प्रदेश २ को नाम मधेश प्रदेश पारित

न्युज अफ नेपाल, जनकपुरधाम । प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो ।१०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत […]

सम्बन्धित सामग्री

प्रदेश २ को नामकरण : महन्थ ठाकुरले दिए धन्यवाद

प्रदेश २ को नामकरण र राजधानी तोकिएको चार दिनपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभा सदस्यहरूलाई धन्यवाद दिएका छन् । प्रदेशसभाको ३ माघ मंगलबार बसेको बैठकले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम राख्ने सर्वसम्मत निर्णय गरेको थियो । यसको चार दिनपछि बिहीबार अध्यक्ष ठाकुरले प्रदेशसभा सदस्यलाई बधाई र धन्यवाद दिएका हुन् । ‘प्रदेश २ को प्रदेशसभाको यस निर्णयले संघीयताको सफल कार्यान्वयनको सन्दर्भमा एक थप ठोस कदम रहेको छ । वर्षौंदेखि मधेशी जनताले ग

मधेश प्रदेश नाम राखेको भन्दै युवाहरुले गरे प्रदेशसभा सदस्यको पुतला दहन

जनकपुरधाम । प्रदेश २ को नाम मधेश प्रदेश राखिएको विरोधमा जनकपुरधामका युवाहरुले प्रदेशसभा सदस्यहरुको पुतला दहन गरेका छन् । ८ जिल्लाको प्रदेशलाई मधेश नामाकरण गरिएकोमा आपत्ति जनाउँदै युवाले विरोध गरेका हुन् । युवा नेता सुशील कर्णको अगुवाईमा युवाहरुले ८ जिल्लाको प्रदेशलाई मधेश प्रदेश नमान्ने चेतावनी दिएका हुन् । जनकपुरधामस्थित जानकी चोकमा पुतला दहन गरिरहँदा युवाहरुले […] The post मधेश प्रदेश नाम राखेको भन्दै युवाहरुले गरे प्रदेशसभा सदस्यको पुतला दहन appeared first on राजधानी राष्ट्रिय दैनिक.

चार वर्षपछि प्रदेश–२ ले पायो नाम र राजधानी

प्रदेशसभा गठन भएको करिब ४ वर्षपछि बल्ल प्रदेश नम्बर २ ले आफ्नो नाम र स्थायी राजधानी पाएको छ । प्रदेशसभाले सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो । प्रदेशसभाका दुई तिहाइ बहुमत प्रदेशसभा सदस्यहरूले प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई कायम गरेका छन् ।सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा […]

प्रदेश २ को नाम बहुमतले पारित, आज मधेस प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम, माघ ४ । प्रदेशसभाबाट प्रदेश २ को नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ । जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले नामका लागि पेश गरेको प्रस्ताव प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन गरेको थियो । नामका लागि भएको मतदानमा कुल ९९ जना प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए । […]

प्रदेश २ को नाम मधेश तोकियो

काठमाडौं : प्रदेश नम्बर २ को नाम मधेश प्रदेश राखिएको छ। सोमबार भएको मतदानमा कुल ९९ सांसदले भाग लिएका थिए। जसमा मधेश प्रदेशका पक्षमा ८० मत खसेको थियो। यसअघि सोमबारै भएको मतदानमा प्रदेशको राजधानी जनकपुर राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो। प्रदेशसभा सदस्यहरु शैलेन्द्र कुमार यादव र भरतप्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश राख्न भनि गरेको प्रस्तावमा मतदान भएको हो। प्रदेश २ को राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत विभिन्न नामहरू प्रस्ता

प्रदेश २ को नाम अब 'मधेश प्रदेश' : ९९ मध्ये ८० सांसदले गरे पक्षमा मतदान

जनकपुरधाम : प्रदेश २ को नाम 'मधेश प्रदेश' कायम भएको छ। तीन दलको संयुक्त प्रस्ताव 'मधेश प्रदेश'को पक्षमा केहीबेर अघि मतदान भएको हो। मतदानमा सहभागी ९९ मध्ये ८० जना सांसदले 'मधेश प्रदेश'को पक्षमा मतदान गरेका हुन्। प्रदेश २ को सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी…

अब प्रदेश २ को नाम ‘मधेश प्रदेश’

जनकपुरधाम – झण्डै चार वर्षपछि प्रदेश २ को नामाकरण भएको छ। मधेश प्रदेशको पक्षमा ८० मत परेपछि दुई तिहाइ भन्दा बढी मतले प्रदेशको नाम कायम भएको छ। तीन दलको संयुक्त प्रस्ताव मधेश प्रदेशका लागि भएको मतदानमा ९९ जनाले मतदान गरेकोमा ८० मत पक्षमा आएको छ। मधेश प्रदेश पारित भएपछि बाँकी प्रस्ताव निस्क्रिय भएको छ । […]

Breaking : प्रदेश २ को नाम ‘मधेश’ कायम

यसअघि आजै बसेको प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानी जनकपुरधाम कायम गरेको थियो ।

प्रदेश २ को नामाकरणका लागि पाँच वटा नाम प्रस्ताव

जनकपुर, पुष ८ । प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा पाँच वटा प्रस्ताव पेश भएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा ‘मधेश प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्यमधेश प्रदेश’ र ‘मिथिला भोजपुरा’ लगायतका पाँच वटा नामको प्रस्ताव पेश भएको हो । मधेश प्रदेश प्रस्ताव सत्तारुढ दल जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रबाट पेश गरिएको हो भने लोकतान्त्रिक […]

के होला, प्रदेश नम्बर २ को नाम?

जनकपुर। प्रदेश २ को नाम र राजधानी तोक्नको लागि प्रदेशसभाको बैठक आज बस्दैछ। प्रदेशसभामा नामका लागि ६ वटा प्रस्ताव दर्ता भएका छन्। जसपा र माओबादी केन्द्रले मधेश प्रदेश, एमालेले जानकी, कांग्रेसले मिथिला भोजपुरा, सांसद राजेश्वरप्रसाद शाहको मध्य-मधेश प्रदेश र जनक प्रदेश नाम दर्ता भएका छन्। नाम र राजधानी पारित गर्न दुईतिहाइ मत आवश्यक पर्छ।