डिसेम्बर फल्सकाे शाेमा कटाैती, आर्यनकाे हिट फिल्मकाे पर्खाइ लम्बिँदै

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म डिसेम्बर फल्सको शो मल्टिप्लेक्सले घटाउन थालेका छन्। आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्ममा दर्शकको संख्या न्यून भएपछि एक हप्ता नहुँदै शो घटाउन थालिएको हो।बक्स अफिसमा सफल सावित हुने आशामा तीन वर्षपछि पर्दामा देखिएका आर्यनको फिल्मलाई लगानी सुरक्षित गर्न पनि गाह्रो देखिएको छ। डेढ दशकअघि किस्मतबाट नेपाली फिल्ममा प्रवेश गरेका आर्यनले हालसम्म तीन दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। पहिलो फिल्मबाटै सफलताको स्व