनताका सामु खुला र पारदर्शी हुनुपर्दछ । राजनीतिक दलले पनि जनताका प्रतिक्रियालाई विश्लेषण गरी मननयोग्य सुझावहरूलाई नीति कार्यक्रममा समेट्नुपर्दछ […]

एमाले दशौं महाधिवेशन : भत्किएका चार भाष्य र सोध्नैपर्ने दश प्रश्न

एमालेको दशौं महाधिवेशन हुँदैछ, चितवनको सौराहामा । दुई खुट्टामा उभिएर एकसिङ्गे गैंडाले उचालेको हँसिया-हथौडाको झण्डा महाधिवेशनको ‘प्रतीक चिहृन’ बनाइएको छ । एमालेले एकसिङ्गे गैंडालाई सौराहाको, महाधिवेशन स्थलको प्रतीक मानेको होला । त्यो कुरा आफ्नो ठाउँमा ठीक छ । सौराहाको स्थानीयतालाई सम्मान गर्न, सौराहाको पर्यटन प्रवर्द्धन गर्न पक्कै त्यसले मद्दत गर्नेछ । त्यो एक प्रशंसनीय काम, […]

भरतपुरमा एमालेको दशौं महाधिवेशन सम्पर्क कार्यालय स्थापना

चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यालय चितवनको भरतपुरमा स्थापना भएको छ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । एमालेको महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । नारायणी नदी किनारमा उद्घाटन समारोह र सौराहामा बन्दसत्र हुनेछ । एमाले चितवनको पार्टी कार्यालय भरतपुर–१० मदनपुरमा […]

एमालेको दशौं महाधिवेशन बुटवलमा

१८ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन बुटवलमा हुने भएको छ । आइतबार गोदावरीमा सकिएको पहिलो विधान महाधिवेशनको समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले कुनै परिर्वतन भएन भने बुटवलमा महाधिवेशन हुने बताए । नेताहरुका अनुसार …

बालुवाटारमा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक जारी

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा स्थायी कमिटी गठन, अनुशासनको कारबाही, कार्य विभाजन, समसामयिक प्रस्तावका एजेन्डामाथि छलफल हुँदै छ ।

आज एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक बस्दैछ । उक्त बैठक आज बिहान ११ बजे बस्दैछ ।