काठमाण्डाै - कोरोनाविरुद्धको खोप केही ठाउँमा अभाव भए पनि आत्तिहाल्नु नपर्ने विज्ञले बताएका छन् ।
जोखिममा रहेका वर्गलाई कोरोनाविरुद्धको खोप दिइरहेकाले आत्तिहाल्नु पर्ने अवस्था नरहेको विज्ञले बताएका छन् ।
सरकारले अहिले ६५ वर्षभन्दा माथिका उमेर समूहलाई कोरोनाविरुद्धको खोप वितरण गरिरहेको छ । यस्तै, हिमाली जिल्लामा ५५ वर्षभन्दा माथिकालाई खोप दिइएको छ ।
जोखिममा परेका यी वर्गलाई खोप दिइन थालेकाले खोप अभाव भए पनि आत्तिनु नपर्ने खोपसम्बन्धी विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले बताउनुभयो ।
...