एनसीसी एल्मुनाई एसोसिएसन नेपाल (एनसीसीएए) को पाँचौँ वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय सेवा दलको प्रभातफेरी काठमाण्डौँको जगन्नाथदेवल-भोटाहिटी-रत्नपार्क-भद्रकाली-माईतिघर मण्डला हुँदै जङ्गी अड्डामा समापन भएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय सेवा दलका रथी तथा अधिकृतहरू, एनसीसीएएका पदाधिकारीहरू, एनसीसीका पूर्व तथा तालिमरत क्याडेटहरु र सैनिक ब्यान्डको सहभागिता रहेको थियो । उक्त कार्यक्रमपश्चात् राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरे