बुद्ध एयरले उडान थप्यो, हप्तामा ५ वटा उडान गर्ने

पोखरा । बुद्ध एयरले सुरु गरेको पोखरा–नेपालगञ्ज फ्लाइटमा पर्यटकको आकर्षण बढेको छ । उडान सुरु गरेको एक हप्ता नहुँदै बुद्ध एयरले हप्तामा ५ वटा उडान गर्ने घोषणा गरेको हो । आईतबारदेखि हप्तामा तिन उडान गर्ने भन्दै सुरु गरेको एरलान्सले यात्रुको चाँप बढेपछि फ्लाइट संख्या बढाएको हो । अब मंगलवार र शनिवार बाहेक हप्ताको पाँच दिन […]

सम्बन्धित सामग्री

बुद्ध एयर २७औं वर्षमा

काठमाडौं– बुद्ध एयरबाट दुई करोडभन्दा बढी यात्रुले सेवा पाइसकेका छन् । नेपाली आकाशमा सानो १८ सिटे विमानबाट उडान भरेको बुद्ध एयर २७औं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा बुद्ध एयरबाट दुई करोडभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुले सेवा प्राप्त गरिसकेका छन् । हाल बुद्ध एयरसँग तीन वटा एटीआर–४२ तथा १३ वटा एटीआर–७२ विमान रहेका […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतीको सफल उडान

निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यती एयरलाइन्सले प्रदर्शन उडान (डेमो उडान) सम्पन्न गरेका छन् । बुद्ध र यतीले बिहीबार नवनिर्मित विमानस्थलमा प्रदर्शन उडान सम्पन्न गरेको हो । बुद्ध एयर र यती एयरलाइन्सले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । दुवै वायुयान कम्पनीले एटिआर–७२ विमानमार्फत् पोखरा उपत्यकालाई […]

बुद्ध एयर २६औं वर्षमा प्रवेश

हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर २५ औं वर्षमा प्रवेश गरेको छ ।११ सेप्टेम्बर १९९७ देखि नेपाली आकाशमा विधिवत् रूपमा हवाई उडान सुरु गरेको कम्पनीले मंगलबारदेखि आफ्नो हवाई उडान यात्राको सफलतापूर्वक २५ वर्ष पूरा गरेर २६औं वर्षमा प्रवेश गर्न लागेको हो ।वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो २५ वर्षे यात्राका बारेमा जानकारी […]

आगामी दिनमा उडान नै रोक्ने निर्णयमा संलग्न हुन्नौँ : बुद्ध एयर

काठमाडौँ । बुद्ध एयरले आफ्नो छाता सङ्गठन ‘वायुसेवा सञ्चालक सङ्घ’ ले आज (बुधबार)का लागि घोषणा गरेको हवाई सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णयप्रति क्षमा माग्दै आगामी दिनमा उडान नै रोक्ने निर्णयमा सहभागी नहुने बताएको छ । बुधबार सामाजिक सञ्जालमार्फत अत्यावश्यक सेवाअन्तर्गतको उडान बन्द गर्ने निर्णय यथोचित नभएको जनाउँदै बुद्ध एयरले लेखेको छ, ‘वायुसेवा कम्पनी, यात्रुहरूको […]

सेवालाई बन्द गर्नु यथोचित निर्णय होइन : बुद्ध एयर

वायुसेवा कम्पनी बुद्ध एयरले  आन्तरिक समस्या समाधान गर्नको लागि सेवालाई बन्द गर्नु यथोचित निर्णय नभएको स्पष्ट पारेको छ ।  वायुसेवा कम्पनी यात्रुहरूको पारवहन सुविधा र कर्मचारीहरूको जीविकोपार्जन थलो भएको बताउँदै कम्पनीले आत्मालोचना गरेर आगामी दिनमा आफ्नो कारणले कारणले उडान सेवा अवरुद्ध नहुने प्रतिबद्धता व्यक्त गरेको हो ।यसअघि वायुसेवा  सञ्चालक सङ्घ नेपालले बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने चेतावनी दिएको थियो । तर नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीको चेतावनी दिए पछिका

धनगढीबाट काठमाडौं उडेको बुद्ध एयर आकस्मिक अवतरण गर्नुको यस्तो छ कारण

काठमाडौं, २३ चैत । धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अचानक नेपालगञ्जमा अवतरण गरेको छ । उडान नं. २५२ को जहाजमा एकजना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नजिकैको विमानस्थल नेपालगञ्जमा अवतरण गरिएको बुद्ध एयरले जानकारी दिएको थियो । ९ः१० बजे उडेको बुद्ध एयरको विमानमा सर्वोच्च अदालतका न्यायाधीश बमबहादुर श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि ९ः४२ बजे आकस्मिक […]

बुद्ध एयरले धनगढी-पोखरा उडान सुरु गर्‍यो

काठमाडौं । कैलालीको धनगढीदेखि पोखरा उडान सुरु भएको छ । बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु गरेको हो । बुद्ध एयर धनगढीका प्रमुख बुधराम चौधरीले बुधबारदेखि धनगढी-पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने जानकारी दिनुभएको छ । सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटकीय व्यवसायीहरुले धनगढी-पोखरा हवाई उडान सुरु […]

बुद्ध र यतिद्वारा पर्वतीय उडान पुनः सुरू

कोरोना संक्रमणपछि रोकिएको पर्वतीय उडान पुनःसुचारु हुने भएको छ ।बुद्ध एयर र यति एयरलाइन्सको पर्वतीय उडान यसै साताबाट सुरु गर्ने जनाएका छन् । बुद्ध एयरले आगामी शनिबारदेखि र यतिले आइतबारबाट पर्वतीय उडान सुरु गर्न जनाएका छन् । बुद्धले ९ हजार ९९९ रुपैयाँको शुल्कमा र यति एरलाइन्सले सोही सुविधा ८८४८ मा तिरेर भारतीय, नेपाली नागरिक दुई […]

भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर

बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान शुरुवात गर्ने भएको छ । कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ः५५ बजे तीन  उडान गर्न लागेको जानकारी दिए ।  उनले भने, “पर्यटकीय नगरीसँग हवाई उडान जोड्नका लागि उडान शुरु गर्न लागिएको हो ।” नारायणगढ–बुटवल सडक विस्तारका कारण यात्रुले सास्ती व्यहोर्दे आएका छन् ।  भैरहवा उडानका लागि एकतर्फी भाडा रु दुई हजार ८३५ देखि रु चार हजार ३३५ सम्म तय गरिएको छ । बुद्ध ए

पोखरा–नेपालगञ्ज उडानको तयारीमा बुद्ध एयर

काठमाडौं। बुद्ध एयरले पोखरादेखि नेपालगञ्जसम्म सीधा हवाई उडान भर्ने भएको छ। यही साउनको १७ गतेदेखि कम्पनीले पोखरा–नेपालगञ्ज उडान भर्ने भएको हो। यो गन्तव्यमा साताको तीन दिन सिधा उडान हुने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार आइतबार,बुधबार र शुक्रबार सिधा उडान हुनेछ। उडान सुरु गर्दा सातामा तीन दिन मात्र गरेपनि यात्रुको माग र चापअनुसार उडान थप्दै लग्ने योजना कम्पनीले बनाएको छ।