एक हप्ता सञ्चालन नहुँदै बन्द गरिए विद्यालय

नारायण नगरपालिकामा विद्यालय सञ्चालन गरेको एक हप्तामै पुनः विद्यालय बन्द गरेको छ । सोमवार नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले एक विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्न निर्देशन दिनुभएको हो । विज्ञप्तिमा नगर शिक्षा समिति र सरोकारवाला निकायको बैठकले भदौ २२ गते देखी सामुदायिक विद्यालय र संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको भए पनि जिल्लामा कोरोना सङक्रमणको दर बढ्दै गएपछि बालबालिकामा स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यार्थीको सिकाई सहजीकरणका लागि वैकल्पिक माध्यम बाट सञ्चालन गर्ने गरी अर्को सूचना जारी नभए सम्मका लागि सबै विद्यालय बन्द गर्ने उल्लेख गरिएको छ ।  नारायण नगरपालिकाका  नगर प्रमुख रत्न बहादुर खड्काले बालबालिकाको भविष्यलाई ध्यानमा राखेर विद्यालयमा स्वास्थ्य मापदण्ड पुरा गरेर भौतिक रूपमै पठन पाठन गर्ने व्यवस्था मिलाइएको भए पनि कोरोना सङक्रमणको दर पुन बढेपछि विद्यालय बन्द गर्नु पर्ने अवस्था आएको बताउनुभयो । उहाँले यस अघि नगरपालिकाले नगर रेडियो सञ्चालन गरी निमावि र माविका बालबालिकालाई अध्यापन गराइरहेको भए पनि पुन अव रेडियो बाट कक्षा एक देखी १२ सम्मका सबै विषयमा अध्यापन गराउने तयारी आफूहरूले थालेको बताउनुभयो ।

सम्बन्धित सामग्री

एक हप्ता नहुँदै उप्कियो कालोपत्रे

सल्यान : प्रदेश राजधानी जोड्ने प्रमुख सडक कालोपत्रे गरेको एक हप्ता नपुग्दै उप्किएको छ।श्रीनगर खलंगा, कुपिण्डे बालुवासंग्रही सडकखण्डको बनगाड कुपिण्डे नगरपालिका–९ ज्यामिरेदेखि बाबियाचौरसम्मको १ किलोमिटर ५ मिटर सडक कालोपत्रे गरेको एक हप्ता नपुग्दै उप्किएको हो।मध्य असारमा वर्षाको बीचमा कालोपत्रे गर्दा गुणस्तरहीन हुँदा एक हप्ता नपुग्दै कालोपत्रे उप्किएको स्थानीयको भनाइ छ।करिब १ हजार ५ सय मिटर सडक कालोपत्रे गर्न भनेर सडक डिभिजन कार्यालय दाङ र निर्माण कम्पनी प्राकृतिक निशान जेभीले भ्याट सहित १ कर

डिसेम्बर फल्सकाे शाेमा कटाैती, आर्यनकाे हिट फिल्मकाे पर्खाइ लम्बिँदै

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म डिसेम्बर फल्सको शो मल्टिप्लेक्सले घटाउन थालेका छन्। आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्ममा दर्शकको संख्या न्यून भएपछि एक हप्ता नहुँदै शो घटाउन थालिएको हो।बक्स अफिसमा सफल सावित हुने आशामा तीन वर्षपछि पर्दामा देखिएका आर्यनको फिल्मलाई लगानी सुरक्षित गर्न पनि गाह्रो देखिएको छ। डेढ दशकअघि किस्मतबाट नेपाली फिल्ममा प्रवेश गरेका आर्यनले हालसम्म तीन दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। पहिलो फिल्मबाटै सफलताको स्व

‘दुई नम्बरी’को मुनाफाबाट प्राविधिकलाई बोनस दिइने

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘दुई नम्बरी’ले राम्रो सुरुवात पाएको छ। सुरुको दुई दिनमा साढे २ करोडमाथिको कमाइ गरेको फिल्मले कामकाजी दिनमा पनि दर्शकको राम्रो साथ पाएको छ। निर्माण टोलीका अनुसार फिल्मले एक हप्ता पनि पूरा नहुँदै मुनाफा कमाएको छ। निर्माता किरण नेपालीले फिल्म नाफामा गइसकेको र मुनाफाबाट केही रकम फिल्मका प्राविधिकलाई बोनसको रुपमा प्रदान गर्ने पनि बताएका छन्। फिल्मलाई सफल बनाउनमा पर्दा पछाडि रहेर काम गर्ने प्राविधिकहरूको ठूलो हात रहेको भन्दै मु

नेता ठेकेदारले नै पारे निर्माण योजना अलपत्र

नेपाली समाजमा ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने लोकोक्ति प्रचलित छ। सदरमुकाम बेनीमा निर्माणाधीन बेनी अस्पतालको भवन कार्य यो लोकोक्तिसँग ठ्याक्कै मेल खान्छ। देशभरिका निर्माण व्यवसायीका छाता सङ्गठन निर्माण व्यवसायी महासङ्घका पदाधिकारी एवं ठूला नेताहरूले जिम्मा लिएको बेनी अस्पताल निर्माणाधीन भवन दुई वर्षदेखि अलपत्र छ। निर्माणाधीन भवनको फलामे रडमा खिया लागेको छ। निर्माण सम्पन्न नहुँदै भवन जीर्ण र पुरानोजस्तो देखिन थालेको छ। छ वर्षअघि निर्माण सुरु गरिएको अस्पताल भवन दुई वर्षयता अलपत्रजस्तै छ। भवन निर्माणलाई गति दिन सरकारी निकायबाट सात पटकसम्म पत्र काटिएको बताइएको छ। तर उक्त पत्रले निर्माण व्यवसायीको रौँ हल्लाएको छैन। भवन अलपत्र पार्ने ठेकेदारको फोटो टाँसेर स्थानीय युवाले गत हप्ता विरोध पनि गरे।

डोजर चालक फरार भएपछि गगनको परिवार थप पीडामा

मुसिकोट नगरपालिका–२ का १४ वर्षीय गगन रायमाझीको मृत्यु भएको एक हप्ता भएको छ । गगनको परिवार काजक्रियामा छन् । गगन घरबाट विद्यालय निस्केको ५ मिनेट नहुँदै डोजरले फालेको ढुङ्गाले लागेर...

बिलियन क्लबमा 'स्पाइडर म्यानः नो वे होम'

काठमाडौं : हलिउड फिल्म 'स्पाइडर म्यानः नो वे होम' बिलियन क्लबममा प्रवेश गरेको छ। विश्वभर प्रदर्शन भइरहेको फिल्मले दोस्रो हप्तामै १ बिलियन डलरभन्दा बढीको कमाइ गर्न सफल भएको हो। 'स्पाइडर म्यान'ले बक्स अफिरमा थुप्रै कीर्तिमान बनाएको छ। दुई हप्ता पनि पूरा नहुँदै फिल्म कोरोना महामारी सुरु भएयताको सबैभन्दा बढी कमाउने फिल्म बनेको छ। साथै फिल्मको इतिहासमै सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा उत्कृष्ट ४० भित्र पर्न सफल भएको छ। १७ डिसेम्बरदेखि विश्वव्यापी प्रदर्शन सुरु गरेको स

पोल

धेरै अनुसन्धानपछि पनि चोर पत्ता लागेन। बिदा मिलाएर कतारबाट सुमन आयो। ऊ आएको एक हप्ता नहुँदै कमला हराई। उसले सबैतिर खोज्यो। केही सीप नलागेपछि पुलिसलाई खबर गर्‍यो। तर पनि पत्ता लागिरहेको थिएन।

देउवा पछ्याउँदै पौडेल

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बाढी प्रभावित क्षेत्रमा निरीक्षण गरेको हप्ता दिन नहुँदै उनकै दलका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुनः उक्त क्षेत्रमा निरीक्षण गरेका छन्। प्रधानमन्त्री देउवाले निरीक्षण गरेको पाँच दिनपछि व...

बेलायतमा कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने

कोरोना संक्रमण साम्य नहुँदै बालबालिका विद्यालय जान लागेकाले कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने बेलायतका शिक्षामन्त्रीले बताउनुभएको छ । शिक्षामन्त्री ग्याबिन विलियिमसनले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ कि अहिले लन्डनमा केही मात्रामा भए पनि कोरोना भाइरसको सङ्क्रमणको अवस्था घटेको भए पनि आगामी हप्ता यहाँका विद्यालय खुल्ने भएका छन् ती विद्यालय खुलेपछि सयौँ हजार …

बुद्ध एयरले उडान थप्यो, हप्तामा ५ वटा उडान गर्ने

पोखरा । बुद्ध एयरले सुरु गरेको पोखरा–नेपालगञ्ज फ्लाइटमा पर्यटकको आकर्षण बढेको छ । उडान सुरु गरेको एक हप्ता नहुँदै बुद्ध एयरले हप्तामा ५ वटा उडान गर्ने घोषणा गरेको हो । आईतबारदेखि हप्तामा तिन उडान गर्ने भन्दै सुरु गरेको एरलान्सले यात्रुको चाँप बढेपछि फ्लाइट संख्या बढाएको हो । अब मंगलवार र शनिवार बाहेक हप्ताको पाँच दिन […]