डिस्कवरी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटी डटकमको नवौँ वार्षिकोत्सव मनाइएको छ । शुक्रबार साँझ राजधानीको एलिस रिसेप्सनमा एक विशेष समारोहका बीच वार्षिकोत्सव मनाइएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित विभिन्न दलका नेताहरु, नेपाल सरकारका मन्त्रीहरु, संवैधानिक आयोगमा प्रमुखहरु, विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, कलाकार, व्यापारीलगायतको उपस्थिति रहेक