नेपाल पत्रकार महासंघ बेलायत शाखाले दशौँ वार्षिकोत्सव तथा स्थापन दिवस मनाएको छ । आफ्नो स्थापनाको एक दशक पूरा गरेको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा संस्थापक तथा अग्रज सम्मान, मिडिया सम्मान, पत्रकारिता पुरस्कार वितरण, दशौँ वर्ष विशेष स्मारिका विमोचन लगायतका अन्य विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढ